Posts

Showing posts from May, 2017

कञ्चनपुरको बेलौरीमा १२ वर्षीया बालिका बलात्कृत, ६ महिनाकी गर्भवती

जेष्ठ ९, २०७४- कञ्चनपुरको बेलौरी नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएको रहस्य झन्डै छ महिनापछि सार्वजनिक भएको छ । उनी गर्भवती रहेको प्रहरीले जनाएको छ । ५ दिनअघि बालिकाले पेट दुख्यो भनेपछि स्थानीय स्वास्थ्य चौकी लगेका आफन्तले बालिका गर्भवती भएको थाहा पाएलगतै प्रहरीलाई खबर गरेका थिए । बलात्कारका आरोपी स्थानीय ४० वर्षीय राधे राना भने फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । राना थारू समुदायकी ती बालिकाका बुबा भारतमा काम गर्छन् । आमाको पनि मानसिक अवस्था ठीक छैन । यही मौका छोपेर राधेले बालिकामाथि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको । तर, स्थानीयले गाउँमै मुद्दा मिलाउने भन्दै सहयोग नगरेका कारण आरोपीलाई समात्न नसकिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । उनले बालिकाकी माइजूलाई बोलाई केही दिनअघि जाहेरी दिन लगाएर अनुसन्धान सुरु गरिएको बताए ।   गाउमा सिविल मा प्रहरी पठाउदा पनि स्थानीय ले सहयोग नगरे पछि अभियुक्त लै हिरासत मा लिन गार्हो भएको छ।  अभियुक्त गाउ मै भएको र   निज को फोन पनि लागि रहेको कुरा पनि प्रहरी ले बताउनु भएको छ । स्थानी