Posts

Showing posts with the label नेपाल प्रहरी

मैले जवानलाई कुटेको हैन, सम्झाएको मात्रै होः डिएसपी मगर

Image
धनगढी, वैशाख १६। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बिरबहादूर बुढामगरले आफुले प्रहरी जवान दिपेन्द्र चन्दलाई कुटपिट नगरेको दाबी गरेका छन्। आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली मार्फत संचार माध्यमहरुमा ईमेल पठाउदै उनले आफु सहित कुनै पनि अधिकृतले जवान चन्दलाई कुटपिट नगरेको उल्लेख गरेका छन्। तर प्रहरी अनुशासन भन्दा बाहिर गएको भन्दै जवान चन्दलाई सम्झाई बुझाई गरेको भने स्वीकार गरेका छन्। पत्रमा प्रहरी जवानलाई डिएसपीद्धारा कुटपिट भन्दै प्रकासन प्रसारण भएका समाचारप्रति जिल्ला प्रहरी कार्यालय कैलालीको गम्भीर ध्यानाकषर्ण भएको उल्लेख छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्रवहादुर चन्दले आफुलाई डिएसपी मगरले फाँटमा बस्न पाउनु पर्ने माग गर्दै आईजिपीलाई निवेदन किन गरेको भन्दै कुटपिट गरेको थिए। हुलाकबाट आईजीपीलाई पत्र पठाएका प्रहरी जवान चन्दले आफ्नो माग पत्रमा प्रहरी कर्मचारीले पहुँचका आधारमा मात्रै फाँटमा बस्न पाउने चलन अन्त्य गरेर सबैले समान रुपमा फाँटमा बस्न पाउँने व्यवस्था गर्न माग गरेका थिए। सोही विषयलाई लिएर प्रहरी नायव उपरिक्षक बुढामगरले प्...

प्रदेशमा डीआईजी नै प्रमुख बनाउने तयारी

काठमाडौं, २ बैशाख- प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ । प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पतालबाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन् । डीआईजी बस्ने कार्यालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएर काम गरिरहेका छन् । गृह मन्त्रालयले प्रदेश गृह मन्त्रालयमा सहसचिव पठाउने निर्णयसँगै अतिरिक्तमा परेका एआईजीले अवकाश पाइसकेका छन् । गृहले डीआईजीलाई नै प्रदेश प्रहरी प्रमुख बनाउने गरी संघीय प्रहरी ऐनको मस्यौदा अघि बढाइसकेको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीले एक साताभित्रै मस्यौदा कानून मन्त्रालयमा पठाउने तयारी गरेको बताए ।

नेपाल प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल, सशस्त्रको कमाण्ड शैलेन्द्र खनाललाई

काठमाण्डौ २७ चैत्र, नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । साथै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो । आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए । डीआईजीमा बढुवा भएको ८ महिना मात्र भएकाले नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन । प्रहरी नियमावलीमा एक वर्षको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था छ । सशस्त्रको कमाण्ड शैलेन्द्र खनाललाई मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको प्रमुखमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा थिए । बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग आईजीपी नियुक्तिबारे परामर्श गरेका थिए। सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार पर्सि चैत २९ गतेदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो । ने...

महाकालीले भत्कायो तटबन्ध

Image
असार २३, २०७४- चार वर्षअघिको बाढीको झल्को दिने गरी उर्लिएको महाकालीले निर्माणाधीन तटबन्धको फाउन्डेसन भत्काएपछि स्थानीय त्रस्त छन् । बाढीले महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालिएको पक्की तटबन्धको वाल भत्काएर थप कटान गरिरहेको छ ।  तीन दिनयता नियमितजसो भइरहेको वर्षाले नदीको वहाव ह्वात्तै बढाएपछि बंगाबगड क्षेत्रका स्थानीय त्रासमा छन् । २०७३ कात्तिकमा भारतपट्टि सुख्खा पहिरो गएको थियो । त्यसैका कारण नदीको वहाव नेपालतर्फ मोडिँदा तटबन्धको वाल धस्सिएको प्रशासनले जनाएको छ । फाउन्डेसन नदी सतहभन्दा माथि रहेकाले बाढीले माटो बगाउँदा वाल भत्केको प्राविधिकको भनाइ छ । फेदबाट नदीले कटान गरेकै कारण १० मिटर लम्बाइ, ५ मिटर चौडा र ७ मिटर उचाइको तटबन्ध जमिनबाट छुट्टिन पुगेको छ । कटान सुरु गरेपछि सेना, सशस्त्र, नेपाल प्रहरी, निर्माण व्यवसायी र स्थानीय मिलेर जाली भरिरहेका छन् । डोजरमार्फत ढुंगा राख्न सुरु गरिएको छ । पक्की तटबन्ध बनिरहे पनि नदीको वहावले भत्काएपछि गुणस्तरमा प्रश्न उठेको छ । तटबन्धको जग पानीको सतहबाट एक मिटर तल राख्नुपर्ने प्रावधान पूरा गरिएको छैन