शिक्षक नियुक्ति विवादले विज्ञान क्याम्पसमा बबाल
महेन्द्रनगर । महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा प्रक्रिया मिचेर आंशिक शिक्षक नियुक्त गरिएको आरोप लागेपछि बबाल मच्चिएको छ । सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरले प्रक्रिया मिचेर आंशिक शिक्षक नियुक्ति गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल नियुक्ति खारेजको माग गरेको छ । क्याम्पसले मनोमानी रुपमा रासायनशास्त्र विषयको शिक्षकमा दिल्लीप्रसाद खरेललाई नियुक्त गरेको क्रान्तिकारीको आरोप छ । क्रान्तिकारीका जिल्ला सचिव किशोर भट्टसहितका विद्यार्थी नेता आईतबार सिद्धनाथ विज्ञान क्याम्पस पुगेर प्रशासनसँग नियुक्ति खारेजीको माग गरेका हुन् । विज्ञान क्याम्पसका निमित्त प्रमुख विमला शाक्यलाई प्रक्रिया मिचेर गरिएको नियुक्ति तत्काल खारेज गर्न माग गरिएको सचिव भट्टले बताए । आंशिक शिक्षक पदपूर्तिका लागि क्याम्पसले विज्ञापन आव्हान गर्नुपर्ने, आवेदकले आवेदन दिएपछि छनौट प्रक्रियामा जानुपर्ने, शिक्षकको कक्षा अवलोकन गर्नुपर्ने भएपनि ती सबै प्रक्रियालाई मिच्दै आंशिक शिक्षक नियुक्त गरिएको उनले दावी गरे । निमित्त क्याम्पस प्रमुख शाक्यले शिक्षक नियुक्तिको प्रावधानका बारेमा आफूलाई जानकारी नभएको भन्दै गैरजिम्म...