राष्ट्रपतिको ६ महिनाको खर्च, विदेश भ्रमणमा : १३ करोड, आर्थिक सहायता : ३८ करोड
राष्ट्रपति विद्यादेवी भण्डारीको युएई भ्रमण खर्च : ७७ लाख ८२ हजार प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका भ्रमण खर्च : चार करोड ५५ लाख ४१ हजार ७५४ सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतको अर्जेन्टिना र दक्षिण कोरिया भ्रमण खर्च : १९ लाख ४९ हजार तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशहरूको विदेश भ्रमण खर्च : १९ लाख ३४ हजार नाम उल्लेख नै नगरी संख्या तोकेर सहायता सरकारले आर्थिक सहायता वितरण गर्दा नाम उल्लेख नै नगरी संख्या तोकेर उनीहरूको नाममा सहायता दिने घोषणा गरेको देखिएको छ । स्पष्ट पहिचान नखुलेका कार्यालयका नाममा समेत करोडौँको बजेट दिइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पुसको विवरणमा ‘मन्त्रिपरिषद्को मंसिर २५ को निर्णयबाट अक्षयकुमार राना, लक्ष्मीपुर–३ कञ्चनपुरसमेतलाई आर्थिक सहायता उपलब्ध गराउने’ भनेर एकैपटक आठ करोड ५३ लाख दिने निर्णय भएको छ । यस्तै, सरकारले कात्तिकमा निकासा दिने गरी ८७८ जनालाई आठ करोड ६२ लाख र थप ३१० जनालाई चार करोड ५७ लाख ५० हजार रुपैयाँ वितरण गरेको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ । असोजमा ९१ जनालाई आर्थिक सहायताका नाममा द...