चीनमा नेपाली विद्यार्थी उत्कृष्ट
असार १६, २०७४- चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’अन्तर्गत विभिन्न इन्स्टिच्युटमा अध्ययन गरेर पिएचडी गरेका पाँचजना नेपाली विद्यार्थीले उत्कृष्ट अवार्डबाट सम्मानित भएका छन् । विज्ञान विषयमा चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’चीनकै सबैभन्दा प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्था हो । चीनभरिमा यसका सयौँ इन्स्टिच्युटहरु रहका छन् । युकासको बेइजिङ इन्स्टिच्युटबाट भूगोलमा पिएचडी गरेका बसन्त पौडेलले तीनवटा अवार्ड हात पारेका छन् । उनले युकासका चिनियाँ तथा विदेशी सबै विद्यार्थीहरुबीचमा प्रतिस्पर्धा गरी एक्सलेन्ट ग्राजुएट अवार्ड प्राप्त गरेका हुन् । सन् २०१७ मा यो अवार्ड प्राप्त गर्ने उनी एक मात्र विदेशी विद्यार्थी हुन् । त्यसैगरी उनले डाइरेक्टर स्कलरसिप अवार्ड र एक्सलेन्ट प्रेजेन्टेसन अवार्ड पनि जितेका छन् । पौडेलले नेपालको कृषि जमिनमा जलवायु परिवर्तनका असरमा पिएचडी गरेका हुन् । पौडेल सन् २०११ मा त्रिविबाट भूगोलमा गोल्डमेडलिस्ट पनि हुन् । पौडेलसँगै एउटै समूहमा पिएचडी सकेका अन्य चार नेपाली विद्यार्थी पनि उत्कृष्टमा परेका छन् । युकासकै चीनको सिचुवान प्रान्तको छन्दू इन्स्टिच्...