Posts

Showing posts with the label विश्वकप छनौट

नेपालद्वारा पीएनजी ६ विकेटले पराजित , नेपाललाई वान-डे अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ , चैत्र १, नेपालले विश्वकप छनोटको प्लेअफमा पपुवा न्यूगिनी (पीएनजी)लाई ६ विकेटले पराजित गरेको छ । पीएनजीले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको नोक्सानीमा २३ ओभर खेल्दै प्राप्त गरेको हो । प्लेअफको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएमा नेपालले वान-डे अन्तर्राष्ट्रिय मान्यता पाउनेछ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे । ५८ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्का प्रहार गरेका थिए । मध्यक्रममा आरिफ शेखले २६ तथा कप्तान पारस खड्काले २० रनको योगदान दिएका थिए । त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले २७.२ ओभरमा पीएनजीलाई १ सय १४ रनमा अलआउट गरको थियो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ४-४ विकेट तथा सोमपाल कामी र करण केसीले १-१ विकेट लिएका थिए । विश्वकप छनोटको प्लेअफ अन्तर्गत बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले वान-डे अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको छ । अर्को प्लेअफमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालले वान(डे अन्...

नेपाल र पपुवा न्यूगिनी भिड्दै

काठमाडाैं, १ चैत – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवशीय मान्यताका लागि निर्णायक खेलमा नेपालले आज बिहीबार पपुवा न्यूगिनीसँग खेल्दैछ । सुपर सिक्समा पर्न नसकेपछि विश्वकप छनोटबाट बाहिरिएको नेपालको बिहीबारको खेल एकदिवशीय मान्यताका लागि हो । समूह एको पाँचौं स्थानमा रहेको पीएनजी र समूह बी को चौथो स्थानमा रहेको नेपालबीचको प्लेअफ खेल नेपाली समयअनुसार बिहीबार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । यसअघिका सबै खेल वुलावायोमा खेलेको नेपालले बिहीबार हरारेस्थित हरारे स्पोर्टस क्लवको मैदानमा खेल्नेछ । नेपालका लागि यो मैदान नयाँ हो । यस खेलमा नेपाल विजयी भएमा एकदिवशीय मान्यताका लागि नजिक हुनेछ । बिहीबारै समूह एमा चौथो भएको नेदरल्याण्ड्स र समूह बीमा पाँचौं भएको हङकङबीच पनि हुने अर्को प्लेअफमा प्रतिस्पर्धा हुनेछ । त्यस खेलमा नेदरल्याण्ड्स विजयी भएमा र नेपालले पीएनजीलाई हराएमा नेपालले एकदिवशीय मान्यता पाउनेछ । तर, त्यस खेलमा हङकङ विजयी भएमा नेपालले सातौं स्थानका लागि अर्को खेल खेल्नेछ र आगामी चार वर्षको नेपाली क्रिकेटको भविष्य त्यही खेलले निर्धारण गर्नेछ । बिहीबार हुने दुवै प्लेअफमा पराजित हु...

नेपाल र हङकङ भिड्दै, नेपालका लागि हङकङविरुद्धको जित निर्विकल्प

काठमाडौं ,  २८ फागुन – आइसीसी विश्वकप छनोट खेलका लागि जिम्बाबेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार समूहचरणको अन्तिम खेल खेल्दै छ। जहाँ नेपालका लागि हङकङविरुद्धको जित निर्विकल्प छ। यस्तो भए सुपर सिक्स नेपालको सुुपर सिक्समा पुग्न गणीतीय सम्भावना मात्र बाँकी छ। सुपर सिक्समा स्थान बनाउनु नेपालका लागि असम्भव जस्तै मानिएको छ। तर, खेल भएकाले कुनै चामत्कारिक नतिजा निकाल्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ। समूहका तीन खेलमा नेपालले तीनै खेल हारेको छ त्यो पनि कमजोर रनरेटमा नेपालको समूहमा हङकङ र अफगानिस्तानको २-२ अंक रहेको छ। सोमबार हुने खेलमा हङकङले जित निकाले मात्र पनि सुपर सिक्समा स्थान बनाउनेछ। तर, नेपाललाई सामान्य जितले मात्र पुग्दैन। रनरेटमा पनि नेपाल निकै पछि रहेको छ। नेपालको रनरेट –१.५४६ रहेको छ भने हङकङको –१.२४६ छ। यस्तै अफगानिस्तानको ०.०३८ छ। तर, हङकङ ई रनरेटले कुनै फरक पार्नेछैन जितेको खण्डमा ४ अंकका साथ सुपर सिक्समा प्रवेश गर्नेछ। सुपर सिक्समा पुग्नका लागि नेपालले पहिले लक्ष्य दिएमा हङकङविरुद्ध १५० बढी रनस्कोरले नतिजा आफ्नो पक्षमा पार्नुपर्छ त्यो पनि कम ओभरमै समेट्नुपर्...

विश्वकप क्रिकेट छनोट : नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौँ, २६  फागुन – आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्दैछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले आज बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १ ः १५ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ । सुपर सिक्समा आफनो स्थान सुरक्षित गर्नका लागि नेपाललाई उक्त खेल जित्नैपर्ने दबाब छ । लगातार दुई खेलमा नेपालले हार बेहोरेको छ । नेपालले एक दिवसीय मान्यता पाउनका लागि बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रन तथा दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटको हारेको थियो । टेष्ट मान्यता पाइसकेको अफगानिस्तान स्कटल्याण्ड, जिम्बावे र हङकङसँग पराजित भइसकेको छ । अफगानिस्तानको सुपर सिक्समा पुग्ने गणितीय आधार मात्र बाँकी छ । नेपालले अफगानिस्तान सँगै हङ्कङसँग खेल्न बाँकी छ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थान हात पार्ने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट श...

विश्वकप क्रिकेट छनोट: नेपाल र स्कटल्याण्ड भिड्दै, अहिले सम्मकोअंक तालिका सहित

Image
काठमाडौँ, २४ फागुन – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो । यही फागुन २० गते भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले दुवैमा जित हासिल गरेको थियो । स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । नेपाल सुपरसिक्समा पुग्नै पर्ने दबाबमा छ । पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ । समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार...

ग्रुप बी को विश्वकप वान-डे छनोट मा जिम्बाबेद्वारा नेपाल ११६ रनले पराजित

Image
आज खेलिएको Queens Sports Club, Bulawayo मा खेलिएको खेलमा ३८१ रनको पिछा गर्न मैदानमा उत्रेको नेपाली टोलि ५० ओभर खेलेर ८ विकेट गुमाउदै २६८ मात्रै बनाउन सफल भएको छ | नेपालका लागि सर्भाधिक ५२ रन शरद भेस्वाकर ले र ५० रन आरिफ शेख ले योगदान गरे |  यसका साथै अब यस प्रतियोगितामा बनि रहन र विश्वकपमा छनोट हुनका लागि अरु पनि यात्रा कठिन हुने छ | यस म्याचका म्यान-अफ-द-म्याच जिम्बाबेका सिकन्दर राजा घोसित भयका छन |

नेपालले क्रिकेट विश्वकप छनोट खेल्न पाउने

काठमाडौँ, ३ फागुन – आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडामाथि एक विकेटको सनसनी जित निकाल्दै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट खेल्न पाउने भएको छ । नामिबियास्थित वान्डरर्स स्टेडियममा भर्खरै सम्पन्न खेलमा खराब सुरुवात गरे पनि आठौँ नम्बरमा क्रिजमा आएका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तिम बलमा जित निकाल्न सफल बन्यो । करणले ४ छक्का र चार चौकाको मद्दतले अविजित ४२ रन जोडेपछि नेपालले अन्तिम बलमा लक्ष्य भेट्टाएको हो । त्यस्तै ज्ञानेन्द्र मल्लले नौ, दिलिप नाथले ४१, दिपेन्द्र ऐरले १८, सरिफ शेषले २६, रोहितकुमार पौडेलले २७ र सन्दिप लामिछानेले पाँच रन बनाएका थिए । जितसँगै समूह विजेता बन्दै नेपाल विश्वकप छनोट खेल्न पुग्यो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको थियो । ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो । क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । यसअघि नामिब...