Posts

Showing posts with the label गोपाल पराजुली

पदमुक्त प्रधानन्यायाधीश पराजुलीद्वारा राष्ट्रपतिसमक्ष राजीनामा

काठमाडौँ, चैत्र १, पदमुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहीबार बिहान राष्ट्रपति विद्या भण्डारी समक्ष राजीनामा बुझाएका छन् । पराजुलीलाई बुधबार न्याय परिषद्को सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेको जानकारी पत्र बुझाएको थियो। यद्यपी उनी आफैले भने पदमुक्त नभएको जीकिर गर्दै आएका थिए। 'उहाँले राष्ट्रपति समक्ष राजीनामा बुझाउनु भयो' राष्ट्रपति कार्यालयका प्रबक्ता हरिप्रसाद दवाडीले कान्तिपुरसंग भने। राजीनामा सिधै राष्ट्रपतिलाई बुझाएको हुँदा त्यसमा के कारण उल्लेख छ भन्ने कुरा आफुलाई थाहा नभएको पनि दवाडीले बताए। यसैबीच राष्ट्रपति भवनले पराजुलीले राजीनामा दिएको सम्बन्धमा बिहीबार दिउँसो बिज्ञप्ति जारी गरेको छ । विज्ञप्ति यस्तो छ: प्रधानन्यायाधीशको राजीनामा १ चैत्र २०७४ सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुलीज्यूले नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम मिति २०७४/१२/१ गतेदेखि लागू हुने गरी सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु भएको छ । (हरिप्रसाद दवाडी) प्रवक्ता

‘श्रीमान्’ बीच विवाद, देशमा अन्योल को बाताबरण

काठमाडौँ, फागुन ३० । प्रधानन्यायाधीश गोपाल पराजुली र सर्वोच्चका वरिष्ठतम्सहित केही न्यायाधीशको आन्तरिक विवाद सतहमा आएको छ । एकपछि अर्को विवादमा परेको भन्दै प्रधानन्यायाधीश पराजुलीलाई बिदामा बस्न सुझाइरहनुभएका न्यायाधीशहरू मङ्गलबार इजलासमै बस्नुभएन । न्यायाधीश दुई समूहमा विभाजन भएपछि चारवटा इजलास प्रभावित भएका छन् । त्यसले गर्दा मुद्दाका पक्षहरू मर्कामा पर्नुका साथै इजलासमा तोकिएका पेसी प्रभावित भएका छन् । मङ्गलबार वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीसहित सात न्यायाधीश तोकिएको इजलासमा बस्नुभएन । न्यायाधीश चोलेन्द्रशमशेर राणाले भने सोमबार नै इजलास नबस्ने घोषणा गर्नुभएको थियो । सर्वोच्चका एक न्यायाधीशका अनुसार पराजुलीले तोकेको पेसीअनुसार मुद्दा नहेर्ने जानकारी न्यायाधीशले प्रधानन्यायाधीशलाई दिएका थिए । “हामीले सोमबार उहाँलाई राय पनि दिएका थियौँ । विवाद बढेको अवस्थामा अब मुद्दाका दैनिक कामबाट टाढा रहनुस् भनेका थियौँ । तर, उहाँले पेसी तोक्नुभयो”, एक न्यायाधीशले गोरखापत्रसँग भन्नुभयो, “हामीले यसबारे मुद्दा नहेर्ने भनेर जानकारी नै गराएर इजलासमा नबसेका हौँ तर जारी इजलास ‘बहिष्कार’ कहिलेसम्म रहन्छ ...

जिल्ला प्रशासनद्वारा प्रधानन्यायाधीश पराजुलीको नागरिकता विवरण दिन इन्‍कार

काठमाडौँ — जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतमा पठाई सकिएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता सम्बन्धी विवरण दिन इन्‍कार गरेको छ । नागरिक अभियन्ता डा. गोविन्द केसीलगायतले पराजुलीको नागरिकता सम्बन्धमा जानकारी माग्दै यही माघ १० गते जिल्ला प्रशासनमा निवेदन दिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वारा हस्ताक्षरित पत्रमा सर्वोच्च अदालतले माघ ५ गते पराजुलीको नागरिकता सम्बन्धमा पठाएको पत्र अनुसार माघ ९ गते नै विवरण पठाई सकिएको उल्लेख गर्दै मुद्दाका पक्षले नक्कल लिन पाउने हुँदा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराई रहनु नपर्ने उल्लेख गरिएको छ । साथै नागरिकता नियमावली अनुसार कर्मचारी र निजका परिवारले आफु कार्यरत रहेको जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन सक्ने पनि उल्लेख गरेको छ । डा. केसीको समुहले यसअघि पराजुलीको नागरिकता सम्बन्धमा तनहुँ जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी माग गर्दै निवेदन दर्ता गराएको छ । मेडिकल कलेजका बारेमा सर्वोच्च अदालतले गरेको एक फैसलाको विरुद्ध डा. केसी अनसनमा बसेपछि अदालतको मानहानि भएको भन्दै उनलाई पक्राउ गरिएको थियो...