Posts

Showing posts with the label DPL 2

धनगढी लगातार दोस्रो पटक डिपिएलको च्याम्पीयन

धनगढी चैत ३० रुस्लान धनगढी प्रिमियर लिगको उपाधिमाथि लगातार दोश्रो पटक टिम चौराह धनगढीले कब्जा जमाएको छ । फाईनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै धनगढीले उपाधिमाथि कब्जा जमाएको हो । फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्स सामु १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । धनगढीकालागि सुनील धमला र रोहन मुस्तफाले १ सय ४२ रनको साझेदारी गरेपछि धनगढीले फाइनलमा राम्रो योगफल बनाएको हो । ओपनर धमलाले ६३ बल खेली ८ चौका ३ छक्काको मद्दतले ७८ रन बनाए । उनी अन्तिम ओभरमा सुबोथ भाटीको बलमा आउट भए । अर्का ओपनर अस्फाक अहमदलाई ४ रनमा गुमाएपछि क्रिजमा आएका मुस्तफाले ६० रन बनाए । काठमाडौं गोल्डेन्सबाट भाटीले २ विकेट लिए भने सन्नी पटेलले १ विकेट लिए । १ सय ८२ रनको विशाल लक्ष्य सहित मैदान उत्रिएको काठमाडौ २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६० रनमा समेटीएको हो । काठमाडौकालागि अमित श्रेष्ठले ५८, ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेलले २२ र नरेश बुढाऐरले १९ रन बनाए । बलिङमा धनगढीका ललितसिह भण्डारीले ३, रोहन मुस्ताफाले २, सम्...

डिपीएल उपाधि भिडन्त आज: कस्को पल्ला भारी ?

धनगढी चैत ३० आज हुने डीपीएल क्रिकेटको फाइनलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स प्रतिस्पर्धा हुदै छ । घरेलु टोली धनगढी र प्रतियोगीतामा सबैभन्दा बलियो मानिएको काठमाडौविचको फाईनल रोमाञ्चक हुने अपेक्षा गरीएको छ । प्रतियोगिता भरी एउटा मात्रै खेलमा पराजीत भएको काठमाडौ गोल्डेन्स र घरेलु टोली धनगढी विच शुक्रवार हुने फाईनल खेल रोमाञ्चक हुने अपेक्षा गरीएको हो। सावीक विजेता समेत रहेको घरेलु टोली धनगढीलाई धनगढी प्रिमियर लिगको दोश्रो सस्करण पनि आफ्नो पोल्टामा पार्न सहज भने छैन् । धनगढी प्रिमियर लिगमा दुवै टिमका खेलाडीको प्रदर्शन हेर्दा धनगढीलाई डिपीएल २ को उपाधी जित्न सहज नदेखीएको हो । तर पहिलो क्वालिाफायरमा काठमाडौं गोल्डेन्समाथि नै १ विकेटको सनसनीपूर्ण विजय हात पार्दै फाइनलमा प्रवेश गरेको धनगढी फाईनलमा पनि सोही टिमलाई पराजीत गर्दै लगातार दोश्रो पटक धनगढी प्रिमियर लिगको उपाधि उचाल्ने दाउमा छ । टिम चौराह धनगढीका कप्तान सोमपाल कामीले पनि एक पटक काठमाडौलाई पराजीत गरीसकेकाले उत्साह बढेको बताए । तर पहिलो क्वालीफायरमा धनगढीसंग पारजीत भएको काठमाडौ भने उक्त हारतको बदला फर्काउदै धनगढी प्रिमियर लिगको पह...

डीपीएल क्रिकेटः महेन्द्रनगर युनाइटेडलाई हराउँदै काठमाडौं गोल्डेन्स फाइनलमा

धनगढी, चैत २९। काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न दास्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै काठमाडौं फाइनल प्रवेश गरेको हो। काठमाडौं गोल्डेन्सले शुक्रबार हुने फाइनलमा टिम चौराह धनगढीसँग फाइनल खेल्नेछ। खेल मध्यान्ह १२ः३० मा हुनेछ। टस हारेर ब्याटिङमा आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। १४३ रनको विजय लक्ष्य लिएर आएको काठमाडौं गोल्डेन्सले १८.२ ओभरमा उक्त लक्ष्य भेट्टायो। काठमाडौंको तर्फबाट सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए। अमित श्रेष्ठले १९ बलमा २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ र भुपेन्द्र थापाले १५ रन बनाए। पुष्प थापा ९ रनमा आउट भए। महेन्द्रनगरको तर्फबाट पुनित मेहराले २ विकेट लिए भने भुवन कार्की, पुनित विष्ट र रोबिन क्षत्रीले १÷१ विकेट लिए । यसअघि १० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरको तर्फबाट पुनित महेराले ४२ बलमा ५८ रन बनाए भने आरिफ शेखले ३९ बलमा ४३ रन बनाए। यसैगरी करण केसीले १२ बलमा २१ रन बटुले भने पुनित विष्टले ७ रन बनाए। महेन्द्रनगरका कप्तान विनोद ...

डीपीएल कप - महेन्द्रनगर र काठमाडौंबीचको खेल वर्षाका कारण स्थगित, आज बिहीबार हुने

धनगढी , २९ चैत- धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि बुधबार हुने तय भएको महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २ ओभरको समाप्तीमा ८ रन बनाएको अवस्थामा भारी वर्षा भएसँगै खेल पुनः सुरु हुन सकेन । बुधबार खेल नतिजाविहीन भएसँगै बिहीबार ‘रिजर्भ डे’मा यही खेल हुने निर्णय भएको छ । पहिलो क्वालिफायर खेलमा टिम चौराहा धनगढीसँग हारेको काठमाडौं र एलिमिनेटर खेलमा सीवाइसी अत्तरियालाई पाखा लगाएको महेन्द्रनगर युनाइटेडबीच दोस्रो क्वालिफायर खेल हुन लागेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं र विनोद भण्डारी नेतृत्वको महेन्द्रनगरबीचको विजेताले उपाधिका लागि शनिबार टिम चौराहा धनगढीको सामना गर्नेछ । सोमपाल कामी नेतृत्वको धनगढी पहिलो क्वालिफायर खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ ।

धनगढी डिपिएल क्रिकेटको फाइनल प्रवेश

धनगढी, २७ चैत – खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । जितका लागि दुई बलमा ६ रन आवश्यक रहेको अवस्थामा धनगढीले काठमाडौँ गोल्डेन्सलाई एक विकेटले पराजित गर्दै रु २५ लाख पुरस्कारका लागि फाइनलमा स्थान पक्का गरेको हो । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा टिम चौराह धनगढीले टस जित्दै फिल्डिङ रोजेको थियो । काठमाडौँ गोल्डेन्सले ब्याटिङ गर्दै टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । धनगढीले एक बल बाँकी छँदै नौ विकेटको क्षतिमा उक्त विजयी लक्ष्य पूरा गर्‍यो । धनगढीका लागि रोहन मुस्तफाले सर्वाधिक ३३ रन बनाए । उनले २० बलमा एक छक्का र दुई चौका प्रहार गरे । शंकर रानाले ३९ बलमा दुई चौकासहित २८ रन बनाए । सोनु तामाङले एक छक्का र एक चौकासहित १० बलमा १४ तथा सुनिल धमलाले १३ रनको योगदान दिए । बलिङतर्फ काठमाडौँका सन्नी पटेल, रशिद खान र शाहव आलमले दुई÷दुई विकेट लिए । सुवोथ भाटी र ललितनारायण राजवंशीले एक/एक विकेट लिए । यसअघि टस हारेर ब्...

धनगढी प्रिमियर लिग: प्लेअफ समिकरण आजदेखि

धनगढी चैत २७ धनगढी प्रिमियर लिगमा प्लेअफका खेलहरु आजदेखि सुरु हुदै छन् । पहिलो क्वालिफायरमा लिग चरणमा पहिलो स्थानको कामठाण्डौ र दोस्रो स्थानको धनगढी भिड्ने छन् । विजयी टिम सिधै धनगढी प्रिमियर लिगको फाईनलमा प्रवेश गर्नेै छ । आज नै एलिमेटरमा तेस्रो स्थानको महेन्द्रनगर र चौथो स्थानको अत्तरीया भिड्ने छन् । चैत २८ गते हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोली र एलिमेटरको विजयी टोलीसँग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । फाईनल खेल भने २० गते हुने छ ।

DPL2 - विराटनगर किंग्सलाई हराउँदै सिवाईसी अत्तरिया प्ले अफमा

धनगढी, चैत २५। विराटनगर किंग्सलाई ६ विकेटले पराजितगर्दै सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल)–२ को प्ले अफमापुगेको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै अत्तरिया प्लेअफमा पुग्ने चौथो टोली भयो । अंकतालिकमा पनि चौथो स्थानमा रहँदै अत्तरीयाले अघिल्लो चरणको यात्रामा स्थान वनाएको हो । पानीले मैदान ओसिलो भएपछि २० ओभरको खेलाई छोट्याएर ६÷६ ओभरमा झारिएको थियो । निर्धारित ६ ओभरमा विराटनगरले ३ विकेट गुमाउँदै ५५ रन बनायो । विराटनगर किंग्सकालागि बाबर हायतले ७ बलमा १४, अनिल साहले १२ बलमा १५, कप्तान पारस खड्काले ८ बलमा ९ रन बनाए। दिलिप नाथले ९ बलमा अविजित १५ रन बनाए। सिवाईसीकालागि कमलसिंह ऐरीले २ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने सुभांकर उराउले २ ओभरमा १४ रन दिएर १ विकेट लिए। ५६ रनको विजय लक्ष्य सहित मैदान उत्र्रिएको सिवाईसीले ५.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । सीवाइसीकालागि विपिन चन्द्राले १३ बलमा नट आउट २६ रन बनाए। यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले १५ बलमा २० रन बनाए ।कुशल भुर्तेलले ४ र आकाश थापाले १ रन जोडे। गौरव...

डीपीएल २ः धनगढी प्ले अफमा

धनगढी, चैत २४ गते। टिम चौराह धनगढी रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गरी धनगढी प्रिमियर लिग क्रिकेटको प्ले अफमा पुगेको छ। शनिबारको दोस्रो खेलमा धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ७७ रनको लक्ष्य दिएको थियो। जवाफी व्याटिङमा आएको रुपन्देहीले ८ ओभरमा ५ विकेट गुमाइ ७३ रन मात्रै बनाउन सक्यो। गएराति परेको पानीले मैदान भिजाएपछि ८÷८ ओभरमा छोट्याएको खेलमा धनगढीले ७ विकेट गुमाउँदै ७६ रन बनाएको थियो। जवाफी व्याटिङमा आएको रुपन्देहीबाट सागर पुनले ३३ र दीपक प्रसादले १६ रन बनाए। टिम चौराहका रोहन मुस्तफाले २ र ललितसिंह भण्डारीले १ विकेट लिए। यसअघि नै प्रतियोगिताबाट बाहिरीसकेको रुपन्देहीले राउन्ड रोबिनका सबै पाँच खेलमा पराजय भोग्यो। टिम चौराहबाट सोनु तमाङले ३४ र रोहन मुस्तफाले १५ रन बनाएका थिए। टस जितेर फिल्डिङ रोजेको रुपन्देहीका सुशन भारीले ३, दीपेश श्रेष्ठले २ तथा शक्ति गौचन र सागर पुनले १/१ विकेट लिए। काठमाडौं गोल्डेन्स पहिलो चार खेल जिति यसअघि नै क्वालिफायरमा पुगिसकेको छ भने महेन्द्रनगर युनाइटेड प्ले अफमा पुगिसकेको छ।

डीपीएल२ः महेन्द्रनगर र अत्तरियाले पानी परेपछि अंक बाँडे

धनगढी, चैत २४ गते। पानी परेर खेल हुन सकेपछि धनगढी प्रिमियर लिग क्रिकेटमा महेन्द्रनगर र अत्तरियाले अंक बाँडेका छन्। पानी परेर मैदान भिजेपछि खेल सुरु हुन् नसकेका कारण दुवै टीमले एक–एक अंक पाएको आयोजकले जनाएको छ। यो संगै अंक तालिकाको दोश्रो स्थानमा रहेको महेन्द्रनगरको चार खेलबाट पाँच अंक भएको छ। यस्तै, चारखेलबाट ३ अंक बनाएको अत्तरिया तालिकाको पाँचौ स्थानमा छ। आजको दोश्रो खेलमा दिउँसो १ बजेपछि टिम चौरहा धनगढी र रुपन्देही च्यालेन्जर्स खेल्दैछन्। आजको खेल जिते धनगढीले प्रतियोगिताको प्लेअफ खेल्ने सम्भावना बलियो बनाउनेछ । अहिलेसम्मका चारवटै खेल हारेको रुपन्देही पहिलो जितको खोजीमा हुनेछ ।

धनगढी प्रिमियर लिगः काठमाण्डौ प्लेअफ नजिक, विराटनगरको पहिलो जित

कैलाली, चैत २१, काठमाण्डौ गोल्डेन्स धनगढी प्रिमियर लिगमा अपराजित यात्रा कायम राख्दै प्ले अफ नजिक पुगेको छ । आज भएको खेलमा सिवाईसी अत्तरीयालाई ११ रनले पराजित गर्दै काठमाण्डौ ६ अंक सहित प्ले अफ नजिक पुगेको हो। खेलेका तीन वटै खेलमा जित हात पारेको काठमाण्डौ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । संघीय प्रहरी कार्यालयको खेल मैदानमा आज भएको दोस्रो खेलमा टस जितेर पहिलो व्याटिङ गरेको काठमाडौंले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो । कप्तान मल्लले चार चौका र तीन छक्काको मद्दतले ४३ वलमा ५७ रन वनाए । त्यस्तै नरेश वुढाऐर २७ र रसिद खानले १६ रन बनाए । सीवाईसी अत्तरियाकालागि शुभांकर उराउले ३, विपिन चन्द्रा र कृष्ण कार्कीले २/२ तथा दिपेन्द्र सिंह ऐरी र कमल सिंह ऐरीले समान १/१ विकेट हात पारे । काठमाडौंले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको सिवाईसी अत्तरियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो। अत्तरीयाकालागि गौरव चित्काराले ३६, विपिन चन्द्राले अविजित २६ र सन्दीप जोराले २१ रन वनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । काठमाडौंका शुवोध भा...

डीपीएल २ः काठमाडौं गोल्डेन्सद्वारा सीवाईसी अत्तरिया ११ रनले पराजित

धनगढी, २१ चैत्र। धनगढी प्रिमियर लिग डीपीएल २ क्रिकेट अन्तर्गत बुधबारको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले सीवाईसी अत्तरियालाई ११ रनले पराजित गरेको छ। टस जितेर व्याटिङ गरेको काठमाडौं गोल्डेन्सले ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । जवाफमा सीवाइसी अत्तरियाले ६ विकेट गुमाइ १२६ रन मात्रै बनाउन सक्यो। काठमाडौं गोल्डेन्सका सुबोथ भाटीले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। उनले १९ औं ओभरमा फालेको मेडेन ओभर खेलको निर्णायक मध्येको एक क्षण बनेको थियो। काठमाडौं गोल्डेन्सबाट कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाए। ४३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। नरेश बुढाऐरले १७ बल खेली २ चौका र २ छक्का सहित २७ र रसिद खानले ९ बलमा १ चौका र १ छक्का प्रहार गरी १६ रन बनाए। सीवाईसी अत्तरियाका सुभशंकर उराउले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। यस्तै कृष्ण कार्की र विपिन चन्द्रले २/२ तथा कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

धनगढी प्रिमियर लिग : धनगढीको लगातार दोस्रो जित

धनगढी चैत २०, धनगढी प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा टीम चौराह धनगढीले महेन्द्रनगर युनाइटेडमाथि ८ विकेटको सहज जित हात पारेको छ.। महेन्द्रनगरले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले १२ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य भेटायो । धनगढीका लागि सुनिल धमलाले नटआउट ४६ रनको पारी खेले भने विदेशी खेलाडी रोहन मुस्तफाले ३९ रन जोड । अस्फाक अहमदले २४ बलको सामना गर्दै ३० रन जोडे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३१ रन बनायो । महेन्द्रनगरका लागि भारतीय खेलाडी पुनित मेहराले २५ बलको सामना गर्दै २ छक्का र ४ चौकाको मदतमा ४० रन जोडे भने भुवन कार्कीले ३२ रन बनाए । यस्तै पुनित विष्टले २४ र कप्तान विनोद भण्डारीले ११ रन बनाए । धनगढीका ललितसिंह भण्डारीले ४ तथा सोमपाल कामी र सामसद सेखले समान २–२ विकेट लिए । जितसँगै चौथो स्थानमा रहेको धनगढी ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । धनगढीले तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको छ ।

डीपीएल २ : काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

धनगढी, १९ चैत्र, , १९ चैत्र, धनगढी प्रिमियर लिग डीपीएल २ क्रिकेटको तेस्रो दिनको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको छ । यो जितसँगै काठमाडौंले दोस्रो जित हात पारेको छ भने रुपन्देहीले लगातार दोस्रो हार व्यहोरेको छ । प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालय मैदानमा भएको खेलमा रुपन्देही च्यालेन्जर्सले १८.४ ओभरमा १ सय २३ रन मात्रै बनाउन सक्यो । १८७ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको रुपन्देहीको तर्फबाट प्रदीपसिंह ऐरीले ५७ रन जोडे । यस्तै सागर पुनले १८ र दीपक प्रसादले १० रन जोडे । रुपन्देहीका अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न सकेनन् । काठमाडौंका रसिद खानले ४ विकेट, ललित राजवंशीले ३ विकेट र साहब आलमले २ विकेट लिए ।

डिपिएल क्रिकेटः अत्तरिया र महेन्द्रनगर विजयी

धनगढी, १८ चैत- कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग(डिपिएल)अन्तर्गत आज भएका खेलमा सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी भएका छन् । आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई नौ विकेट तथा अर्को खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किंग्सलाई ३३ रनले पराजित ग¥यो । रुपन्देही च्यालेन्जर्सले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै मात्र ६१ रन बनायो । अत्तरियाले ६२ रनको विजयी लक्ष्य एक विकेट गुमाउँदै सात दशमलव तीन ओभरमा भेट्टायो । अत्तरियाका लागि गौरव चित्काराले अविजित ३० रन बनाए । उनले १३ बल खेल्दै तीन छक्का र दुई चौका प्रहार गरे । यस्तै सुवास खकुरेलले १९ तथा प्रेम तामाङले अविजित १४ रन बनाए । बलिङतर्फ रुपन्देहीका जितेन्द्र मुखियाले एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा रुपन्देहीका सुफयान मोहमदले अविजित २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहरो अंक जोड्न सकेनन् । बलिङतर्फ ‘प्लेयर अफ द म्याच’ घोषित अत्तरियाका कमलसिंह ऐरीले चार र शुभंकर उरावले तीन विकेट लिए । ऐरीले चार ओभरमा १५ रन तथा उरावले २ दशमलब २ ओभरमा एक मेडन राखी सात रन खर्चे । ...

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

भीमदत्तनगर,१८ चैत- गत वर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग (डिपिएल) को पिहलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हाल्नुभएको थियो । भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । उहाँकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो । यसपाली डिपिएलको दोस्रो संस्करणमा महेन्द्रनगरको टिमले खेल्नेबारे अन्योलता थियो । जिल्लाका खेलाडी र क्रिकेटप्रेमी निराश थिए । उनीहरुलाई निराश हुन नदिन महेन्द्रनगरका युवा व्यवसायीले रु ४० लाखभन्दा बढी लगानी जुटाएर ‘महेन्द्रनगर युनाइटेड’ टिम बनाएका छन्। “लगानी जुटाउन सहज छैन,” महेन्द्रनगर युनाइटेडका सञ्चालकमध्येका एक दिनेश मल्लले भन्नुभयो, “आफ्नो ठाउँको शाख जोगाउन मात्र लाखौँको लगानीमा टिम जुटाएका हौँ ।” धनगढी प्रिमियर लिग(डिपिएल) जस्तो महँगो प्रतियोगितामा प्रतिष्पर्धा गर्न टिम बनाउन निकै चुनौतीपूर्ण काम भएको सञ्चालक मल्लको ठम्याइ छ ।“व्यावसायिक प्रतियोगिताका लागि सानोतिनो लगानीले टिम बनाउन सकिन्न,” । मल्लले भन्नुभयो ।क्रिकेटका लागि महेन्द्रनगर मुलुककै उर्बरभूमीका रुपमा चिनिन्छ । ...

धनगढी प्रिमियर लिगको पुर्वसन्ध्याः ६ वटै टिमका कप्तान द्वारा ट्रोफी सार्बजनिक

धनगढी, १६ चैत्र, भोलीदेखि धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक गरिएको छ । डिपिएलको दोस्रो संस्करणको पुर्वसन्ध्यामा ट्रफी सार्वजनिक गरिएको हो । खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा आज एक कार्यक्रम गर्दै आयोजकले ट्रफी सार्वजनिक गरेको हो । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र सहभागी ६ वटै टीमका कप्तानहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । प्रतियोगितामा सहभागी साविक विजेता टीम धनगढीका कप्तान सोमपाल कामी, कञ्चनपुर युनाईटेडका कप्तान विनोद भण्डारी, रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ती गौचन सिवाईसी अत्तरीयाका कप्तान सुवाश खकुरेल, काठमाण्डौ गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ल र विराटनगर किंग्सका कप्तान पारस खड्का सहित धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले खेल मैदान ट्रफी सार्वजनिक गरेका हुन । ट्रफी सार्वजनिक कार्यक्रममा वोल्दै ६ वटै टीमका कप्तानहरुले धनगढी प्रिमियर लिगले नेपाली क्रिकेटको विकासमा योगदान गर्ने वताएका छन । उनीहरुले नेपालले एकदिवसीय मान्यता पाएपछि पहिलो पटक हुन लागेको सर्वाधिक पुरस्कर राशीको क्रिकेट प्रतियोगिताले नेपाली राष्ट्रिय क्रिके...

धनगढी प्रिमियर लिगको तयारी पुरा

धनगढी, चैत्र १५। पर्सिदेखि सुरु हुने धनगढी प्रिमियर लिग डिपिएलको तयारी पुरा भएको छ । मैदानमा पिच निर्माण, अस्थायी प्याराफीट निर्माण लगायतको तयारी पुरा भएको आज धनगढीमा आयोजीतपत्रकार सम्मेलननमाजानकारी दिईइएको छ । केहि फिनिसिङको काम मात्रै बाँकी रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगितामा सहभागीता जनाउने खेलाडी र अफिसियलका लागी होटेल लगायतको व्यवस्थापन कार्य पनि पुरा भएको छ । यस्तै प्रतियोगीता सुरु हुन २ दिनमात्रै बाँकी रहेका बेला सहभागिता जनाउने टिमहरु पनि धनगढी आउने क्रम सुरु भएको छ । नेपालले एकदिवसीयमान्यता पाएपछि पहिलो पटक हुन लागेको सर्वाधिक पुरस्कर राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगले राष्ट्रिय टोलीबलियो बनाउन सहयोग गर्ने अपेक्षा गरीएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का पनि एकदिवसीय मान्यता पाएपछि पहिलो पटक धनगढी पुग्दा निकै दंग थिए । अन्तराष्ट्रिय क्रिकेटमा देशको प्रदर्शन कस्तो रहने विषय घरेलु क्रिकेटको स्वरुप कस्तो छ भन्ने विषयले नै हेक्का राख्ने गरेको छ । घरेलु क्रिकेट प्रतियोगिता नै करौडौ लगानीमा अयोजना हुन थालेपछि राष्ट्रिय टोली प...

धनगढी प्रिमियर लिगको टिकट इ-सेवाबाट

धनगढी, १४ चैत्र। देशकै सर्वाधिक धनराशी पुरस्कारको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) खेलका टिकट इसेवा बाट काट्न सकिने भएको छ । धनगढीमा चैत १७ देखि शुरु हुन लागेको (डीपीएल) को सम्पूर्ण खेलका टिकट इसेवाबाट काट्न सकिने भएको हो । इसेवाबाट टिकट काट्दा ५ प्रतिशत छुटको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ । धनगढी प्रिमियर लिगका खेल हेर्न दर्शकका लागि लिग चरणमा ५०, प्लेअपमा ७० र फाइनलमा १०० रूपैयाँ टिकट दर तोकिएको छ । dpl.esewa.com.np मा लग अन गरि टिकट खरिद गर्न सकिनेछ । मैदानमा प्रवेशका लागि टिकटमा लेखिएको नाम प्रमाणित गर्ने परिचयपत्र अनिवार्य लिएर आउनुपर्नेछ । दर्शकले अनलाइनमार्फत स्वयं आफै वा आपूmलाई पायक पर्ने नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन इसेवा जोन, इसेवा पोइन्ट मा गई अनलाइन टिकट खरिद गर्न सकिने इसेवाका म्यानेजर दिव्येस झा ले बताए।

डिपिएल क्रिकेट- महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो

काठमाडौँ, चैत १३ गते । धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि महेन्द्रनगरले दिल्लीका पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो । विष्टले दिल्ली डेयरडेभिल्सको टोलीबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन् । उनी दायाँ हाते ब्याट्सम्यान विकेटकिपर हुन् । उनले भारतमा दिल्लीबाट रणजी ट्रफीसमेत खेलिसकेका छन् । मेहरा अलराउण्डर हुन् । उनी बायाँ हाते स्पिन बलर र बायाँ हाते ब्याट्सम्यान हुन् । उनले पनि भारतको दिल्लीबाट रणजी ट्रफी खेलिसकेका छन् । महेन्द्रनगर युनाइटेडको कप्तानमा विनोद भण्डारी छन् भने प्रशिक्षकमा विनोद दास छन् । टोलीका अन्य खेलाडीमा करण केसी, अविनाश कर्ण, भुवन कार्की, रोहितकुमार पौडेल, आरिफ शेख, आशिफ शेख, नारायण जोशी, अरुण ऐरी, दीपेन्द्र चन्द, प्रणित थापामगर, हरिशंकर साह र रवीन क्षेत्री रहेका टिम व्यवस्थापक नीरज चन्दले जानकारी दिनुभयो । टोलीले आइतबारदेखि नै अभ्यास थालिसकेको छ । (रासस)

डिपिएलको खेल तालिका सार्वजनिक

Image
धनगढी आउँदो चैत १७ गतेदेखि आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। बुधावार आयोजक धनगढी क्रिकेट एकेडेमिले खेल तालिक सार्वजनिक गरेको हो। तालिका अनुसार पहिलो खेल घरेलु टोली धनगढी र काठमाडौ गोल्डेन्स विच हुने छ। खेल १७ गते दिउँसो १ बजेदेखि संघिय प्रहरी कार्यालयको खेल मैदानमा हुने छ। प्रतियोगिता अन्तरगत १९ वटा खेल हुनेछन् भने लिग चरणमा प्रत्येक टिमले प्रत्येक टिमसंग खेल्नै पर्ने गरी तालिका बनाइएको छ। प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपेन्देही च्यालेन्जर्स र धनगढी गरी ६ टोलीले सहभागिता जनाउनेछन्। यस्तै प्रतियोगिताको मिति नजिकिदै गर्दा डिपीएलको तयारी पनि तिव्र पारिएको छ। खेल मैदानमा पिचको काम करिब सकिएको क्यरेटर अजय पाण्डेयले बताए। अहिले खेल मैदानमा अस्थायी प्याराफिट, बार हाल्ने, घाँस काट्ने काम भईरहेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए। विश्वकप छनोट खेलेर राष्ट्रिय टोलीका सदस्यहरु फर्किएसँगै सहभागी टोलीहरुले पनि प्रतियोगिताका लागि विशेष तयारी थालिसकेका छन...