अख्तियार कार्यालयको उपलब्धि : ४ वर्षमा जम्मा ९ मुद्दा
महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा स्थापनाकालदेखि ९ वटा मुद्दा विशेष अदालतमा दर्ता भएका छन् । आयोगको कार्यालय कञ्चनपुरले विस्तृत अनुसन्धान पश्चात मुद्दा दर्ता गरिएको आयोगको कार्यालयका प्रमुख विष्णुसिंह बिष्टले बताए । आयोगको कार्यालयको तथ्यांक अनुसार विशेष अदालतमा दर्ता भएका मुद्दामध्ये शतप्रतिशत आर्थिक अनिमियता सम्बन्धी छन् । दशरथ चन्द नगरपालिका कार्यकारी अधिकृत ईश्वरी तिवारी, बडिमालीका क्याम्पस बाजुराका क्याम्पस प्रमुख नवराज जोशी, लेखापाल लालबहादुर रावल, लेखा परीक्षक तिलकबहादुर थापा र चेतबहादुर बमलगायत विरुद्ध आर्थिक हिनामिनाका मुद्दा गरिएका विष्टले बताए । त्यस्तै सेक्टर वन कार्यलय बलचौर लम्कीका सहायक वन अधिकृत राजकुमार मल्ल र जगतपुर इलाका वन कार्यालय कैलालीका रेन्जर बाबुराम मिजार, भूमिराज प्राथमिक विद्यालय गोकुलेश्वर बैतडी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्यान नाथ, प्रधानध्यापक गोपाल नाथ र शिक्षिका जस्मा नाथविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । महिला विकास भवन निर्माणमा अनिमियता गरेकामा शाखा अधिकृत जितेन्द्र विक र नायब सुब्बा शुभाष सिंह रावलविर...