सीमाका बाँधको ढोका खोल्न भारतको निर्देशन
भारत सरकारले नेपाली सीमा बाँधको ढोका खोल्न सम्बन्धित क्षेत्रका कर्मचारीलाई निर्देशन दिएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग आइतवार साँझ टेलिफोन वार्ता गर्ने क्रममा आफूले सीमा बाँधको ढोका खोल्न निर्देशन दिएको जानकारी गराएकी हुन । टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराएको परराष्टमन्त्रालयले जनाएको छ । नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै स्वराजले विपद्को घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताएको पनि मन्त्रालयले जनाएको छ । यसअघि मन्त्री महराले शनिवार दुई पटक भारतीय राजदूत मञ्जिब सिंह पुरीसँग सीमा बाँधको ढोका खोल्न टेलिफोन वार्ता गरेका थिए । राजदूतसँगको कुराकानीका आधारमा मात्रै सीमा बाँधका ढोका नखोलिएपछि मन्त्री महराले पुन समकक्षी स्वराजसँग टेलिफोन वार्ता गरेका हुन । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ ज...