Posts

Showing posts with the label निर्वाचन आयोग

डोटी प्रदेश सभा सांसद खड्का बिरुद्ध सपथ ग्रहण नगरेको भन्दै उजुरी

सपथ ग्रहण नगरेको भन्दै डोटीमा प्रदेश सभा सासंद भरत वहादुर खड्का विरुद्ध राष्ट्रिय सभा निर्वाचनका लागि गठन भएको निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रीय सभा निर्वाचन प्रदेश नम्वर ७ को डोटीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा खड्का विरुद्ध उजुरी परेको हो । डोटीकै स्थानीय बासीन्दा विष्णा सिंहले खड्काले सपथ ग्रहण नगरेकाले मतदाता नामावलीबाटै नाम हटाईनुपर्ने माग गर्दै उजुरी दिएको निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले सोमवार उजुरी सुचि प्रकाशीत गर्दै खड्का विरुद्ध सपथ ग्रहण नगरेकाले उजुरी परेको उल्लेख गरेको छ । खड्का छोरीको बिबाह भएका कारण आईतवार धनगढीमा भएको सपथ समारोहमा उपस्थीत भएका थिएनन् । उजुरी सार्वजनीक गर्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलवार दिउसो ३ बजे सम्म उजुरी खण्डन गर्न आवश्यक प्रमाण पेश गर्न खडकालाई आग्रह गरेको छ । मंगलवार ३ बजे सम्म प्राप्त प्रमाण अनुसार कारवाहीको प्रक्रिया अगाडी बढ्ने निर्वाचन अधिकृत पनेरुले जानकारी दिनुभयो । उहाँले यस्तै उजुरी कास्कीमा राजीव गुरुङ उर्फ दिपक मनाङे विरुद्ध पनि परेकाले निर्वाचन आयोगले दुव...

राहदानी, लाइसेन्सलगायत कागजात देखाएर पनि भोट हाल्न सकिनेछ : आयोग

असार १३, २०७४- निर्वाचन आयोगले बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ । त्यसका लागि स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्ने छ । [gallery ids="228"]   मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारण मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा, हराएमा, नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था...