Posts

Showing posts with the label मुख्यमन्त्री

प्रदेश नम्वर ७ का मुख्यमन्त्री र भारतिय राजदुतबिच भेटवार्ता

धनगढी, चैत्र १५। प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि भारतिय राजदुत मन्जिव सिंह पुरी विच आज भेटवार्ता भएको छ। मुख्यमन्त्रीको कार्यकक्षमा दिउँसो करिव आधा घण्टा उनिहरु बिच भेटवार्ता भएको हो। सो क्रममा सममामहिक विषयबस्तु बारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा भारतसँग जोडिएको प्रदेश नम्वर ७ का नाकाहरुलाई थप व्यवस्थित गरी सुचारु गर्ने, द्धन्द्धकालमा बन्द रहेका छोटी भन्सारलाई खुल्ला गर्ने विषयमा पाि छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै भारत सरकारको सहयोगमा प्रदेश नम्वर ७ मा सुचारु विकास परियोजनालाई दु्रतगतिमा अगाडी बढाउने सन्दर्भमा पनि छलफल भएको छ। प्रदेश नम्वर ७ को समग्र विकासकालागि भारत सरकार तत्पर रहेको भारतिय राजदुत पुरीले मुख्यमन्त्री भट्टलाई बताएका थिए। राजदुत पुरी आजै कञ्चनपुर गएका छन्।

यातायात व्यवस्था कार्यालय धनगढीमा मुख्यमन्त्री भट्टको छड्के

धनगढी,६ चैत । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार कैलालीस्थित यातायातको कार्यालयमा छड्के अनुगमन गरेका छन् ।  यातायात व्यवस्थाको कार्यालयबाट प्रदान हुने सेवाहरुप्रति सेवाग्राहीको जनगुनासो बढेपछि मुख्यमन्त्री भट्टले यातायातको कार्यालयमा बिहान ११ बजे छड्के अनुगमन गरेका हुन्। लाईसेन्स परिक्षाका लागि फारम भर्न सेवाग्राहीहरु लाईनमा बसी रहेकै बेला मूख्यमन्त्री भट्ट एक्कासी अनुगमनमा पुगेर यातायातका कर्मचारीलाई सोधपुछ गर्न थालेपछि कर्मचारीहरु अचम्ममा मात्र परेनन् रातोपिरो अनुहारमा एकलेअर्कोलाई हेरेर जवाफ दिँदै थिए । मुख्यमन्त्री भट्ट कार्यालयमा पुग्दा यातायात कार्यालयमा सेवाग्राहीहरुको निकै ठूलो भीड थियो भने सेवाग्राहीहरु तीन लाईनमा बसेर लिखित परिक्षाको फाराम बुझाई रहेका थिए। मुख्यमन्त्री भट्टले लाईनमा बसेका सेवाग्राहीसंग कार्यालयले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी समेत दिएका थिए । सेवाग्राहीहरुले मन्त्रीको जवाफमा सेवा पाउन निकै खर्चिलो र झन्झटिलो भएको प्रतिक्रिया दिएका थिए । सेवाग्राहीसंगको कुराकानीपछि मुख्यमन्त्री भट्ट लेखा शाखा र कार्यालय प्रमुखको कार्यकक्षमा पुगेका थिए । जन...

प्रदेश सरकारको झण्डा नभएपछि राष्ट्रिय झण्डाको प्रयोग

Image
धनगढी फागुन १० गते । प्रदेश सरकारको झण्डा नभएका कारण प्रदेश नम्वर ७ का मुख्यमन्त्री र मन्त्रीहरु राष्ट्रिय झण्डाको प्रयोग गरिरहेका छन । प्रदेश सरकारको आफ्नै झण्डा हुनुपर्नेमा त्यो नभएका कारण प्रदेशका मुख्यमन्त्री र मन्त्रीले राष्ट्रिय झण्डालाई आफ्ना सवारी साधनमा प्रयोग गरिरहेका हुन । प्रदेश सरकारको मन्त्री परिषद्को वैठकवाट प्रदेश सरकारको झण्डा पास भएपछि प्रयोगमा ल्याउनुपर्ने भएपनि ऐन नियम र कानुनको अभावमा राष्ट्रिय झण्डाको प्रयोग भईरहेको छ । राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग सम्वन्धी नियमावली २०६९ मा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई आफ्ना सवारी साधनमा प्रयोग गर्ने भण्डाका बारेमा केहि उल्लेख गरेको छैन । विश्वव्यापी मान्यता अनुसार प्रदेश सरकारको आफ्नै झण्डा हुने र राष्ट्रिय झण्डा सानो आकारमा सवारी साधनमा राखिने गरिएको पाईए पनि प्रदेश नम्वर ७ मा राष्ट्रिय झण्डाको प्रयोग गरिएको हो । अझै धेरै ऐन नियम कानुनको अभाव भएकोले सवारी साधनमा प्रयोग हुने झण्डाको कुराहरुलाई त्यसले टुंगाउने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीले बताउनुभयो । सवारी साधनमा राष्ट्रिय झण्डाको ...

मुख्यमन्त्री सहित अन्य ६ जना मन्त्रीद्वारा सपथ ग्रहण

धनगढी फागुन ०५ प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट सहित प्रदेश मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । प्रदेश नम्वर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री सहित अन्य ६ जना मन्त्रीहरुलाई आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्रीको नियुक्ती विहीवार नै भईसकेकोमा मन्त्रीहरुको भने आज मात्रै टुङगो लगाईएको हो । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी जिल्ला प्रदेश क्षेत्र २ बाट नेकपा माओवादीको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचीत हुनुभएको हो । यस्तै नेकपा एमालेबाट ४ जना र माओवादी केन्द्रबाट २ जनाले प्रदेश मन्त्रीको सपथ लिनुभएको छ । एमालेको तर्फबाट सामाजिक विकास मन्त्रीमा एमाले कैलालीका अध्यक्ष समेत रहनुभएका दिर्घ सोडारी, आन्तरीक मामीला र कानुन मन्त्रीमा संसदीय दलका नेता प्रकाश वहादुर शाह, भौतीक पुर्वाधार मन्त्रीमा डडेल्धुराबाट विजयी पठानसिह बोहरा र उद्योग पर्यटन बन तथा बातावरण मन्त्रीमा माया भट्टले सपथ ग्रहण गर्नुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री भट्ट सहित आर्थीक तथा योजना मन्त्रीमा अछामबाट प्रदेश सदस...

‘राजधानी प्रदेशसभाले निर्क्योल गर्नेछ’ - मुख्यमन्त्री भट्ट

काठमाडौँ — आज पहिलो मुख्यमन्त्रीका रूपमा शपथ लिने ४९ वर्षीय त्रिलोचन भट्ट केन्द्रीकृत राज्य व्यस्थाबाट सदैव उपेक्षामा पारिएको प्रदेशलाई छोटो अवधिमा विकसित र समृद्ध प्रदेश बनाउने तयारीमा छन् डोटीमा रहेको पुख्र्यौली जीर्ण घर नै उनको सम्पत्ति हो । परिवारको लालनपालनका लागि १३ वर्षको उमेरमा भारत पुगेका भट्टको राजनीतिक चेतना पनि भारतमै विकास भयो । प्राथमिक तहको औपचारिक शिक्षा लिएका उनले भारतमा मजदुरी गर्दागर्दै स्वाध्ययन गरे । उनीसँग समृद्ध प्रदेश बनाउने थुप्रै योजना छन् । आफू यो उचाइमा पुगुँला भन्ने कल्पना नगरेका मुख्यमन्त्री भट्ट इमानदार भुइँमान्छेका रूपमा चिनिन्छन् । यस दैनिकको प्रदेश संस्करणका लागि अन्तरवार्ता लिनुपर्ने तय भएको थियो । उनी भेटिए धनगढी बसपार्कको साधारण होटलमा । सरकार गठनको संघारमा रहेका मुख्यमन्त्री भट्टसँग धनगढी संवाददाता डीआर पन्त र अर्जुन शाहले गरेको कुराकानी : प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमाशनिबार सफथ लिँदै हुनुहुन्छ , कस्तो अनुभूति भइरहेको छ ? जनताका प्रतिनिधिबाट बनेको संविधानले दिएको संघीय व्यवस्थाअनुरूप सिंहदरबारमा रहेको अधिकार गाउँगाउँसम्म पुगेको छ । एकात्मक रा...

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका भट्ट नियुक्त

Image
कैलाली, फागुन ३ । प्रदेश ७ को मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको शपथ ग्रहण भने फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए। ४८ वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्। प्रदेश ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन्।

त्रिलोचन भट्ट बिहिवार मुख्यमन्त्रीमा नियुक्त हुदै

धनगढी फागुन ०३ गते । माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। माओवादी सहित एमाले पार्टीका गरी ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेपछि उनको मुख्यमन्त्रीको बाटो खुलेको हो। बुधवार एमाले र माओवादी केन्द्रका ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेका छन्। ५३ जना सदस्य मध्ये भट्टलाई ३७ जनाले मुख्यमन्त्रीमा समर्थन गरेका हुन्। बुधवार बिहान प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्रीमा नियुक्त हुन स्पष्ट बहुमत पेश गर्न आब्हान गरेका थिए। त्यस लगत्तै माओवादी केद्रका नेता त्रिलोचन भट्टले दुबै पार्टीका प्रदेश सभा सदस्यहरुको आफुलाई समथर्न रहेको भन्दै हस्ताक्षर पत्र प्रदेश प्रमुख मोहनराज मल्ललाई बुझाएका छन्। यो संगै बिहिवार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र फागुन ५ गते सपथ ग्रहण गराउने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। ‘माओवादी केन्द्रका प्रदेश सभा सदस्य त्रिलोचन भट्टले बहुमत प्राप्त गरेको हस्ताक्षर सहितको पत्र प्राप्त भईसकेकोले अब बिहिवार मुख्यमन...

माओवादी संसदीय दलको नेतामा भट्ट मुख्यमन्त्रीको बाटो खुल्यो - प्रदेश ७

कैलाली २१ माघ, प्रदेश नम्बर ७ मा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन भएका छन् । आइतबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले बहुमतबाट भट्टलाई नेता चयन गर्ने निर्णय गरेको हो । निर्णयसँगै यो प्रदेशको मुख्यमन्त्री बन्न उनलाई बाटो खुलेको छ । माओवादी केन्द्रले प्रदेश ७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वा्चित सांसद भट्टलाई यसअघि नै सिफारिस गरिसकेको छ । वाम गठबन्धनले प्रदेश ६ र ७ मा मुख्यमन्त्री माओवादीलाई दिने निर्णय गरिसकेको छ । माओवादी केन्द्र प्रदेश ७ का इन्चार्ज लेखराज भट्ट र प्रदेश संयोजक लक्ष्मणदत्त जोशीसहितको बैठकले भट्टलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । प्रदेश ७ प्रदेश सभामा रहेका माओवादी केन्द्रका १४ सांसद मध्ये १२ जनाले भट्टलाई नै दलको नेता बनाउने निर्णयमा सहमति जनाएका थिए । सांसदहरू वीरमान चौधरी र मानबहादुर धामी पनि संसदीय दलको नेताका आकांक्षी थिए ।

प्रदेश ७ को मुख्यमन्त्रीका लागी माओवादीमा मारामार

धनगढी २१ माघ, मुख्यमन्त्रीको विषयलाई लिएर माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ। एमालेसँग बार्गेनिङ गरेर बल्लबल्ल दुई प्रदेशको मुख्यमन्त्री पाएको माकेभित्र किचलो पैदा भएको छ । प्रदेश नम्बर ७ ले मुख्यमन्त्रीको लागि डोटी ख बाट निर्वाचित त्रिलोचन भट्टलाई सिफारिस गरेसँगै प्रदेश पार्टी दुई सूहमा विभाजन भएको छ । प्रदेश इन्चार्ज लेखराज भट्ट र संयोजक लक्ष्मणदत्त जोशीले एकलौटी रुपमा त्रिलोचना भट्टलाई सिफारिस गरेको भन्दै मुख्यमन्त्रीका दाबेदार वीरमान चौधरी र मानबहादुर धामीले आपत्ति जनाएका छन् । उनीहरुले इन्चार्ज र संयोजकले पार्टीको लेटरप्याडको दुरुपयोग गरेको आरोप समेत लगाएका छन् । पूर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका धामी दार्चुला र चौधरी कैलाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । चुनावी अभियानको क्रममा माओवादी केन्द्रले कैलाली र कञ्चनपुरमा थारुलाई मुख्यमन्त्री दिने बताएको तर अहिले धोका दिएको स्थानीय थारु नेताहरुले बताएका छन् । त्यसैगरी दार्चुलालाई पनि मुख्यमन्त्रीको आवश्वासन दिइएको थियो । पार्टीमा कुनै छलफल नै नगरी इन्चार्ज र संयोजकले मुख्यमन्त्री केन्द्रमा सिफारिस गरिएको चौधरीले बताए...

प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि माओवादीबाट भट्ट सिफारिस

धनगढी, २० माघ – माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले आज पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो । उक्त दलका प्रदेश नं ७ संयोजक लक्ष्मणदत्त जोशीले शुक्रबार काठमाडौँमा भएको प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिनुभयो । उहाँले राससलाई भन्नुभयो, “अब दुई÷तीन दिनभित्र केन्द्रले निर्णय गर्छ होला ।” यसअघि २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा भट्ट पराजित हुनुभएको थियो । बिहीबारसम्म माओवादीभित्र भट्टसँगै कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा थियो । प्रदेशसभामा उक्त दलबाट प्रत्यक्ष र समानुपातिक गरी १४सांसद छन् । प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीलाई नै कायम गर्ने गरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको आँकलन गरिएको छ । त्यसैगरी प्रदेशसभामा १२ जना सांसद रहेको नेपाली काँग्...

प्रदेश - ३ का मुख्यमन्त्री दाबेदार आरोप–प्रत्यारोपमा

‘पाण्डेले चुनाव नलड्ने घोषणा गरिसक्नुभएको थियो, यति सक्रिय नेतालाई बाहिर राख्न हुन्न भनेर मैले नै प्रदेशमा उठाएको हो, उहाँलाई मुख्यमन्त्री दिने कुरै आउँदैन,’ – शाक्य ‘शाक्यले म मुख्यमन्त्री चलाउन सक्दिनँ, त्यसैले तपाईं चुनाव लड्नुस् भन्नुभएको हो, आज आएर बोली फेर्नुभयो,’ – पाण्डे हेटौंडा — प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेभित्र राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबीच मुख्य भिडन्त हुने देखिएको छ । प्रदेशसभाको पहिलो बैठकका लागि हेटौंडा आइपुगेका यी दुईले आफ्ना पक्षमा माहोल बनाउन सांसदहरूबीच लबिइङ तीव्र पारेका छन् । उनीहरू एकअर्काप्रति आरोप–प्रत्यारोपमा समेत उत्रिएका छन् । एमालेबाटै रामेश्वर फुयाल र पशुपति चौलागाईं पनि मुख्यमन्त्रीका आकांक्षी छन् । तर, उनीहरूको सम्भावना कमजोर देखिन्छ । एमाले अध्यक्ष केपी ओलीले पाण्डे र शाक्यमध्ये एकको नाममा सहमति जुटाउन प्रयास गरे पनि सम्भव नभएपछि प्रदेश संसदीय दललाई नेता चयन गर्ने जिम्मेवारी दिइएको छ । ‘एमाले स्थायी समिति बैठकले सकेसम्म सर्वसम्मत नभए चुनावबाट दलको नेता चयन गर्न प्रदेशलाई निर्देशन दिएको छ,’ पाण्डेले बिहीबार बैठक सुरु हुनुअघि कान्तिपुरसँग भने...