Posts

Showing posts with the label बाँके

सैनिक भर्तीमा पनि कीर्ते, ३ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ, १२ वैशाख । नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परीक्षार्थी प्रयोग गरी सैनिक जवानमा भर्ती गराउने एक गिरोहलाई बाँकेको कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सेनाको आग्रहका आधारमा नै उक्त गिरोहका सदस्यहरु वैजनाथ गाउँपालिका १ चिसापानीका २८ वर्षिय टीकाराम बस्नेत, २२ वर्षीय वसन्त विक र सप्तरी घर भएका ३७ वर्षीय राजेश यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कोहलपुर प्रहरीलाई उद्धृत गर्दै राजधानी दैनिकले समाचार छापेको छ ।

बाँकेको अगैया नजिक बस दुर्घटना १३ घाइते, ६ को अवस्था गम्भिर, उद्वार कार्य चल्दै

नेपालगन्ज,  माघ २१ गते । बाँके राप्तीसोनारी गाउँपालिका बैजापुरबाट नेपालगन्ज तर्फ आउदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ । राप्तीसोनारीको अगैया बजारदेखि ३ किलोमिटर पश्चिममा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनाबारे थप जानकारी आउन सकेको छैन भने अहिले उद्वार कार्य चलिरहेको छ । बाँके बैजापुरबाट नेपालगन्ज आउदै गरेको बस पूर्वपश्चिम राजमार्गको अगैयादेखि तीन किलोमिटर पश्चिममा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ । राप्तीसोनारी गाउँपालिकाको बैजापुरबाट आज बिहान नेपालगन्ज आउदै गरेको ना ३ ख ९७५९ नम्बरको बस दुर्घटना अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार घाइतेहरुलाई उद्वार गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाइएको छ । दुर्घटनाका कारण पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्व भएको छ । बस सडकमा नै पल्टिएका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्व भएको डिएसपी भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बस सड...