Posts

Showing posts with the label सिमा बिवाद

कैलाली कञ्चनपुरमा १ सय ५४ सीमा पिलर गायब

धनगढी फागुन ०७ गते । नेपाल भारत संयुक्त सीमा सर्भेक्षण टोलीले अहिले सम्म सिमांकन गरिएको क्षेत्रमा कुनै विवाद नरहेको जनाएको छ । सर्भेक्षण टोलीलाई भारतसँग जोडिएका प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला जिल्लाको सीमा सर्भेक्षणको जिम्मेवारी दिईएको छ । अध्ययन सम्पन्न गरिएका सीमा स्तम्भहरुमा हाल सम्म कुनै खालको विवाद नदेखिएको नेपाली टोलीको नेतृत्व गरिरहनुभएका नापी विभागका अधिकृत सुर्दशन सिह धामीले जानकारी दिनुभयो । टोलीले मुख्य पिलर र सहायक पिलर गरेर कैलालीका २ सय ८२ र कञ्चनपुरका ३ सय ९० मध्ये १ सय ११ पिलरको पुर्वेक्षण कार्य सम्पन्न भएकोमा कुनै पनि क्षेत्रमा विवाद नदेखिएको जनाएको हो । सीमा क्षेत्रमा विवाद नदेखिए पनि धेरै सीमा पिलर भने हराएको पाइएको धामीले जानकारी दिनुभयो । कैलालीमा मात्र १ सय ५ पिलर हराएको पाइएको उहाँले बताउनुभयो । कञ्चनपुरमा पनि पुर्वेक्षण कार्य सकिएका १ सय ११ पिलर मध्ये ४९ पिलर हराएका पाइएका छन् । धामीले हराएको सीमा स्तम्भहरु निर्माण पनि थालिएको जानकारी दिनुभयो । नेपाली पक्षले बिजोर नम्बर र भारतीय पक्षले जोर पिलरको मर्मत सम्भार, निर्माण तथा पुनः निर्माण गर्ने स...

सिमा मिचिएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने–एक ईन्च मिचिन दिन्नौं

पर्सामा नेपाली भूमि मिचिएको विद्यार्थी टोलीको निश्कर्ष काठमाडौँ — विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी पर्साको विभिन्न क्षेत्रमा भारतीय पक्षले नेपाली भूभाग मिचेको बिषयमा स्थलगत प्रतिवेदन बुझाएका छन् । भारतीय पक्षले नेपाली भूमि मिचेको समाचार प्रकाशित भएपछि दुवै विद्यार्थी संगठनको संयुक्त टोली स्थलगत अवलोकनमा गएको थियो। स्थानीयबासीसँगको छलफल र दुवै देशको सिमासम्बन्धी नक्साको अध्ययनपश्चात प्रतिवेदन तयार पारी प्रधानमन्त्रीलाई सुझाव सहित बुझाएको अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले बताए। विद्यार्थीहरुले बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक ईन्च भूभाग पनि मिचिन नदिने भन्दै आस्वस्त तुल्याए। प्रतिवेदनमा स्थलगत अवलोकनको क्रममा भेटिएका तथ्य र सुझाव समेटिएको छ। विद्यार्थीहरुले दशगजा क्षेत्रमा भारतीय पक्षले भौतिक संरचना बनाएको, नक्सांकनमा संलग्न नेपाली पक्षले हेलचेक्र्याइ गरेको जस्ता समस्या औंल्याएका छन्। स्थलगत अवलोकनको क्रममा लालपूर्जा भएको नेपाली जमिनमा सिमा स्तम्भ भेटिएको ...