स्थानीय तहका कर्मचारी निजामती मातहत रहने
काठमाडौँ, वैशाख ४ गते । स्थानीय तहका कर्मचारी अब निजामती कर्मचारी मातहतमा रहने भएका छन् । समान हैसियतका स्थानीय र निजामती कर्मचारी पनि स्थानीय तहमा निजामती कर्मचारी मातहतमा रहने भएपछि कर्मचारीबीच नै आन्तरिक द्वन्द्व बढ्न थालेको छ । सरकारले हालै स्थानीय तहको कर्मचारी सङ्गठन संरचनाको समायोजनको सूची सार्वजनिक गरेसँगै स्थानीय तहका कर्मचारी निजामती कर्मचारीको मातहतमा रहने निश्चित भएको हो । स्थानीय तहको छैटौँ तह निजामतीतर्फ शाखा अधिकृत बराबर हुनुपर्ने निजामतीको नायब सुब्बालाई स्थानीय तहको छैटौँ तहका कर्मचारीसरह बनाइएको छ । त्यस्तै स्थानीय तहतर्फको अधिकृत छैटौँ बराबर निजामतीतर्फको शाखा अधिकृतलाई स्थानीय तहको सातौँ, आठौँ तहसँग बराबर बनाइएको छ । स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठ स्थानीय तहको श्रेणीविहीनदेखि अधिकृतस्तर नवौँ तहसम्मको निजामतीको श्रेणीलाई समकक्षता निर्धारण नगरी खटाइने निजामती कर्मचारीलाई स्थानीय तहमा स्वीकार्य नहुने बताउनुभयो । उहाँका अनुसार हाल कार्यरत सबै प्रकारका कर्मचारीलाई एउटै बास्केटमा राखी उनीहरूको योग्यता, क्षमता, रुचि आदिका आधारमा सङ्घ, प्रदेश र स्थानीय ...