Posts

Showing posts with the label घोडाघोडी नगरपालिका

बोक्सी आरोपमा कुटपिट हुँदा रमिते बनेकाहरुले सम्मानमा बजाए ताली

कैलाली, चैत्र ४। बोक्सी आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी युवतीले १८ बर्षीया राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने यहाँका गाउँलेले निर्दोष र निहत्था युवतीले क्रुर ढंगले कुटपिट गर्दा नबचाएकोमा गल्ती महसुश गरेका छन् । ‘बोक्सी भनेर राधालाई ६ घन्टासम्म कुटपिट गर्दा पनि नबचाउनु गल्ती भएको भन्दै सबै गाउँलेले महसुस गरेका छन्’, नवगठित शोषणरहित महिला संजाल देउकलियाकी सचिब रेनुका बोहोराले भनिन्‘यो घटनापछि अहिले सबैलाई पछुतो भएको छ ।’ बोक्सी भनेर कुटपिट हुँदा हामीले नरोकेर गाउँकै बेइज्जत भयो भनेर आपसमा कुराकानी हुने गरेको बताइन । अबदेखि गाउँमा बोक्सी आरोपमा यस्ता घटना हुन नदिने भनेर गाउँलेहरु सजग भएका छन् । पीडित राधालाई गाउँमा सम्मान बोक्सी आरोपमा कुटपिट गरिएकी राधा चौधरीलाई शुक्रबार घोडाघोडी नगरपालिका–५ देउकलियामा सयौं गाउँलेका अगाडी सम्मान गरिएको छ। स्थानीय राष्ट्रिय माबिमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनी यही विद्यालयमा अध्ययनरत छिन् । बोक्सी आरोपमा भोलेबाबा र उसका सहयोगीले कुटपिट गर्दा त...

घोडाघोडीका मेयरको त्रिवि शिक्षण अस्पताल काठमाडौमा उपचार जारी

धनगढी फागुन २९ गोली र खुकुरी प्रहारबाट घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । घोडाघोडी नगरपालिकामा रहेको आफ्नै घरमा गएराति अज्ञात समुहले गोली र खुकुरी प्रहार गरेपछि घाइते भएका चौधरीलाई थप उपचारको लागि सेनाको हेलिकप्टेरबाट काठमाडौं लगिएको हो । उहाँलाई साढे १२ बजे काठमाडौ पुगाईएको थियो । यसअघि उहाँको कोहलपुर मेडीकल कलेजमा उपचार भएको थियो । उहाँको तिघ्रामा लागेको गोली अझै पनि निकाल्न बाँकी रहेको तर अवस्था भने सुधार भईरहेको अस्पतालमै रहनुभएका अनेरास्ववीयु थारु विद्यार्थी संघका केन्द्रिय अध्यक्ष कमलसिह रानाले बताउनुभयो । चिकीत्सकहरुले खुकुरी प्रहारबाट लागेका घाउहरु ठिक भएपछि मात्रै गोली निकाल्ने बताएको उहाँले बताउनुभयो । गोली हानेको आरोपमा प्रहरीले विहान सम्म तीनजना पक्राउ गरि अनुसन्धान थालेकोमा अहिले थप २ जना पक्राउ गरीएको प्रदेश नम्बर सातका प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको अनुमान गरिएको छ । यस्तै...

मेयर चौधरीमाथि सांघातिक आक्रमणको आरोपमा तीन जना पक्राउ

सुख्खड वजार क्षेत्र विहानैदेखि वन्द

धनगढी कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको संघातिक आक्रमणको विरोधमा आज विहानैदेखि सुख्खड वजार वन्द रहेको छ । हिजो राती मेयरलाई अज्ञात समुहले गोली प्रहार गर्दै घाईते वनाएपछि दोषीलाई कारवाहीको माग गर्दै सुख्खड वजार क्षेत्र वन्द गरिएको हो । युवा संघको आव्हानमा वजार वन्द गरिएको हो । घटनाको विरोध गर्दै आज विहान सुख्खड वजारमा समेत प्रदर्शन गरिएको छ । वन्दकर्ताहरुले घटनामा सग्लन भएकाहरुलाई कारवाही र शान्ति सुरक्षाको उचित व्यवस्थापनको माग गर्दै प्रदर्शन गरेका हुन । मेयरमाथि सांघातिक आक्रमण भएपछि घोडाघोडी नगरपाकिला क्षेत्रका वासिन्दा पनि त्रसित भएका छन । आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

‘बोक्सीकाण्ड’ पछी चर्चामा आएका घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार

कैलाली, फागुन २८ । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोलीप्रहार भएको छ। सोमबार राती ८ बजेतिर चौधरीमाथि खुकुरी र गोलीप्रहार भएको बताइएको छ। आफ्नै निवासमा रहेको अवस्थामा चौधरीमाथि राती ८ बजेर १० मिनेटको समयमा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। चौधरीको छातीमा गोली लागेेको बताइएको छ। मेयर चौधरीको सुक्खडमा रहेको अस्पतालमा उपचार भइरहेको छ। उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ। प्रमुख चौधरीमाथि महिला दिवसको दिन राधा चौधरीलाई बोक्सीको आरोपमा ७ घण्टा कुटपिट गर्ने धामी झाँक्रीलाई छुटाएको आरोप लागेको थियो। उनीमाथि नेकपा एमाले कैलाली जिल्लाले अनुसन्धान गर्न समिति गठन गरेको थियो। कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि खुकुरी प्रहार भएको छ । सोमबार बेलुकी आफ्नै घरमा बसिरहेका चौधरीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको प्रदेश ७ का प्रहरी प्रमुख एआइजी माधव नेपालले जानकारी दिएका छन् । चौधरीको टाउकोमा खुकुरी प्रहार भएको छ । चौधरीमाथि गोली प्रहार पनि गरिएको नेपालले बताए। उनले भने, 'चौधरीको शरीरमा गोलीको छर्रा लागेको छ।...

महिला दिवसकै दिन वोक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुने गरी कुटपिट

धनगढी, फागनु २४ महिला दिवसकै दिन वोक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया किशोरी रेविका चौधरीलाई (नाम परिवर्तन गरिएको ) स्थानीय गुरुवा रामवहादुर चौधरीले वोक्सीको आरोपमा कुटपिट गरेका हुन । आफ्नो पुजाआजाका लागि नआएको निहुँमा वोक्सी भनेर कुटपिट गरिएको स्थानीय वासिन्दाले वताएका छन । ६ घण्टासम्म कुटपिट हुँदा चौधरी वेहोस भएपछि उनको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ । आज साँझ सम्म पनि उनको होस खुलेको छैन । गुरुवा रामप्रसाद चौधरीलाई भने प्रहरीले उपचार खर्च दिने सर्तमा छोडेको छ । ईलाका प्रहरी कार्यालय सुख्खडसँगै घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरी सहित वडा अध्यक्षहरुले घटनालाई ढाकछोप गर्दै मिलाएको आफन्तको आरोप छ । वोक्सीको आरोपामा कुटपिटको घटनालाई प्रहरी जनप्रतिनिधिले लुकाउन खोजेको वताईएको छ ।