Posts

Showing posts with the label अरनिको राजमार्ग

तातोपानीसँगको सडक सम्पर्क विच्छेद

गएराति खसेको पहिरोले अरनिको राजमार्ग अन्तर्गतको एउटा प्रमुख पुल भत्काएपछि नेपाल चीन जोड्ने तातोपानी नाकासँग सम्पर्क विच्छेद भएको अधिकारीहरुले जनाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालका अनुसार पहिरोका कारण लार्चा पुल क्षतिग्रस्त भएसँगै तातोपानी जोड्ने सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। अब अस्थायी प्रकृतिको पुल निर्माण गरेपछि मात्र उक्त क्षेत्रको सडक सुचारु हुने उनले बताए। करिव अढाइ वर्षअघिको विनाशकारी भूकम्पपछि तातोपानी नाका बन्द रहेको छ जसका कारण त्यस क्षेत्रहुँदै चीनसँग हुने व्यापार लगभग ठप्प रहेको छ। जोखिम नेपाल सरकारले हालैका महिनाहरुमा उक्त नाका पुन: सञ्चालनमा ल्याउन चीनलाई आग्रह गर्दै आएको थियो। भूकम्पले त्यस क्षेत्र बस्तीमा जोखिम थपेपछि अहिले त्यहाँ मानव बसोबास समेत पातलो रहेको बताइन्छ। तर लार्चा पुल भत्किएसँगै त्यहाँबाट पारि रहेका गाउँमा बस्ने करिब दुई सय परिवारलाई खाध्यान्न लगायत दैनिक उपभोग्य सामान पठाउन कठिनाइ हुने प्रमुख जिल्ला अधिकारी सिलवालले बताए। उक्त क्षेत्रमा पहिरो पन्छाउन सुरक्षाकर्मी खटाइएको अधिकारीहरुले जनाएका छन्। निरन्तरको वर्षाका कार...