Posts

Showing posts with the label प्रदेश ५

प्रदेश नं ५ को प्रदेशसभामा प्रधानमन्त्री सम्वोधन गर्दै

बुटवल, बैशाख १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशसभामा गर्ने उहाँकोे यो पहिलो सम्बोधन हो । आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको सम्बोधन प्रदेशसभा र प्रदेश सरकारका आगामी जनसरोकारसँग सम्बन्धित विषयका बारेमा केन्द्रित रहने स्रोतले जनाएको छ । नीति तथा कार्यक्रम र बजेट पास गरेर विकास बजेट कार्यान्वयन तहमा लागेको प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष किसिमले हेरिएको छ । संसद् सचिवालयका सचिव डा मानबहादुर विकेले बैठकमा अनिवार्य उपस्थित हुन सबै सदस्यलाई आग्रह गरी सूचना जारी गर्नुभएको छ । प्रदेशसभा बैठक यसअघि वैशाख २१ गतेका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि तीन दिनअघि सूचना टाँसेर आजलाई डाकिएको थियो ।

हत्याको अभियोगमा २०५८ सालमा २० बर्षको कैदको फैसला, फरार अभियुक्त १९ वर्षपछि पक्राउ

गुलरिया, बर्दिया, वैशाख ११ गते । उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ । गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा विवादपछि हत्या गरिएको थियो । ढकाललाई जिल्ला अदालतले २०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको थियो । उनी बुटवलमा बस्दै आएका थिए । पौडेल हत्याका पाँच आरोपितमध्ये दुई जनालाई अदालतले सफाइ दिएको छ । अन्य दुई अझै फरार छन् । पौडेलको शव हत्या गरी गहुँबारीमा फालिएको अवस्थामा १३ दिनपछि फेला परेको थियो । (रासस)

सैनिक भर्तीमा पनि कीर्ते, ३ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ, १२ वैशाख । नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परीक्षार्थी प्रयोग गरी सैनिक जवानमा भर्ती गराउने एक गिरोहलाई बाँकेको कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सेनाको आग्रहका आधारमा नै उक्त गिरोहका सदस्यहरु वैजनाथ गाउँपालिका १ चिसापानीका २८ वर्षिय टीकाराम बस्नेत, २२ वर्षीय वसन्त विक र सप्तरी घर भएका ३७ वर्षीय राजेश यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कोहलपुर प्रहरीलाई उद्धृत गर्दै राजधानी दैनिकले समाचार छापेको छ ।

घरमा आगलागी हुँदा ६० वर्षीय वृद्धकाे ज्यान गयो

गुल्मी, वैशाख १२ । धुर्कोट गाउँपालिका–३ हाडहाडे सोमरभोमरमा मंगलबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीमा परेर ज्यान जानेमा ६० वर्षीय कृष्णबहादुर पुन रहेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताउनु भयो। सोमबार राती ११ बजे घरको चुल्होवाट सल्किएको आगोले पुनको घर गोठ र अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीमा पुनको एउटा भैँसी पनि मरेको छ । सुस्त मनस्थीति भएका पुन घरमा एक्लै बस्दै आएका थिए । स्थानीयको सक्रियतामा राति नै आगो नियन्त्रणमा आएको नयाँगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवनाथ यादवले जानकारी दिनु भयो ।

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

पाल्पा, चैत २७ गते । रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् । कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा हँुगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिनुभयो । साथीहरु नदीमा पौडी खेल्ने क्रममा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो । प्रहरीले आज बिहानदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको जनाएको छ ।

चितुवाको छालासहित एक पक्राउ

दाङ, १५ चैत्र – दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ। अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका—१७ चौघेरामा डेरा गरी बस्ने २० वर्षीय सुनिल सुनारलाई एकथान चितुवाको छाला र आठवटा दाँतसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयले बुधवार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्युठान स्वर्गद्वारी नगरपालिका–५ घरभई हाल चौघेरामा डेरा गरी बस्ने परियारलाई चितुवाको छाला, आठ थान दाँतसहित मंगलबार साँझ पक्राउ गरी सार्वजनिक गरेको हो। कब्जा गरेको छाला, दाँत र व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयलाई बुझाउन लागिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले बताए। कब्जा गरिएको चितुवाको छाला ५ फिट ११ इन्च लम्बाइ र ४ फिट ३ इन्च लम्बाइको रहेको छ। रासस

डिएसपीविरुद्ध फेसवुकमा स्ट्याटस लेख्‍नेमाथि सार्वजनिक मुद्दा !

श्री पाँच भण्डारी सरकारको नाममा खोलीएको फेसवुक एकाउन्टमा आकाश भण्डारीले लेखे–‘को हुन इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश साप्कोटा ? फेसवुक स्टाटसमा ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत डिएसपी प्रकाश साप्कोटाले उपलब्धि मुलक काम गर्न नसकेको, ग्वार खोलामा हुने अवैध ढुंगा उत्खनन्मा प्रहरीको संलग्नता सम्मको आरोप लगाउदै लेख्‍ने उनै तुलसीपुर उपमहानगरपालीका वडा नं. १ निवासी १९ वर्षिय आकाश भण्डारीलाई प्रहरीले सार्वजनिक अपराध अन्तरगत मुद्धा दर्ता गरेर कारवाही अघि वढाउने जनाएको छ। ‘साईबर अपराध अन्र्तगत मुद्धा दर्ता गर्दा उसको भविस्य चौपट हुन्छ, त्यही भएर सार्वजनिक अपराध अन्तरगत मुद्धा दर्ता गरेर कारवाहीको तयारी गरेका छौं’ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी साप्कोटाले भने–‘प्रमाण विना, तथ्यहिन कुरा लेखेर चरित्र हत्या गर्न खोजीयो, यस्ता गलत प्रचारले हाम्रो करियरमा ठुलो धक्का लाग्छ ।’ स्टाटस लेख्ने ब्यक्ति जर्नालिजमका विद्यार्थी रहेको पनि उनले वताए । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी टोलीले भण्डारीलाई तुलसीपुर बजारबाट पक्राउ गरेका हुन् । प्रहरीले फेसवुक स्ट्याटसमा डिएसपीका विरुद्ध ले...

प्रदेश ५ को राष्ट्रियसभा निर्वाचनको नतिजा : एमाले-२, माओवादी-२ र कांग्रेसका एक विजयी

दाङ — राष्ट्रियसभा सदस्यको लागि प्रदेश नम्बर ५ मा बुधबार भएको निर्वाचनको मतपरिणाम बेलुका सार्वजनिक भएको छ । निर्वाचन परिणामअनुसार एमाले र माओवादीले दुई/दुई सदस्य जितेका छन् भने कांग्रेसले एक सदस्य जितेको छ । खुलामा एमाले, माओवादी केन्द्र र कांग्रेसले एक/एक सदस्य जितेका छन् । दलितमा एमाले र अपांग अल्पसंख्यकमा माओवादी केन्द्र विजयी भएका छन् । खुलामा एमालेबाट रुपन्देहीका खिमलाल भट्टराई ३ हजार ६, माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्का २ हजार २ सय ८० र कांग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय २ हजार ४ सय १८ मतभारका साथ विजयी भएका छन् । तीन जना उम्मेदवारले ल्याउनुपर्ने मतभार भन्दा बढी मत पाएपछि विजयी घोषणा गरिएको निर्वाचन अधिकृत हेमन्त रावलले बताए । एकल संक्रमणीय निर्वाचन प्रणालीअनुसार विजयी हुन एकजना उम्मेदवारले १ हजार ९ सय ६८ मत ल्याउनुपर्ने थियो । खुलामा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार दाङका रश्मीराज नेपालीको मतभार १ सय ३८ रहेको छ । दलितमा एमालेबाट पश्चिम नवलपरासीका रामलखन चमार ५ हजार ५ सय ८ मतभार प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसबाट बाँकेक...

प्रदेश १, प्रदेश ५ र प्रदेश ७ को ताजा चुनाबी मत परिणाम

प्रदेश १ पार्टी विजयी अगाडि एमाले १९ ४५ नेपाली कांग्रेस ९ ४७ माओवादी केन्द्र ५ ५ अन्य ० ३ राष्ट्रिय प्रजातन्त्र पार्टी ० १ प्रदेश ५ पार्टी विजयी अगाडि एमाले ८ ३३ माओवादी केन्द्र ७ १२ नेपाली कांग्रेस ५ २५ अन्य २ ९ राष्ट्रिय प्रजातन्त्र पार्टी ० ३ प्रदेश ७ पार्टी विजयी अगाडि नेपाली कांग्रेस १६ २० एमाले १५ १९ माओवादी केन्द्र २ ९ अन्य ० ३ राष्ट्रिय प्रजातन्त्र पार्टी ० १