मेलम्चीको सुरुङ छिचोलियो, दशैँअगावै धारामा पानी
काठमाडौँ, चैत २७ गते । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । कूल २७ दशमलव ५ किलोमिटर लामो सुरुङमध्ये सिन्धु–ग्याल्थुमखण्डको सात दशमलव पाँच किलोमिटर सुरुङ निर्माण कार्य आज सम्पन्न भएको हो। तर सुरुङ निर्माण कार्य सकिएको औपचारिक जानकारी भने यही चैत २९ गते मेलम्ची आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा दिइने तयारी गरिएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खानेपानी मन्त्रीलगायत विशिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ निर्माण सकिएको घोषणा गरिनेछ। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो परियोजनाको सुरुङ निर्माण कार्य सन् २००८ देखि शुरु भएको हो । खानेपानी मन्त्री बिना मगरले आज मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काठमाडौँवासीको मेलम्ची सपना पूरा हुने क्रममा रहेको बताउनुभयो । मेलम्ची आयोजनाको सुरुङ निर्माण सम्पन्न भए पनि काठमाडौँवासीले पानी पाउन अझै छ महिना प्रतिक्षा गर्नुपर्ने भएको छ । सुरुङको मर्मत तथा अन्य प्राविधिक काम पूरा गर्न अझै छ महिना...