Posts

Showing posts with the label धनकुटा

धनकुटामा जारी निषेधाज्ञा खुकुलो बन्दै

धनकुटा — जिल्लामा जारी तनाव अन्त्यका लागि आन्दोलनरत पक्ष र प्रशासनबीच सुक्रवार अपरान्ह भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा तथा आन्दोलनरत पक्षले गरेको आमहड्ताल लगायत समस्या समाधानका लागि अपरान्ह जिल्ला प्रशासन कार्यालयमा भएको वार्ता निष्कर्ष बिहिन भएको हो । आन्दोलनरत पक्षले बन्द हड्ताल फिर्ता लिनुपर्ने तथा प्रशासनले निषेधाज्ञा हटाउनेबारे निर्णय नहु‘दा वार्ता निचोडमा पुग्न सकेन । बन्द हड्ताल अन्त्य गर्नु पर्ने आन्दोलनरत पक्षलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । ‘आमहड्तालले नागरिकलाई सास्ती भएकोले तत्काल फिर्ता लिनु पर्छ’, उप्रेतीले भने, ‘प्रशासनले शान्ति सुरक्षा कायम गर्न लगाएको निषेधाज्ञा पनि फिर्ता लिन तयार छ ।’ निषेधाज्ञा पहिले हटाउनु पर्ने आफुहरुको अडान अघि सारिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । यसैबीच प्रशासनले जारी गरेको निषेधाज्ञा भने शुक्रबार सॉझदेखि खुकुलो पार्दै जाने प्रमुख जिल्ला अधिकारी उप्रेतीले जानकारी दिए । अपरान्ह ५ बजेदेखि प्रहरी स्कर्टिङमा यातायात सञ्चालनमा आएको छ । निषे...

प्रादेशिक अस्थायी सदरमुकाम - धनकुटा तनावग्रस्त, निषेधाज्ञा जारी

क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी धनकुटा — धनकुटामा जारी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बिहीबार दिउँसोदेखि लागु हुने गरी प्रशासनद्वारा अनिश्चितकालिन निशेधाज्ञा जारी गरेको छ । प्रशासनले पूर्वमा बिहीबारे हाट, पश्चिममा लोकसेवा, उत्तरमा स्कुलडॉडा र दक्षिणमा जिरो प्वाइन्ट क्षेत्रभित्र निशेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ। निषेधित क्षेत्र घोषणा भएपछि सडकमा समूहमा हिँड्डुल गर्न नपाइने सूचना जारी भएपनि प्रदर्शनकारीले उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन्। सरकारले प्रादेशिक अस्थायी सदरमुकाम अन्यत्र तोकेको विरोधमा आक्रोशित धनकुटावासी बिहानैदेखि आन्दोलनमा उत्रिएका थिए। जिल्लालाई प्रदेश नं.१ को राजधानी घोषणा गर्नुपर्ने माग राख्दै पाँच सातादेखि आन्दोलनमा उत्रिएका स्थानीय विराटनगर अस्थायी मुकाम तोकेपछि अझ आक्रोशित बनेका छन्। निशानामा सरकारी कार्यालय यसैबिच सयौंको संख्यामा रहेका प्रदर्शनकारीले सरकारी कार्यालयलाई निशाना बनाउन थालेपछि स्थिति हिंसात्मक बनेको थियो। पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरिएको छ। उपप्रशासक सेवन्तराज दाहाल कार्यालयको माथिल्लो तलामा रहेको निवासमा रहेका बखत आगज...

ज्वाईँले जेठानलाई एक मतले हराए, श्रीमतीको भोट बन्यो निर्णायक

धनकुटा, असार १६ – माओवादी केन्द्रवाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार बनेका कृष्णकुमार मगर निकटम प्रतिद्वन्द्वी भन्दा एक मत बढी ल्याएर विजयी हुनुभएको छ । उहाँ निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रबहादुर सारुमगरलाई १ मतले पछि पार्दै वडाध्यक्षमा विजयी हुनुभएको हो । विजयी कृष्णकुमार मगरले ४९९ मत र पराजित भएका इन्द्रबहादुर सारु मगरले ४९८ मत पाएका छन् । उनीहरु साइनोमा ज्वाईँ जेठान हुन् । एउटै पदका लागि आफ्ना श्रीमान र दाई उठेपछि कृष्णकुमार मगरकी श्रीमती तथा इन्द्रबहादुर सारुमगरकी बहिनीलाई कसलाई भोट हाल्ने भनेर निकै दिन दोधारमा पर्नुभएको थियो । तर अन्तिममा उहाँले श्रीमानलाई भोट हालेपछि कृष्णकुमार मगरको जित सुनिश्चित भएको हो ।