Posts

Showing posts with the label स्थानीय

अछाममा चट्याङ र असिनापानीः सात जना घाइते, गहुँबाली नष्ट

अछाम, वैशाख १५। मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन् । असिनापानीसँगै परेको चट्याङ लागेर नगरपालिका–५ का मनिषा भाटलगायत ७ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, घाइते सातमध्ये मनिषा भाटलाई बढी चोट लागेका र केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। ६ जनाको सामान्य उपचारपछि घर फर्किएका छन्। यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन्। यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिए। आधा केजीसम्मको असिना परेपछि तरकारी र गहुँखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए।

जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा दुर्गममा निशुल्क घुम्ती शिविर सञ्चालन

बैतडी,१५ वैशाख गाउँमै सरकारी सेवा प्रदान गर्ने उद्देश्यले बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा आजदेखि निशुल्क घुम्ती शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वय र सम्बन्धित स्थानीय तहको आयोजनामा पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा घुम्ती शिविर सञ्चालन हुन लागेको हो । आज र भोली पञ्चेश्वरको कुलाउमा घुम्ती शिविर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । शिविरमा नेपालीको नागरिकताको प्रमाणपत्र, फोटोसहितको मतदाता परिचयपत्र, अपांगता परिचय पत्र लगायतका सेवाहरु प्रदान गरिने वितरण गरिने उहाँले बताउनुभयो । वैशाख १७ गते शिवनाथको शर्माली र १८ गते सुल्लेखानमा शिविर सञ्चालन हुनेछ । शिविरमा आई सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह समेत गरेको छ । नागरिकलाई घरदैलोमै सरकारी सेवा एकीकृत रुपमा प्रदान गर्नका लागि शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । शिविरमार्फत दुर्गम क्षेत्रका नागरिकले सरकारी सेवा प्राप्त गर्ने जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ ।

झापामा नाम-थर मिलेको आधारमा निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा, सांसदद्वारा आपत्ती

काँकडभिट्टा, वैशाख १३ गते । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विवरणअनुसार २०६४ जेठ २२ गते झापा जिल्लाको साविक टाघनडुब्बा वडा नं २ का गुलाम रसुल मियाँ मौलबीको घरबाट ठूलो परिमाणको रक्त चन्दनको काठ प्रहरीले बरामद गरेको थियो । सो काठ लुकाएको अभियोगमा मेचीनगर–१० काँकडभिट्टाका अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई झापा जिल्ला अदालतले रु २६ लाख ९९ हजार २०० जरिवाना र छ महिना कैद सजाय हुने ठहर गरेको थियो । तर फरार अभियुक्तको खोजी गर्ने सिलसिलामा प्रहरीले घटना भएका बेला वैदेशिक रोजगारीमा कतारमा रहेका निर्दोष श्याम थापालाई गत चैत ३० गते पक्राउ गरेर कारागारमा कैद गरेको थियो । निर्दोष श्याम थापाले परराष्ट्र मन्त्रालयबाट आफू घटना भएका बेला कतारमा रहेको प्रमाण निकालेर अदालतमा पेश गरेपछि मात्र उनलाई झापा जिल्ला अदालतले बुधबार निर्दोष सावित गर्दै रिहा गरेको हो । अद...

सप्तरीमा आगलागीबाट तीन घर नष्ट

राजविराज, वैशाख १३ गते । सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरबाट सल्केको आगोले निजको एउटा गाईगोठ र छिमेकी रामदेव साहका एउटा घर तथा गाईगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । सो आगलागीमा खाद्यान्न, लत्ताकपडा, अन्नपात, फर्निचर र अन्य सामग्री गरी करिब रु पाँच लाख मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानियवासी, प्रहरी र राजविराज नगरपालिकाबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।

उद्योग वाणिज्य संघमा लगाईएको ताला तोडियो

धनगढी बैशाख १३ नक्कली सदस्यता खारेजको माग गर्दै कैलाली उद्योग बाणिज्य संघमा गरिएको तालाबन्दी सुरक्षा निकायको प्रयोग गरी खोलिएको छ । वडा प्रहरी कार्यालयले आज दिउँसो तालाबन्दी खोलेको हो । वास्तविक व्यवसायीहरुले नक्कली सदस्यता खारेज गर्न पटक–पटक लिखित र मौखिक रुपमा माग गर्दा पनि वर्तमान कार्यसमितीले वास्ता नगरेको भन्दै आज विहान तालाबन्दी गरेका थिए । उनीहरुले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएका थिए भने वर्तमान कार्य समितीलाई पटक–पटक लिखित र मौखिक रुपमा नक्कली सदस्यता खारेजको माग सहित निवेदन पनि गरेका थिए ।

जेठी श्रीमतीद्वारा प्रहरीमा वहुविवाहको उजुरी, कान्छी श्रीमती सहित आरोपि फरार

दार्चुला, वैशाख १३ बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि मालिकार्जुन गाउँपालिका ४ का २९ वर्षीय पुष्करसिह धामी र कान्छी पत्नी २० वर्षीया तारा कार्की फरार भएको प्रहरीले जनाएको छ । बैशाख १२ गते जेठी पत्नी गोविन्दी धामीले पतिले बहु विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । उजुरी लगत्तै दुवै जना फरार रहेका छन् । लामो समय भारतमा काम गर्दै आएका धामीले महाकाली नगरपालिका–१ छापरीबाट दोस्रो विवाह गरेका हुन्। घरमा आफु हुँदा हुँदै दोस्रो विवाह गरेको भन्दै पिडितले प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले दुवै जनाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवंम् निमित्त प्रहरी प्रमुख लालबहादुर साउँदले जानकारी दिए।

डाेटीमा करेन्ट लागेर एक जनाकाे मृत्यु

डाेटी, १२ बैषाख। सेती प्राबिधिक शिक्षालय डाेटीमा अाेभरसियर प्रथमबर्षमा अध्ययनरत १९ बर्षिय पवन किमाडिकाे हाईटेन्सन लाईनबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ । प्रत्यक्ष दर्सिहरुको भनाइ अनुसार शिक्षालयकै खेलमैदानमा दिउसाे ५ बजेतिर क्रिकेट खेरिरहेकै बेला बल मैदान बाहिर जादा बल लिन रेलिङ्ग/ बार माथि चढि बाहिर जाने बेलामा माथि रहेकाे बिधुत लाईनमा छुन पुग्दा करेन्ट लागेकाे हाे । डाेटि जिल्ला शिखर नगरपालिका ११ किमडा गाउका मृतक बिधार्थि बिगत १ बर्ष देखि शिक्षालयमा अध्ययनरत थिय । मृतककाे शब दिपायल पिपल्ला स्थित शैलेश्वरि अस्पतालमा राखियकाे छ ।

पानी नपाएर अत्तरियामा छाडा चौपाया मर्दै

अत्तरिया, बैशाख १३ । कैलालीको अत्तरिया बजार क्षेत्रमा रहेका छाडा चौपाया पानी पिउन नपाएर दैनिकजसो मर्न थालेका छन् । गर्मी मौसम बढ्दै गएको छ भने सामुदायिक बन क्षेत्र पनि सुख्खा भएका कारण पानी पिउन नपाएर छाडा गाईगोरुहरु दैनिक रुपमा मर्न थालेका हुन् । सोमबार अत्तरिया बसपार्कमा पानी पिउन नपाएर गाई मरेको थियो भने मंगलबार पुर्बरोडमा र बुधवार अत्तरिया चोक नजिकै गाई मरेको स्थानियबासीले बताएका छन् । पानीका लागी बजार क्षेत्रमा रहेका गाई गोरु दिनभरी बजार क्षेत्रमा चाहार्ने गरेको भएपनि पानी नपाउने गरेकाले प्यासमा नै मर्ने गरेको उनीहरुको भनाई छ । गोदाबरी नगरपालिकाले छाडा पशु चौपायको ब्यबस्थापनका लागी बिभिन्न स्थानमा गौशाला निर्माणको प्रकृया अगाडी बढाएको भएपनि बजार क्षेत्रमा रहेका छाडा पशु चौपायको अबस्था उस्तै रहेको छ । दैनिक जसो मरेका गाईगोरुको ब्यबस्थापन समयमा नै नगर्ने गरेका कारण कारण बजार क्षेत्र समेत दुर्गन्धीत बन्दै गएको छ ।

सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसन धनगढीमा सुरु

धनगढी बैशाख १२। सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसन धनगढीमा सुरु भएको छ । अधिवेसनको एक कार्यक्रमका विच प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरे। अधिवेसनको उद्धघाटन गर्दै मुख्यमन्त्री भट्टले भारतमा मजदुरी गर्नुपर्ने बाध्यता अव प्रदेश सरकारले न्युनिकरण गर्ने बताए। विगतमा एकात्मक शासनका कारण भारत जानुपर्ने सुदुरपश्चिमेलीहरुको बाध्यता भएपनि अव प्रदेश सरकार बनिसकेकाले त्यो बाध्यता न्युनिकरण हुदै जाने मुख्यमन्त्री भट्टको भनाई छ। कार्यक्रममा अन्तराष्ट्रिय सुदुरपश्चिमेली समाजका अध्यक्ष धन वहादुर रोक्कामगरले अवसर पाए प्रदेश नम्वर ७ को समृद्धीका लागि प्रवासी सुदुरपश्चिमेलीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए। सुदुरपश्चिमेली नेपाली समाज भारतका संयोजक दिपक मल्लको अध्यक्षतामा भएको उद्धघाटन समारोमा विभिन्न सास्कृतीक प्रस्तुती पनि राखिएको थियो। अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने समाजका अध्यक्ष मल्ले बताए। अधिवेसनमा भारतका विभिन्न शहरमा रोजागरी गर्ने सुदुरपश्चिमेलीहरुको सहभागिता रहेको छ।

सैनिक भर्तीमा पनि कीर्ते, ३ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ, १२ वैशाख । नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परीक्षार्थी प्रयोग गरी सैनिक जवानमा भर्ती गराउने एक गिरोहलाई बाँकेको कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सेनाको आग्रहका आधारमा नै उक्त गिरोहका सदस्यहरु वैजनाथ गाउँपालिका १ चिसापानीका २८ वर्षिय टीकाराम बस्नेत, २२ वर्षीय वसन्त विक र सप्तरी घर भएका ३७ वर्षीय राजेश यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कोहलपुर प्रहरीलाई उद्धृत गर्दै राजधानी दैनिकले समाचार छापेको छ ।

दैजी– छेला औद्योगिक क्षेत्र स्थापनाः चर्चाको २३ वर्ष बित्दा पनि काम सुरु भएन

कञ्चनपुर, ११ बैसाख। २३ वर्षदेखि चर्चामा रहेको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेको छैन् । २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहेका बेलादेखि दैजीमा औद्योगिक क्षेत्र स्थापना हुने चर्चा चलेपनि हालसम्म काम सुरु हुन नसकेको हो । अधिकारी प्रधानमन्त्री हुँदा २ लाख बजेट विनियोजन गरी दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम निर्माणको चर्चा सुरु भएको थियो । वेदकोट नगरपालिका २ र ३ को छेलामा निर्माण हुने औद्योगिक क्षेत्रको जग्गामा पर्ने वन क्षेत्रको जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने भनि २०७३ बैशाख १२ मा मन्त्रीपरिषद बैठकले निर्णय गरेको थियो । तर सरकारले निर्णय गरेको २ बर्षसम्म पनि जग्गाको भोगाधिकार दिइएको छैन् । वेदकोट नगरपालिकाका प्रमुख अशोक बहादुर चन्दले सरकारले वनको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई नदिदा निर्माणमा ढिलाई भइरहेको बताए । सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि कायम गरेको ९ सय बिगाह मध्ये जनचेतना सामुदायिक वनको करिब २ सय हेक्टर र वेदकोट सामुदायिक वनको ४ सय ५० हेक्टर जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र...

वाणी–कृष्णपुर खण्डमा रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर, बैशाख १०। कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। आज बिहान कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म १ क १३९ नं को ट्रकमा से ४ त ८०२४ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो। ट्रकमा ठक्कर दिँदा मोटरसाइकल चालक कैलालीको साविक दुर्गौली गाउँपालिका–१ का ५२ वर्षीय लिखराम चौधरीको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले जानकारी दिए। ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि धनगढी पु¥याइएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार बर्दियाको राजापुरका २५ वर्षीय प्रवीन चौधरी सामान्य घाइते भएका छन्। घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

सडक क्षेत्र खाली गर्न अटेरीपछि डोजर लगाएर खाली गरिँदै

धनगढी बैशाख ९। निर्माण कार्य सुरु भएको एक वर्ष हुन लाग्दा पनि सडक क्षेत्र खाली गर्न अटेरी गरेपछि सोमवार डोजर लगाएर खाली गरिने भएको छ। आयोजना कार्यालय र धनगढी उपमहानगरपालिका कार्यालय संरचना भत्काउन अटेरी भईरहेकोले डोजर लगाएर भत्काउने निर्णयमा पुगेका हुन्। पटक पटक पछाडी हटेको आयोजना कार्यालय र धनगढी उपमहानगरपालिका सुरक्षाकर्मीको सहयोगमा संरचना भत्काउने निर्णय पुगेसँगै सोमवार विहान १० वजेदेखि संरचना भत्काउने काम सुरु गरिन लागेको धनगढी उपमहानगरपालिका कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले संरचना भत्काउन दिएको आदेश दुई महिनासम्म पनि कार्यान्वयन नभएकोले सुरक्षाकर्मीको साथमा डोजर लगाएर पनि सडक क्षेत्र खाली गरिने भएको हो। संरचना भत्काउन अटेरी गरेकाहरुले आज धनगढी उपमहानगरपालिकामा भईरहेको वैठकमै गएर थर्काउने र धम्काउने प्रयास गरेको भएपनि अव पछाडी नहड्ने उपमहानगरपालिका मेयर नृपवहादुर ओडले वताए। यसअघि १२ जना घरधनीले सर्वोच्चमा मुद्धा हाल्दै विकास रोकेकोमा संरचना भत्काउन आदेश दिएको दुई महिनासम्म पनि अटेरी गरेकाहरु फेरि पनि नभत्काउने चलखेल गरिरहेका छन्। कसैले नापजाँचको काम नमिलेको भन्दै अटेरी गरिरहेक...

डोटी दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो

Image
डोटी, वैशाख ९ गते । डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।  थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका–८ लाटामाडौँकी ३५ वर्षीया झाकरी भुल र नगरपालिका–३ की २८ वर्षीया धौलीदेवी भुल छन् । यसअघि शिखर–३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा घाइते रहेका १४ जनामध्ये एक जनाको नेपालगञ्ज र १३ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । शनिबार अपराह्न दिपायलबाट शिखर–३ जोरागाउँ जान लागेको ग १ ख ५२७५ नंको बोलेरो जीप दुर्घटना भएको थियो । (रासस)

बैतडीमा ‘आत्महत्या’ गर्नेहरुको प्रकोप, चालु बर्षमा मात्रै २६ जनाको मृत्यु

बैतडी, वैशाख ९ गते । जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक छ । यो अवधिमा २० जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरेर देशत्याग गरेको प्रहरी तथ्याँकमा उल्लेख छ । आत्महत्या गर्ने १३/४५ वर्ष उमेर समूहका रहेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पछिल्लो चार वर्षको तथ्याँकले आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखाउँछ । आर्थिक वर्ष २०७१/७२ मा १६ जनाले आत्महत्या गरेकामा २०७२/७३ मा २९ जनाले आत्महत्या गरेको देखिएको छ । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा आत्महत्या गर्नेको संख्या बढेर ३६ पुगेको छ । मानवीय इच्छा र आँकाक्षाहरु अनगिन्ती हुने र ती पूरा नहुँदा निराश भएर आत्महत्याको बाटो रोज्ने विज्ञहरु बताउँछन् । बैतडीमा आत्महत्याको गर्नेको आँकडा डरलाग्दो रहेकाले यसलाई न्यून गर्न सचेतना कार्यक्रमको सञ्चालन गर्नुपर्ने आवश्यकता छ । आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । आत्महत्याको घटना कुनै एक व्यक्ति वा निकाय लागे...

यातायात व्यवशायीको आन्दोलनबिरुद्ध उत्रिदै बैतडी प्रसासन

Image
बैतडी,९ वैशाख- सरकारले सिन्डिकेट खारेज गरेपछी यातायात व्यवशायीले आन्दोलनको घोषणा गरेसंगै सरकारले पनि आन्दोलनबिरुद्ध उत्रिने भएको छ ।गृह मन्त्रालयले देशभरीका जिल्ला प्रसासन कार्यालयहरुलाई पत्राचार गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जिल्ला प्रसासन कार्यालय बैतडीले पनि एक सुचना जारी व्यवशायीले बन्द तथा आन्दोलन गरे प्रसासनले कार्वाहीले दायरामा ल्याउने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ “आवश्यक सेवा सञ्चालन ऐन,२०१४ को दफा ४,५र ६ मा निषेध गरिएको हड्ताल गर्ने वा त्यसमा भाग लिने , भाग लिईराख्ने व्यक्ति र नगदी सहयोग गर्ने ब्यक्तिलाई कार्वाही गर्न सक्ने ब्यवस्था रहेको छ” । यसका साथै सर्वोच्चको २०६७ माद्ध १९ को फैसला अनुसार एकाधिकार कायम हुने सिन्डिकेट नगर्न नगराउन भनी आदेश दिईसकेकोले आन्दोलन नगर्न आग्रह गरेको छ । व्यावशायीले आन्दोलन गरे सरकारले दिएको आदेश अनुसार नै कार्वाही हुने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

बैतडीमा १ सय बढी सम्भावित हात्तीपाईलेका रोगी भेट्टिए

बैतडी, ९ वैशाख, बैतडीमा १ सय बढी सम्भावित हात्तीपाईलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाईले खोजी अभियानका क्रममा १ सय २० जना सम्भावित हात्तीपाईले रोगी भेट्टिएका हुन । जिल्लाका १० स्थानिय तहमा दुई चरणमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ६० जना हाईड्रोसिलका रोगी तथा ६० जनाको हातखुट्टा सुन्निएका व्यक्ती भेट्टिएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोस पाण्डेयले जानकारी दिनुभयो । हाईड्रोसिल र हातखुट्टा सुन्निएका व्यक्तिहरुलाई हात्तीपाईले भएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । हाईड्रोसिल हात्तीपाईलेका कारण पनि हुने भएकोले हात्तीपाईले भएको हुनसक्ने अनुमान गरिएको हो भने हात,खुट्टा सुन्निने लक्षण हात्तिपाईलेको भएकोले हात्तिपाईले नै भएको भन्ने अनुमान गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । खोजी अभियानवाट आएको उक्त प्रारम्भिक रिपोर्टलाई चेकजाँच गर्न बाँकी रहेकोले परिक्षण तथा चेकजाँचपश्चात मात्रै हात्तिपाईले भए नभएको पुष्टि हुने बताईएको छ । हात्तीपाइले रोग निर्मूल गर्ने नीतिका साथ यसअघि बैतडीमा ६ पटकसम्म...

डोटी जिप दुर्घटना: मृत्यु हुनेको सङख्या चार पुग्यो

धनगढी बैशाख ०९ डोटीको शिखर नगरपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङख्या चार पुगेको छ । ३ जनाको घटना स्थलमै मृत्यू भएकोमा थप एक जनाको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते ३५ बर्षिय झाकरी भुलको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा भुत्यु भएको हो । दिपायल बाट शिखर नगरपालिका ३ जोरागाउ जान लागेको ग १ ज ५२७५ नम्बरको महेन्द्रा बोलेरो जिप दुर्घटना हुँदा शिखर नगरपालिका ३ बस्ने ३२ बर्षकी कट्टी सार्की, सोही ठाउका १४ बर्षका सुरज भुल र ४० बर्षकी खिनतोली भुलको घटनास्थलमै मृत्यु भईसकेको थियो । घाईते १५ जनाको कोहलपुर मेडीकल कलेज र सेती अस्पतालमा उपचार भईरहेको छ । घाईते हुनेमा वडा नम्बर ३ का चुनादेवी भुल, सपना भुल, कैलाश भुल, शुरेश भुल, खिमा भुल, वली भुल, शंकर भुल, धौली भुल, नारु भुल, अम्रित भुल, बाशु भुल र अर्जुन भुल रहेका छन । दुर्घटनामा चालक २४ बर्षका भिम भुल, उनकी श्रीमती टिकरा भुल र २ बर्षिय छोरा अनुज भुल पनि घाईते भएका छन । उकालो मोडमा मोड्न नसक्दा जिप पल्टीएको उहाँले बताउनुभयो ।

लागु औषध चरेश सहित २ जना पक्राउ

धनगढी, बैशाख ८। प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ प्रकृतिनगरम बाट लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ। प्रकृतिनगरमा पसल सञ्चालन गरीबस्ने ३५ बर्षका प्रजापति पन्त र वडा नम्बर ४ का रामसिह धामिलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले पन्तको पसलबाट खरीदबिक्रि भईरहेको अवस्थामा ३ किलो ४ सय ग्राम लागु औषध चरेश सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Breaking–डोटीमा जिप दुर्घटना, ३ जनाको घट्नास्थलमै मृत्यु

धनगढी बैशाख ८। डोटीको शिखर नगरपालीका ३ कालागाडमा जिप दुर्घटना हुदा ३ जनाको घट्नास्थलमै मृत्यु भएको छ। १६ जना घाईते भएका छन। कालागाड बाट जोरा गाउँ जाने कच्ची बाटोमा जिप दुर्घटना भएको हो। घटना स्थलमा प्रहरी केहीबेर अघि मात्रै पुगेको छ। मृतकको संख्य अझै बढ्न सक्ने अनुमान गरिएको छ। डोटीको शिखर नगरपालिकामा जिप दुर्घटना हुदा मृत्यु भएका ३ जनाको सनाखत भएको छ। ग १ ज ५२७५ नम्बरको शैलेश्वरी यातायातको जिप शिखरनगरपालिका ३ कालागाडबाट जोरागाँउ जाने कच्ची सडकमा दुर्घटना भएको हो। दुर्घटनामा परि शिखर नगरपालिका वडा नम्बर ३ का चिनपुरी भुल, कटी सार्कि र शुरज भुलको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाईते भएका १६ जनालाई उद्धार गरी अस्पताल ल्याउने काम भईरहेको छ।