मोहनापुल अत्तरिया सडकको चौडाई घटाउन परेको रिट निवेदन सर्वोच्चद्धारा खारेज
फागुन ०८ मोहनापुल–अत्तरिया सडकको चौडाई घटाउन परेको रिट निवेदन सर्वोच्च अदालतले आज खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधिसद्धय ओमप्रकाश मिश्र र शारदा प्रसाद घिमिरेको संयुक्त ईजलासले आज सो रिट निवेदन खारेज गरेको हो । यो सँगै योजना कार्यालयलाई सडकको सीमानामा परेका संरचना भत्काएर पनि सडक निर्माण गर्ने बाटो खुलेको छ। गत पुष १९ गते धनगढीका धना जोशी, लोकवहादुर कुँवर, गंगा शाह, यज्ञराज ओझा, मानवहादुर चन्द, ज्ञानवहादुर विष्ट, कुसुमलता गैरे, , महेन्द्रनाथ गैरे, मानवहादुर खड्का, दुर्गा खड्का, सुरज विक्रम श्रेष्ठ र सरफ सिंह वोहोरा गरी १३ जना घरधनीहरुले सर्वोच्चमा रिट हालेका थिए । सुरुमा १३ जना घरधनीले मुद्धा हालेकोमा मिनकाजी श्रेष्ठले भने विचमा मुद्धा फिर्ता लिएका थिए भने लोकवहादुर कुँवरले आफै घर भत्काएका थिए । पटक पटक गरी सारिदै आएको रिट निबेदनको आज बहस भएको हो । रिट निवेदनकर्ताका तर्फबाट बसह सकिएपछि, विपक्षि नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता खेमराज ज्ञवाली, रमादेबी पराजुली र उद्धव प्रसाद पुडासैनीले बहस गर्नुभएको थियो । विकास निर्माणका कामहरुमा सर्वोच्चले बाधक बन्नु हुदैन भनेर आफुहरुले...