Posts

Showing posts with the label महानगरलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

महानगरलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

असार ३०, २०७४- काठमाडौं महानगरले आर्थिक वर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार सुरु भएको महानगरको पहिलो नगर परिषदले महानगरलाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउन आवश्यक पर्ने पूर्वाधार योजनाबद्ध रूपले विकास गरिने लक्ष्य रहेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले घोषणा गरे । यसका लागि २३ बुँदे कार्ययोजना उनले सार्वजनिक गरे । राजधानी सहर रहेको काठमाडौं महानगरपालिकाको प्रतिष्ठा झल्कने स्वरूपको गौरव गर्न लायक केन्द्रीय कार्यालय भवन, त्यस्तै प्रकृतिका वडा कार्यालय भवन बनाउँदै तीन वर्षभित्रमा सबै वडा कार्यालय आफ्नै भवनमा सञ्चालन गर्ने योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । ‘सुन्दर र जीवन्त महानगर बनाउने परिकल्पनासहित अघि बढेका छौं,’ प्रमुख शाक्यले भने, ‘योजना बनाएर जनउपयोगी निर्णय गरेका छौं । यसलाई महानगर कार्यपालिकाले पारित गरेको छ ।’ नीति तथा योजनामा विभिन्न नारासहितको कार्यक्रम बनाइएको छ । सार्वजनिक गरिएको कार्यक्रममा सामाजिक विकास एवं समाज कल्याण हाम्रो दायित्व, सक्षम युवा, उत्कृष्ट खेलकुद, उपयुक्त रोजगारी हाम्रो जिम्मेवारी,’ जनउपयोगी शिक्षा, सक्षम नागरिक,...