Posts

Showing posts with the label बांग्लादेशको

अल्पसंख्यक हिन्दुका घर र मन्दिरमा लुटपाट

Image
हजारौं मुसलमानहरुले अल्पसंख्यक हिन्दुहरुको मन्दिर र घरहरुमा लुटपाट मच्चाएपछि उत्तरी बांग्लादेशको एक गाउँमा तनाव उत्पन्न भएको छ। भीडले शुक्रबार मन्दिरहरुमा तोडफोड गर्नुका साथै घरहरुमा आगो लगाइदिएको थियो। उक्त घटनापछि ठाकुरपारा गाउँका मानिसहरु अहिले पनि घर फर्किन डराइरहेको उक्त समुदायका अगुवाहरुले बताएका छन्। प्रहरीले गोली चलाउँदा भिडका एकजना मानिस मारिएका छन्। एकजना हिन्दु युवकमाथि इस्लामको अपमान गरिएको एउटा फेसबुक सन्देश राखेको अभियोग लागेपछि हिंसा शुरु भएको थियो। ती युवकको परिवारले भने उनले कम्प्युटर चलाउनै नजान्ने भन्दै आरोप अस्वीकार गरेको छ। धर्मको अपमान गरेको नक्कली फेसबुक सन्देशको बहानामा आफूहरुमाथि सुनियोजित रुपमा आक्रमण गरिएको हिन्दु समुदायका अगुवाहरुको भनाइ छ। प्रहरीले फेसबुक अकाउण्ट खोल्न प्रयोग गरिएको फोटो र मोबाइल नम्बर हिन्दु युवक तिटु चन्द्राको भएको बताएको छ।