Posts

Showing posts with the label SEE

बैतडीमा एसइई : आज १९१ परिक्षार्थी अनुपस्थित, हिजो १९२ परिक्षार्थी अनुपस्थित

बैतडी,९ चैत माध्यमिक शिक्षा परिक्षा(एसइई)को आज दोस्रो दिनको परिक्षा सम्पन्न भएको छ । आज अनिवार्य नेपाली विषयको परिक्षा सम्पन्न भएको हो । बैतडीमा नेपाली विषयको परिक्षामा बैतडीमा १९१ जना परिक्षार्थी अनुपस्थित भएका जिल्ला शिक्षा कार्यालय बैतडीका निमित्त जिल्ला शिक्षा अधिकारी शंकर दत्त भट्टले जानकारी दिनुभयो । बैतडीमा जम्मा ५ हजार ८९४ परीक्षार्थी सहभागी भएका छन् । ती परीक्षार्थीका लागि २५ केन्द्र नियमित र २ केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । एसइई परिक्षाका लागी बैतडीमा २७ केन्द्राध्यक्ष, ३१ सहायक केन्द्राध्यक्ष, २४८ निरीक्षक, ४०५ सुरक्षाकर्मी र १३७ जना सहयोगी गरी ८ सय ४८ जनशक्ति परिचालन भएका छन् । यसअघि हिजो पहिलो दिन अंग्रेजी विषयको परिक्षामा १९२ जना परिक्षार्थी अनुपस्थित रहेका थिए । हालसम्म दुई दिनसम्म सञ्चालन भएको एसइई परिक्षा जिल्लाभरी निष्पक्ष, मर्या्दित र व्यवस्थित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ । अव आउदो आईतवार रामनवमीको बिदा भएकोले सोमवार अनिवार्य गणित विषयको परिक्षा सञ्चालन हुने भएको छ ।

एसईई परिक्षा आजदेखि, प्रदेश ७ बाट ५५ हजार छात्रछात्रा सहभागी हुँदै

धनगढी, चैत्र । आजदेखि एसईई परिक्षा सुरु भएको छ। आजदेखि सुरु भएको विद्यालय शिक्षा परीक्षा (एसईई) मा प्रदेश ७ बाट ५५ हजार ३ सय ३ जना विद्यार्थीहरु सहभागी हुने भएका छन। साधारण विद्यालयका ५० हजार २२१ र प्राबिधिक विद्यालयका ९९६ गरी ५१ हजार २०७ जना विद्यार्थी नियमिततर्फ एसईईमा सहभागी हुँदैछन् । यस्तै एक्जाम्टेडतर्फ चार हजार ८६ विद्यार्थी सहभागी हुने भएका छन । एक हजार ४९ विद्यालयमा अध्ययनरत विद्यार्थीले यस वर्षको एसईईमा सहभागिता जनाउने छन् । प्रदेश ७ का नौ जिल्लाहरुमध्ये सबैभन्दा बढी १६ हजार ९२ विद्यार्थी कैलाली जिल्लाबाट सहभागी हुनेछन् । यस्तै सबैभन्दा कम विद्यार्थी बाजुराबाट सहभागी हुने छन् । १५ केन्द्रमा परीक्षा हुने उक्त जिल्लामा नियमिततर्फ साधारण शिक्षा दुई हजार ९०७ र प्राबिधिक शिक्षा ४८ गरी दुई हजार ९५५ र एक्ज्याम्टेडतर्फ ३३८ गरी तीन हजार २९३ विद्यार्थी सहभागी हुनेछन् ।

आजदेखि एसइइ परीक्षा सुरु, ४ लाख ८५ हजार परीक्षार्थी सहभागी

काठमाडौं, ८ चैत्र – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आज (बिहीबार) देखि सुरु हुँदै छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले परिक्षाको सबै तयारी पुरा भएको र बिहान ८ बजेदेखि परिक्षा सञ्चालन हुने जनाएको छ। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार देशभरबाट परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन्। रेग्मीले साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुने बताए। यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ।

बैतडीमा १५२ जना एसईई परिक्षा दिनवाट बञ्चित

बैतडी,७ चैत- बिहीवारदेखि सुरु हुने एसईई परिक्षामा बैतडीमा १५२ जना विद्यार्थीले परिक्षा दिन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका, समयमै शुल्क नतिरेका तथा बीचमै विद्यालय छोडेका विद्यार्थी परीक्षाका लागि अयोग्य भएका जिल्ला शिक्षा कार्यालय बैतडीका निमित्त जिल्ला शिक्षा अधिकारी शंकर दत्त भट्टले जानकारी दिनुभयो । बैतडीमा यस वर्षको एसइई परीक्षामा ५ हजार ८ सय भन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यही चैत ८ गतेदेखि सुरु हुने एसईई परीक्षामा २ हजार ७ सय ३६ छात्र र ३ हजार १ सय ५८ छात्रा गरी ५ हजार ९४ परीक्षार्थी सामेल हुने जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ । जसमा नियमिततर्फ २ हजार ५ सय ७३ छात्र र २ हजार ८ सय १६ छात्रा गरी ५ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुने भएका छन् भने १ सय ६३ छात्र र ३ सय ४२ छात्रा गरी ५ सय ५ जना एक्जाम्टेडतर्फ र ८ जना प्राविधिकतर्फ सहभागी हुनेछन् । परीक्षाका लागि बैतडीमा २५ केन्द्र नियमित र दुई केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ वटा परीक्षा केन्द्र कायम गरिएको छ । परिक्षामा ८ सय बढी जनशक्ति परिचालन गरिने भएको छ । जोशीका अनुसार, २७ केन्द्राध्यक्ष...

अर्को बर्षदेखि एसइई प्रदेशस्तरबाट संचालीत हुने

काठमाडौँ, १९ माघ – सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ । विसं २०७५ देखि सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार चाँडै नै प्रदेशबाट परीक्षा सञ्चालन गर्ने भनेर मन्त्रालयबाट निर्णयसमेत हुने छ । “हामी अहिले सात वटै प्रदेशबाट एसइई परीक्षा सञ्चालनको तयारी गर्छौं”, उहाँले भन्नुभयो, “चाँडै नै निर्णय गरेर सञ्चालनको व्यवस्था गर्छांै ।” उहाँका अनुसार एउटै मितिमा सञ्चालन भए पनि सात वटै प्रदेशमा सञ्चालन हुने एसइईका प्रश्नपत्र फरक रहने छन् । परीक्षाफल भनेसँगै प्रकाशन गरिनेछ । मन्त्रालयले मुलुक संघीयतामा गइसकेपछि शिक्षा ऐन, २०२८ को नवाँै संशोधनमा पनि प्रदेशस्तरमा एसइई सञ्चालन भएअनुसार प्रदेशबाट सञ्चालनको तयारी थालिएको मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले बताउनुभयो । प्रदेशबाट एसइई सञ्चालनका लागि ६ नं प्रदेशबाहेक सबै प्रदेशमा परीक्षा बोर्डका कार्यालय रहेका छन् । मन्त्रालयका प्रवक्ता डा लम्सालले राष्ट्रिय परीक्षा बोर्डको ...

बैतडीमा दुईजना निरीक्षक निष्कासित

बैतडी  : माध्यमिक शिक्षा (एसइइ) पूरक परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै बैतडीमा दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ। परीक्षा अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत काम गरेको पाइएकाले दशरथचन्द मावि सुन्दखाली केन्द्रबाट निरीक्षक धर्मानन्द जोशी र जगदम्बा मावि रानीबुंगा केन्द्रबाट निरीक्षक प्रेमराम महरलाई निष्कासन गरिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए। उनले भने ‘परीक्षाको मर्यादा विपरीत कार्य गरेको पाइएकाले दुईजना निरीक्षकलाई निष्कासन गरेका छौं ।’ शनिवार अनिवार्य गणित बिषयको परीक्षा भएको थियो। परीक्षा अनुगमनका क्रममा मर्यादित तरिकाले परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्षहरुलाई समेत निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। यही साउन १९ गतेबाट सञ्चालन भइरहेको एसइइ पूरक परीक्षामा जिल्लामा २ हजार ३३९ परीक्षार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिइरहेका छन्। माध्यमिक शिक्षा परीक्षामा सी ग्रेडभन्दा कम ग्रेड ल्याएका विद्यार्थीको ग्रेड वृद्धिका लागि पूरक परीक्षा सञ्चालन गरिएको हो।