Posts

Showing posts with the label खेल

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अलपत्र

बैतडी,१४ वैशाख धुर्मुुस सुन्तलीले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको चर्चा पाईरहेका बेला बैतडीमा भने निर्माणाधिन अवस्थामा रहेको दशरथचन्द अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य केही बर्षदेखि अलपत्र अवस्थामा रहेको छ । जिल्लाको दशरथचन्द नगरपालिका सुन्दरखाली वि स २०६३ मा दशरथचन्द नगरपालिकाले निर्माण सुरु गरेको क्रिकेट मैदानलाई र वि स २०७१ सालमा राष्ट्रिय खेलकुद परिषदले दशरथचन्द अन्र्तराष्ट्रिय क्रिकेट मैदान भनेर निर्माण सुरु गरेको हो । वि स २०३४ सालमा दशरथचन्द नगरपालिका स्थित सुन्दरखालीमा मात्र क्रिकेट खेल्ने गरिन्थ्यो त्यसपछी वि स २०५२ सालपछी त्यस मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन सबैको ध्यान पुग्यो । सदरमुकाम नजिकैको सुन्दरखाली क्रिकेट मैदानमा चार वर्ष अघिसम्म क्रिकेट प्रतियोगिता सञ्चालन हुन्थ्यो । त्यही मैदानमा खेलाडीले अभ्याससमेत गर्न पाउथे । जिल्ला स्तरदेखि क्षेत्रीयस्तरका प्रतियोगिता हेर्ने पाउँदा स्थानियबासी हर्षित भएका थिए । तर अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएपछि प्र्रतियोगिता समेत हुन पाएको छैन । मैदान निर्माण कार्य अधुरो भएपछि खेल सञ...

दोगडाकेदारमा महिला तथा पुरुष भलिबल प्रतियोगिता

बैतडी,७ वैशाख- बैतडीको दोगडाकेदारमा भोली शनिवारदेखि प्रथम अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा गाउँपालिकामा रहेका ८ वटै वडा महिला तथा पुरुष गरी १६ टोलीको सहभागिता रहने खेल संयोजक भरत महराले जानकारी दिनुभयो । दोगडाकेदार गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता वैशाख ११ सम्पन्न हुने भएको छ । प्रतियोगितामा महिला तथा पुरुषमा प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु ३० हजार , तृतिय पुरस्कार रु २० हजार र चौथो हुने हुने टोलीलाई रु १० हजार पुरस्कार रहेको छ । यस्तै उत्कृष्ट हुने एक एक खेलाडीलाई म्यान अफ द सिरिज एक जनालाई नगद १ हजार ५ सयका दरले पुरस्कार राखिएको छ । चनैराज खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको भोली बिहान ११ बजे एक कार्यक्रमका बिच उद्दघाटन गरिने दोगडाकेदार गाउँपालिकाले जनाएको छ । उक्त प्रतियोगिताले गाउँपालिकामा भलिबल खेलको बिकासका साथै खेलाडी उत्पादन गर्न सहयोग मिल्ने अपेक्षा गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

क्यानको विशेष साधारणसभा आजदेखि

काठमाडौं, ६ वैशाख – नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा आजदेखि काठमाडौंमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि र राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रतिनिधिको उपस्थितिमा विशेष साधारणसभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउनेछ । विधान अनुमोदनका लागि हुनलागेको यो दोस्रो विशेष साधारणसभा हो । शुक्रवारसम्म जारी रहने साधारणसभा विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटरिङ कमिटी गठन हुनेछ । मनिटरिङ कमिटीले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ । मनिटरिङ कमिटीमा आइसीसीका तीन, राखेप र निर्वाचित क्यानका समान एक/एक प्रतिनिधि सदस्य रहनेछन् । वि.सं. २०७२ मंसिरमा चतुरबहादुर चन्द क्यानको अध्यक्षमा निर्वाचित भएका थिए । क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ समूहले उक्त अधिवेशन रोक्न राष्ट्रिय खेलकुद परिषदमा उजुरी दिएको थियो । राखेपले निष्पक्ष र वैधानिक तरिकाले निर्वाचन नभएको भन्दै रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो । क्यानको निपष्क्ष निर्वाचन नभएको र सरकारी हस्तक्षेप रहेको भन्दै आइसीसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । आइसीस...

बिडिसिए कप - फाइनलमा त्रिपुरा क्रिकेट क्लव बिजयी

बैतडी,३ बैशाख त्रिपुरा क्रिकेट क्लवले बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको १७ औं संस्करणको उपाधी कब्जा गरेको छ । निंगलाशैनी खेल मैदान, देहिमाण्डौंमा भएको उपाधी भिडन्तमा जेएवाईसी,थालिगाडालाई २७ रनले पाखालाई लगाउदै त्रिपुराले उपाधी रक्षा गरेको हो । टस जितेर पहिला ब्याटिंग गरेको त्रिपुराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १९२ रन बनायो । जसमा सञ्जय धामीले अर्धसतकिय पारी खेल्दै ५३ रन जोडे भने तेज चन्दले ४८ रनको योगदान गरे । थालिगाडाका राम चन्दले ३ तथा जितेन्द्र रावलले २ विकेट हात पारे । १९३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको थालिगाडाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १६५ रन मात्र जोड्न सक्यो । भरत चन्दले ३६ तथा जितेन्द्र रावलले २४ रनको योगदान गरेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा थालिगाडाले उप विजेतामै चित्त बुझाउन बाध्य भयो । त्रिपुराका लागी म्यान अफ द फाईनल तेज चन्दले २ विकेट हात पारे । यस्तै मुकेश मौनी र गणेश थापाले पनि समान दुई दुई विकेट प्राप्त गरे । उपाधीसंगै त्रिपुराले नगद ३० हजार , उपविजेता थालिगाडाले नगद २० हजार ट्रफी र प्रमाणपत्र पाएको छ । यसैबिच प्रतियोगिताभरी...

बिडिसिए कप - फाइनलमा उपाधीका लागी थालिगाडा र त्रिपरा भिड्दै, आज १ बजे म्याच

बैतडी,३ बैशाख बैतडीमा जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधीका लागी आज जेएवाईसी थालिगाडा र त्रिपुरा क्रिकेट क्लव भिड्ने भएका छन् । आईतवार सम्पन्न सेमिफाईनल खेलमा साबिक बिजेता योङगस्टार क्रिकेट क्लव,मेलौलीलाई ६ विकेटले स्तब्ध पार्दै थालिगाडा फाईनलमा पुगेको हो । यस्तै खोडपे क्रिकेट क्लवलाई १०१ रनले पाखा लगाउदै त्रिपुरा उपाधी नजिक पुगेको हो । उपाधी भिडन्त निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा बिहान ९ बजेपछी हुने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन् । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ देखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका थिए । बिडिसिए कप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

बिडिसिए कप: त्रिपुरा क्रिकेट क्लब उपाधी नजिक

बैतडी,२ बैशाख- त्रिपुरा क्रिकेट क्लव, बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा आज सम्पन्न सेमिफाईनल खेलमा खोडपे क्रिकेट क्लवलाई १०१ रनले पाखा लगाउदै त्रिपुरा उपाधी नजिक पुगेको हो । टस जितेर पहिला ब्याटिंग गरेको त्रिपुराले निर्धारित २० ओभरमा ५ विकेटकोे क्षतीमा २५४ रन बनायो । तेज चन्दले सतकिय पारी खेल्दै ११५ रनको योगदान गरे भने महेन्द्र मार्कण्डले ४७ रन बनाए । खोडपेका कृष्ण विष्टले २ विकेट हात पारे । २५५ रनको बिशाल लक्ष्यका साथ मैदान उत्रेको खोडपे १५३ रनमा समेटियो । रुपक ऐरीले ६४ रनको योगदान गरेपनि हार टार्न नसक्दा खोडपे सेमिफाईनलबाटै घर फर्किन बाध्य भएको छ । त्रिपुराका गणेश थापाले ३ विकेट हात पारे । सतकिय पारी खेल्दै ११५ रन हिर्काउने त्रिपुराका तेज चन्द म्यान अफ द म्याच घोषित भएका भेन्यु ईन्चार्ज बिर सिंह बोहराले जानकारी दिनुभयो । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ देखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका थिए । प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद...

बिडिसिए कप : सेमिफाईनलका खेलहरु हुदै

बैतडी,२ बैशाख- बैतडीमा जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाईनका खेलहरु हुुने भएका छन् । निंगलाशैनी खेलमैदान देहिमाण्डौंमा हुने पहिलो सेमिफाईलन खेलमा खोडपे क्रिकेट क्लव र त्रिपुरा क्रिकेट क्लव प्रतिस्प्रर्धा गर्ने भएका छन् । लिग चरणको अन्तिम खेलमा केदारशक्ति क्रिकेट क्लवलाई १५६ रनले स्तब्ध पार्दै समूह “बी” समूह विजेता बन्दै खोडपे अन्तिम चारमा पुगेको हो । भने पञ्चकोटी क्रिकेट क्लवलाई ४ रनले स्तब्ध पार्दै त्रिपुरा क्रिकेट क्लव समूह “डी” वाट सेमिफाईनमा पुगेको हो । यस्तै बुड्डाबाजे क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाईनल खेलमा जेएवाईसी थालिगाडा र साविक विजेता योङगस्टार क्रिकेट क्लव भिड्ने भएका छन् । लिग चरणको आफ्नो अन्तिम खेलमा दशरथचन्द प्रतिष्ठानलाई ६ विकेटले पाखा लगाउदै थालिगाडा समूह “सी” को विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको हो, भने अस्मिकेदार क्रिकेट क्लवलाई २१ रनले स्तब्ध पार्दै योङगस्टार समूह “ए” को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका संघका कोषाध्यक्ष खेमराज भ...

धनगढी लगातार दोस्रो पटक डिपिएलको च्याम्पीयन

धनगढी चैत ३० रुस्लान धनगढी प्रिमियर लिगको उपाधिमाथि लगातार दोश्रो पटक टिम चौराह धनगढीले कब्जा जमाएको छ । फाईनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै धनगढीले उपाधिमाथि कब्जा जमाएको हो । फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्स सामु १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । धनगढीकालागि सुनील धमला र रोहन मुस्तफाले १ सय ४२ रनको साझेदारी गरेपछि धनगढीले फाइनलमा राम्रो योगफल बनाएको हो । ओपनर धमलाले ६३ बल खेली ८ चौका ३ छक्काको मद्दतले ७८ रन बनाए । उनी अन्तिम ओभरमा सुबोथ भाटीको बलमा आउट भए । अर्का ओपनर अस्फाक अहमदलाई ४ रनमा गुमाएपछि क्रिजमा आएका मुस्तफाले ६० रन बनाए । काठमाडौं गोल्डेन्सबाट भाटीले २ विकेट लिए भने सन्नी पटेलले १ विकेट लिए । १ सय ८२ रनको विशाल लक्ष्य सहित मैदान उत्रिएको काठमाडौ २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६० रनमा समेटीएको हो । काठमाडौकालागि अमित श्रेष्ठले ५८, ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेलले २२ र नरेश बुढाऐरले १९ रन बनाए । बलिङमा धनगढीका ललितसिह भण्डारीले ३, रोहन मुस्ताफाले २, सम्...

डिपीएल उपाधि भिडन्त आज: कस्को पल्ला भारी ?

धनगढी चैत ३० आज हुने डीपीएल क्रिकेटको फाइनलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स प्रतिस्पर्धा हुदै छ । घरेलु टोली धनगढी र प्रतियोगीतामा सबैभन्दा बलियो मानिएको काठमाडौविचको फाईनल रोमाञ्चक हुने अपेक्षा गरीएको छ । प्रतियोगिता भरी एउटा मात्रै खेलमा पराजीत भएको काठमाडौ गोल्डेन्स र घरेलु टोली धनगढी विच शुक्रवार हुने फाईनल खेल रोमाञ्चक हुने अपेक्षा गरीएको हो। सावीक विजेता समेत रहेको घरेलु टोली धनगढीलाई धनगढी प्रिमियर लिगको दोश्रो सस्करण पनि आफ्नो पोल्टामा पार्न सहज भने छैन् । धनगढी प्रिमियर लिगमा दुवै टिमका खेलाडीको प्रदर्शन हेर्दा धनगढीलाई डिपीएल २ को उपाधी जित्न सहज नदेखीएको हो । तर पहिलो क्वालिाफायरमा काठमाडौं गोल्डेन्समाथि नै १ विकेटको सनसनीपूर्ण विजय हात पार्दै फाइनलमा प्रवेश गरेको धनगढी फाईनलमा पनि सोही टिमलाई पराजीत गर्दै लगातार दोश्रो पटक धनगढी प्रिमियर लिगको उपाधि उचाल्ने दाउमा छ । टिम चौराह धनगढीका कप्तान सोमपाल कामीले पनि एक पटक काठमाडौलाई पराजीत गरीसकेकाले उत्साह बढेको बताए । तर पहिलो क्वालीफायरमा धनगढीसंग पारजीत भएको काठमाडौ भने उक्त हारतको बदला फर्काउदै धनगढी प्रिमियर लिगको पह...

डीपीएल क्रिकेटः महेन्द्रनगर युनाइटेडलाई हराउँदै काठमाडौं गोल्डेन्स फाइनलमा

धनगढी, चैत २९। काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न दास्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै काठमाडौं फाइनल प्रवेश गरेको हो। काठमाडौं गोल्डेन्सले शुक्रबार हुने फाइनलमा टिम चौराह धनगढीसँग फाइनल खेल्नेछ। खेल मध्यान्ह १२ः३० मा हुनेछ। टस हारेर ब्याटिङमा आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। १४३ रनको विजय लक्ष्य लिएर आएको काठमाडौं गोल्डेन्सले १८.२ ओभरमा उक्त लक्ष्य भेट्टायो। काठमाडौंको तर्फबाट सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए। अमित श्रेष्ठले १९ बलमा २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ र भुपेन्द्र थापाले १५ रन बनाए। पुष्प थापा ९ रनमा आउट भए। महेन्द्रनगरको तर्फबाट पुनित मेहराले २ विकेट लिए भने भुवन कार्की, पुनित विष्ट र रोबिन क्षत्रीले १÷१ विकेट लिए । यसअघि १० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरको तर्फबाट पुनित महेराले ४२ बलमा ५८ रन बनाए भने आरिफ शेखले ३९ बलमा ४३ रन बनाए। यसैगरी करण केसीले १२ बलमा २१ रन बटुले भने पुनित विष्टले ७ रन बनाए। महेन्द्रनगरका कप्तान विनोद ...

बिडिसिए कप - NCC द्वारा २० ओभरमा ३०३ रन, गजेन्द्र बोहराको र NCC को बिडिसिए ईतिहासमै नयाँ रेकर्ड

Image
बैतडी,२८ चैत, गजेन्द्र बोहराले बैतडीमा जारी बिडिसिए कप क्रिकेट ईतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडीको रेकर्ड कायम गर्नुभएको छ । निंगलाशैनी क्रिकेट क्लव(एनसिसि), देहिमाण्डौंको टोलीवाट लिग चरणको खेलमा उनले ब्यक्तिगत १४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेको हो । घरेलु मैदान निंगलाशैनी खेल मैदानमा गजेन्द्रले ५५ बलमा १४३ रन बनाएका हुन् । जसमा २१ चौका र ७ छक्का सामेल छन्। उनले ४२ बलमै शतक बनाएका थिए । यसअघि बिडिसिए कपमै एकै ईनिंगमा सर्वाधिक रनकर्ता कैलपाल क्रिकेट क्लवका खेलाडी जनक चन्दको १०९ रनको रेकर्ड समेत गजेन्द्रले तोडेको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।   गजेन्द्र गत असारमा काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डका लागी सुदूरपश्चिम यू–१६ को टिमवाट प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । यस्तै गतबर्ष नै काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिग(ईपिएल)मा पनि काठमाडौं किंग्स् ईलेभनका लागी छनौटका क्रममा तेस्रो राउण्ड सम्म पुगेका थिए । गजेन्द्र बिगत २ बर्षदेखि काठमाडौंस्थित हिमालयन क्रिकेट एकेडेमीमा आवद्ध भएर निरन्तर प्रशिक्षणमा रहनुभएको छ । भारत मुम्बईस्थित ...

डीपीएल कप - महेन्द्रनगर र काठमाडौंबीचको खेल वर्षाका कारण स्थगित, आज बिहीबार हुने

धनगढी , २९ चैत- धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि बुधबार हुने तय भएको महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २ ओभरको समाप्तीमा ८ रन बनाएको अवस्थामा भारी वर्षा भएसँगै खेल पुनः सुरु हुन सकेन । बुधबार खेल नतिजाविहीन भएसँगै बिहीबार ‘रिजर्भ डे’मा यही खेल हुने निर्णय भएको छ । पहिलो क्वालिफायर खेलमा टिम चौराहा धनगढीसँग हारेको काठमाडौं र एलिमिनेटर खेलमा सीवाइसी अत्तरियालाई पाखा लगाएको महेन्द्रनगर युनाइटेडबीच दोस्रो क्वालिफायर खेल हुन लागेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं र विनोद भण्डारी नेतृत्वको महेन्द्रनगरबीचको विजेताले उपाधिका लागि शनिबार टिम चौराहा धनगढीको सामना गर्नेछ । सोमपाल कामी नेतृत्वको धनगढी पहिलो क्वालिफायर खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ ।

धनगढी डिपिएल क्रिकेटको फाइनल प्रवेश

धनगढी, २७ चैत – खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । जितका लागि दुई बलमा ६ रन आवश्यक रहेको अवस्थामा धनगढीले काठमाडौँ गोल्डेन्सलाई एक विकेटले पराजित गर्दै रु २५ लाख पुरस्कारका लागि फाइनलमा स्थान पक्का गरेको हो । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा टिम चौराह धनगढीले टस जित्दै फिल्डिङ रोजेको थियो । काठमाडौँ गोल्डेन्सले ब्याटिङ गर्दै टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । धनगढीले एक बल बाँकी छँदै नौ विकेटको क्षतिमा उक्त विजयी लक्ष्य पूरा गर्‍यो । धनगढीका लागि रोहन मुस्तफाले सर्वाधिक ३३ रन बनाए । उनले २० बलमा एक छक्का र दुई चौका प्रहार गरे । शंकर रानाले ३९ बलमा दुई चौकासहित २८ रन बनाए । सोनु तामाङले एक छक्का र एक चौकासहित १० बलमा १४ तथा सुनिल धमलाले १३ रनको योगदान दिए । बलिङतर्फ काठमाडौँका सन्नी पटेल, रशिद खान र शाहव आलमले दुई÷दुई विकेट लिए । सुवोथ भाटी र ललितनारायण राजवंशीले एक/एक विकेट लिए । यसअघि टस हारेर ब्...

बिडिसिए कप : खोडपे र त्रिपुरा सेमिफाईनलमा

बैतडी,२७ चैत- खोडपे क्रिकेट क्लव र त्रिपुरा क्रिकेट क्लव बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेका छन् । समूह “ए” बाट लगातार तीन जित हात पार्दै खोडपे अन्तिम चारमा पुगेको हो । निंगलाशनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न समूह चरणको अन्तिम खेलमा सन्नी विष्टको उत्कृष्ट अलराउन्डर प्रदर्शनले केदारशक्ति क्रिकेट क्लवमाथि १५६ रनको फराकिलो जित दर्ता गर्दै खोडपले सेमिफाईनल स्थान सुरक्षित गरेको छ । टस जितेर ब्याटिंग गरेको खोडपेले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा २३३ रनको योगफल तयार गरेको थियो । जसमा सन्नी विष्टले सर्वाधिक ३७ रन जोडे । केदारशक्तिका विनोद पाण्डेयले ३ विकेट हात पारे । २३४ रन बिशाल लक्ष्यका साथ मैदान उत्रेको केदारशक्ति १८ ओभरमा ७७ रनमा समेटियो । केदारशक्तिका प्रकाश नेपालीले २९ रनको योगदान गरेको भएपनि जित दिलाउन सकेनन् । म्यान अफ द म्याच खोडपेका सन्नी विष्टले २ विकेट हात पारे । यस्तै उता बुढ्ढावाजे खेलमैदानमा सम्पन्न खेलमा पञ्चकोटी क्रिकेट क्लवलाई ४ रनले स्तब्ध पार्दै त्रिपुरा क्रिकेट क्लव पनि प्रतियोगितामा लगातार तीन जित निकाल्दै समूह “डी” वाट अन्तिम चारमा...

धनगढी प्रिमियर लिग: प्लेअफ समिकरण आजदेखि

धनगढी चैत २७ धनगढी प्रिमियर लिगमा प्लेअफका खेलहरु आजदेखि सुरु हुदै छन् । पहिलो क्वालिफायरमा लिग चरणमा पहिलो स्थानको कामठाण्डौ र दोस्रो स्थानको धनगढी भिड्ने छन् । विजयी टिम सिधै धनगढी प्रिमियर लिगको फाईनलमा प्रवेश गर्नेै छ । आज नै एलिमेटरमा तेस्रो स्थानको महेन्द्रनगर र चौथो स्थानको अत्तरीया भिड्ने छन् । चैत २८ गते हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोली र एलिमेटरको विजयी टोलीसँग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । फाईनल खेल भने २० गते हुने छ ।

बिडिसिए कप : ग्वाल्लेक बाहिरियो, त्रीपुरा विजयी

बैतडी,२६ चैत- ग्वाल्लेक क्रिकेट क्लव, बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ । सोमवार खोडपे क्रिकेट क्लवसंग १० विकेटको नमिठो हारसंगै ग्वाल्लेक प्रतियोगिताबाटै बाहिरिन बाध्य भएको हो । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा टस हारेर ब्याटिंगको निम्ता पाएको खेलमा ग्वाल्लेक १० ओभरमा ३१ रनमा समेटियो । ग्वाल्लेकका कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् । खोडपेका दिपेन्द्र ऐरी र रुपेस ऐेरीले समान तीन तीन विकेट हात पारे । ३२ रनको झिनो लक्ष्य खोडपेले १ दशमलव ५ ओभरमा बिना विकेटको क्षतीमा पुरा गर्यो । म्यान अफ द म्याच खोडपेका दिपेन्द्र ऐरीले अविजित ३६ रनको पारी खेले । ग्वाल्लेक यसअघि आईतवार भएको पहिलो निंगलाशैनी क्रिकेट क्लवसंग ८ विकेटले पराजित भएको थियो भने केदारशक्तिसंग हुने भनिएको अर्को खेल बर्षाका कारण अवरुद्ध भएपछी एक एक अंक बाडेका थिए । उता बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा भएको खेलमा कैलपाल क्रिकेट क्लवलाई २ विकेटले हराउदै त्रिपुरा क्रिकेट क्लवले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । टस जितेर ब्याटिंग गरेको कैलपालले ९ विकेटको क्षतीमा १२४ रन बनायो । १२५ र...

DPL2 - विराटनगर किंग्सलाई हराउँदै सिवाईसी अत्तरिया प्ले अफमा

धनगढी, चैत २५। विराटनगर किंग्सलाई ६ विकेटले पराजितगर्दै सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल)–२ को प्ले अफमापुगेको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै अत्तरिया प्लेअफमा पुग्ने चौथो टोली भयो । अंकतालिकमा पनि चौथो स्थानमा रहँदै अत्तरीयाले अघिल्लो चरणको यात्रामा स्थान वनाएको हो । पानीले मैदान ओसिलो भएपछि २० ओभरको खेलाई छोट्याएर ६÷६ ओभरमा झारिएको थियो । निर्धारित ६ ओभरमा विराटनगरले ३ विकेट गुमाउँदै ५५ रन बनायो । विराटनगर किंग्सकालागि बाबर हायतले ७ बलमा १४, अनिल साहले १२ बलमा १५, कप्तान पारस खड्काले ८ बलमा ९ रन बनाए। दिलिप नाथले ९ बलमा अविजित १५ रन बनाए। सिवाईसीकालागि कमलसिंह ऐरीले २ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने सुभांकर उराउले २ ओभरमा १४ रन दिएर १ विकेट लिए। ५६ रनको विजय लक्ष्य सहित मैदान उत्र्रिएको सिवाईसीले ५.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । सीवाइसीकालागि विपिन चन्द्राले १३ बलमा नट आउट २६ रन बनाए। यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले १५ बलमा २० रन बनाए ।कुशल भुर्तेलले ४ र आकाश थापाले १ रन जोडे। गौरव...

बिडिसिए कप क्रिकेट : आज ४ खेल हुदै

बैतडी,२६ चैत- आईतारदेखि बैतडीमा जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज ४ खेल हुने भएका छन्। निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने बिहान साढे ८ बजे हुने पहिलो खेलमा ग्वाल्लेक क्रिकेट क्लव र खोडपे क्रिकेट क्लव भिड्दा बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा त्रिपुरा क्रिकेट क्लव र कैलपाल क्रिकेट क्लव आमनेसामने हुने भएका छन्। यस्तै देहिमाण्डौंमा दिउँसो १ बजेपछी निंगलाशैनी क्रिकेट क्लव(एनसिसि) र खोडपे क्रिकेट क्लव प्रतिस्प्रर्धा गर्दा रातमाटामा कैलपाल क्रिकेट क्लव र पञ्चकोटी क्रिकेट क्लवविच भिडन्त हुने भएको छ । यसअघि आईतवार भएका खेलहरुमा निंगलाशैनी क्रिकेट क्लव(एनसिसि), पञ्चकोटी क्रिकेट क्लव र त्रिपुरा क्रिकेट क्लव विजयी भएका छन् । यस्तै केदारशक्ति क्रिकेट क्लव र ग्वाल्लेक क्रिकेट क्लवविचको खेल बर्षाका कारण अवरुद्ध हुँदा दुवै टोलीलाई समान एक एक अंक दिईएको थियो । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जन...

बिडिसिए कप क्रिकेट सुरु, निंगलाशैनी, त्रिपुरा र पञ्चकोटी क्रिकेट क्लवको विजयी सुरुवात

Image
बैतडी,२५ चैत- बैतडीमा आजदेखि बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको १७ औं संस्करण सुरु भएको छ । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा आज भएको पहिलो खेलमा निंगलाशैनी क्रिकेट क्लव (एनसिसि)ले विजयी सुरुवात गरेको छ । एनसिसिले ग्वाल्लेक क्रिकेट क्लवलाई ८ विकेटले पाखा लगाउदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । टस हारेर ब्याटिंगको निम्ता पाएको ग्वाल्लेकले पिताम्वर जोशीको सर्वाधिक २८ रनको मद्दतमा ९६ रनमा समेटियो । ग्वाल्लेकको पारी ध्वस्त पार्ने क्रममा एनसिसिका दिपक बोहराले सर्वाधिक ३ विकेट हात पारे । ऋषिकेश बोहरा र शंकर महरले समान २/२ विकेट हात पारे । ९७ रनको झिनो लक्ष्यका साथ मैदान उत्रेको एनसिसिले ११ दशमलव ४ ओभरका २ विकेटको क्षतीमा विजय लक्ष्य हासिल गर्यो । उसका लागी म्यान अफ द म्याच दिपक बोहराले ४० रनको योगदान गरे भने दिपेन्द्र बोहरा ४६ रनमा अविजित रहे । ग्वाल्लेकका पिताम्वर जोशी र राम चन्दले एक एक विकेट लिए । उता बुढ्ढाबाजे क्रिकेट मैदान रातामाटामा भएको खेलमा त्रिलोचन क्रिकेट क्लवलाई ३ विकेटले पराजित गर्दै पञ्चकोटी क्रिकेट क्लव विजयी भएको छ । टस हारेर पहिला ब्याटिंग गरेको त्रिलोचनले ९...

बिडिसिए कप क्रिकेटको १७ औं संस्करण आजदेखि

बैतडी,२५ चैत- बैतडीमा आजदेखि बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको १७ औं संस्करण सुरु हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सुरु प्रतियोगितामा १६ टोली सहभागी छन् भने उनीहरुलाई ४ समूहमा विभाजन गरिएको छ । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा आज बिहान साढे ८ बजे हुने पहिलो खेलमा निंगलाशैनी क्रिकेट क्लव र ग्वाल्लेक क्रिकेट क्लव भिड्दा बुड्डाबाजे खेलमैदान रातामाटामा पञ्चकोटी क्रिकेट क्लव र त्रिलोचन क्रिकेट क्लव आमनेसामने हुने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । यस्तै आजै देहिमाण्डौंमा दिउँसो १ बजे हुने दोस्रो खेलमा ग्वाल्लेक क्रिकेट क्लव र केदारशक्ति क्रिकेट क्लव प्रतिस्प्रर्धा गर्दा रातामाटामा त्रिलोचन क्रिकेट क्लव र त्रिपुरा क्रिकेट क्लव भिड्ने भएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार नगद,ट्रफी र प्रमाणपत्र राखिएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । बैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुनै खे...