Posts

Showing posts with the label फेसबुक

फेसबुकमा प्रतिबन्ध

जाजरकोट, चैत १० गते । भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिनुभयो । सोअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।

फेसबुकमा महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा पक्राउ

चितवन — सामाजिक सञ्जाल फेसबुकमा महिला र युवतीलाई साथी बनाएर पैंसाका लागि धम्काएको आरोपमा चितवन प्रहरीले एकजनालाई गिरफ्तार गरेको छ । नवलपुरको कावासोती घर भइ भरतपुर महानगरपालिका–१२ राधाकृष्णचोकमा बस्दै आएका सुविन केसी भनिने तीर्थ सापकोटालाई चितवन प्रहरीले मंगलबार पक्राउ गरेको हो। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालका अनुसार सापकोटाले केही महिनायता महिला र युवतीहरुलाई फेसबुकमा साथी बनाउँदै फोटोहरु संकलन गरेर अश्लिल भिडियो बनाएर फोटो र भिडियो उनीहरुलाई देखाउँदै पैसा माग्दै आएका थिए । उनले भरतपुर–२२ पटिहानीकी एकजना युवतीबाट ५० हजार रुपैयाँ लिइसकेको प्रहरीले जनाएको छ । ‘गत माघमा ५० हजार रुपैयाँ लिएपछि फेरि पनि दुईवटा मोबाइल फोन नम्बरबाट ती युवतीलाई पटक पटक फोन गरी तीन लाख रकम माग गरेको खुल्न आएको छ,’ डीएसपी ढकालले भने । पैंसा नदिए अश्लिल फोटो र भिडियो फेसबुकमा राख्ने धम्की दिदैँ आएपछि पीडित युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । उजुरीपछि छानबिन र खोजी सुरु भएको थियो । सापकोटालाई मंगलबार भरतपुरको हाकिमचोकबाट पक्राउ गरेका हो ।

डिएसपीविरुद्ध फेसवुकमा स्ट्याटस लेख्‍नेमाथि सार्वजनिक मुद्दा !

श्री पाँच भण्डारी सरकारको नाममा खोलीएको फेसवुक एकाउन्टमा आकाश भण्डारीले लेखे–‘को हुन इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश साप्कोटा ? फेसवुक स्टाटसमा ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत डिएसपी प्रकाश साप्कोटाले उपलब्धि मुलक काम गर्न नसकेको, ग्वार खोलामा हुने अवैध ढुंगा उत्खनन्मा प्रहरीको संलग्नता सम्मको आरोप लगाउदै लेख्‍ने उनै तुलसीपुर उपमहानगरपालीका वडा नं. १ निवासी १९ वर्षिय आकाश भण्डारीलाई प्रहरीले सार्वजनिक अपराध अन्तरगत मुद्धा दर्ता गरेर कारवाही अघि वढाउने जनाएको छ। ‘साईबर अपराध अन्र्तगत मुद्धा दर्ता गर्दा उसको भविस्य चौपट हुन्छ, त्यही भएर सार्वजनिक अपराध अन्तरगत मुद्धा दर्ता गरेर कारवाहीको तयारी गरेका छौं’ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी साप्कोटाले भने–‘प्रमाण विना, तथ्यहिन कुरा लेखेर चरित्र हत्या गर्न खोजीयो, यस्ता गलत प्रचारले हाम्रो करियरमा ठुलो धक्का लाग्छ ।’ स्टाटस लेख्ने ब्यक्ति जर्नालिजमका विद्यार्थी रहेको पनि उनले वताए । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी टोलीले भण्डारीलाई तुलसीपुर बजारबाट पक्राउ गरेका हुन् । प्रहरीले फेसवुक स्ट्याटसमा डिएसपीका विरुद्ध ले...