महाकालीमा ३ सय ५० सवारीसाधन प्रतिबन्धित
महेन्द्रनगर, १४ चैत्र । सरकारले चैत १ गतेदेखि देशभर २० वर्ष नाघेकासवारी साधन गुड्न नपाउने नियम लागू गरेसँगै महाकाली अञ्चलमा ३ सय २५ सवारी साधन प्रतिबन्धित भएका छन् । महाकाली यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले २० वर्ष नाघेका सवारी चलाउन रोक लगाएसँगै कार्यालयमा दर्ता भएका सो संख्याका सवारी गुडाउन बन्देज लगाईएको बताए । उनले गत फागुन मसान्तसम्ममा २० वर्ष पुराना सार्वजनिक सवारी साधनको इन्जिन नम्बर कार्यालयमा बुझाउन सवारी साधन धनीलाई निर्देशन दिईएको बताए । उनका अनुसार पुराना सवारी साधनले वायु प्रदुषण र सवारी दुर्घटना सममेत बढ्न थालेपछि यातायात व्यवस्था विभागले चैतको पहिलो दिनबाट हटाउने निर्णय गरेको हो । विभागले सवारी तथा यातायात व्यवस्था निमावली २०५४ संशोधन गरी देशभरबाट २० वर्ष सावरी साधन पुराना सवारी साधन हटाउन लागेको हो । महाकाली यातायात व्यवस्था कार्यालयको तथ्याङ्क अनुसार बन्देज लगाईएका सवारी साधनमध्ये भाडाका साधन सबैभन्दा बढि छन् । प्रतिबन्धमा परेका भाडाका सवारी साधनमध्ये बस १ सय २४, ट्रक १ सय ६, मिनि बस ३, टिप्पर १० र १/१ कन्टेनर तथा मिनि ट्रक रहेका छन् ...