Posts

Showing posts with the label सरकार

मल खरिदमा अनियमितता मल खरिदमा अनियमितता

Image
काठमाडौं : मुख्य खाद्यान्न बालीमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत फेरि अर्को अनियमितता हुन लागेको छ । परियोजनाले डेढ साताभित्रमा खरिद गरी सोहीअवधिमा वितरण गरिसक्ने भनेर दुई हजार मेट्रिक टन भर्मिक कम्पोस्ट मल खरिद गर्न लागेको छ। परियोजनाले आफैं यो परिमाणमा मल खरिद गर्नुभन्दा कृषि सामग्री कम्पनीलाई खरिदको जिम्मेवारी सुम्पेको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन कृषि मन्त्री गौरिशंकर चौधरी र सोही मन्त्रालयका सचिव डा.सुरोज पोखरेलको चर्को दबाबमा मल खरिद प्रक्रिया अघि बढाइएको हो । चितवनको दिव्या अर्गानिक फर्टिलाइजरका सञ्चालक नरेन्द्र गिरीको मल खरिद गर्न पूर्वप्रधानमन्त्री दाहालदेखि कृषि मन्त्री चौधरी र सचिव पोखरेलसम्मले कृषि सामग्री कम्पनीलाई दबाब दिएका छन् । व्यवसायी गिरीको दाहालको भान्साकोठासम्म पहुँच छ । सबैतिरको चर्को दबाबका कारण कृषि सामग्री कम्पनीले केही समयअघि मात्रै दुई हजार सात सय मेट्रिक टन प्रांगारिक धुलो मल, दुई हजार मेट्रिक टन भर्मिक कम्पोस्ट मल र दुई हजार आठ सय मेट्रिक टन प्रांगारिक दानादार मल खरिद गर्...