Posts

Showing posts from February, 2018

बैतडीमा चितुवाले बालकमाथि आक्रमण गर्यो

बैतडी,१६ फागुन- बैतडीमा सोमवार राती नरभक्षी चितुवाले एक बालकलाई आक्रमण गरेको छ । आक्रमणमा परी मेलौली नगरपालिका–९ रोकटाका मान बहादुर चन्दका डेढ बर्षिय छोरा गणेश बहादुर चन्द गम्भीर घाईते भएका बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जनाकारी दिनुभयो । घरकै भुइँतले भान्छा कोठामा रहेका बालकमाथि चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमणले चन्दको आँखा, टाउको र गालामा गहिरो घाँउ रहेको छ । घाइते बालकलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ । बिगत ६ बर्षदेखि चितुवाले आक्रमण गरी त्यस क्षेत्रका २३ जनाको ज्यान लिईसकेको छ । केही समय चितुवा मानिसलाई आक्रमण नगरेको भएपनि फेरी आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका बिरेन्द्र महताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“हामी जहिले पनि त्रासमै छौ, स्थानिय प्रसासन मौन छ” । चितुवा नियन्त्रणका लागि पटक–पटक प्रहरी परिचालन गरिएता पनि सफलता भने हात नलागेको प्रशासनले जनाएको छ । बेला–बेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षक टोली खटिए पनि चितुवा फेला पार्न नसकेर टोली फर्किएको थियो । त्यस क्षेत्रमा चितुवाले ब

मोष्ट वान्टेड रेशम चौधरीद्धारा कैलाली अदालतमा आत्मसमपर्ण, पुर्पक्षका लागी थुनामा

Image
धनगढी । टिकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोपमा प्रहरीको मोष्ट वान्टेड सुचीमा रहेका रेशम चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमपर्ण गरेका छन्। चौधरी यहि १४ गते मात्रै कैलाली जिल्ला अदालतमा उपस्थीत भएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए। मंसिर २१ गते भएको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिनिधि सभामा अत्यधिक बहुमतले चुनाव जितेका थिए। संघीय संसदको अधिवेशन आउन साता दिन बाँकी रहँदा रेशमले आत्म समर्पण गरेका हुन्। २०७२ साल भदौ ७ गते टिकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्कीदा एक नावालक र प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जनाको ज्यान गएको थियो । सो घटनाका मुख्य योजनाकार रेशम रहेको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो। घटना घटेकै दिनदेखी फरार रहेका रेशमले भने आफुलाई लागेको आरोप निराधार रहेको बताउदै आएका थिए। टिकापुर घटनाका मुख्य योजनाकारका आरोपी रेशमलाल चौधरी पुर्पक्षका लागी थुनामा राख्न अदालतले आदेश दिएको छ । कैलाली क्षेत्र नम्वर १ बाट निर्वाचीत सांसद समेत रहनुभएका चौधरीलाई न्यायधिस पर्शुराम भट्टराईको ईजलासले पुरपक्षका ला

बैशाख अन्तिम सातादेखी चमेलिया जलविद्युत आयोजनमा ८ मेगावट विद्युत थपिने

चमेलीयामा बैशाख अन्तिम सातादेखी ८ मेगावट विद्युत थपिने भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलामा अपि पावर कम्पनी लिमिटेडले निर्माण गरीरहेको अपर नौगाडले उत्पादन गर्ने विद्युत थपिने भएको हो । नीजि क्षेत्रबाट उत्पादन भइरहेको माथिल्लो नौगाड साना लघु जलविद्यूतले बैशाख अन्तिम साता उत्पादन शुरु गर्ने तयारी भइरहेको आयोजना प्रमुख भुपाल अधिकारीले जानकारी दिए । गत माघ २७ गते शैल्यशिखर नगरपालिका १ शिखरबाट चमेलियामा ३० मेगावट विद्युत उत्पादन भइरहेको छ । नौगाडबाट उत्पादन हुने विद्युत सिधै बलाँचमा रहेको चमेलिया जलविद्युत आयोजनाको १ सय ३२ केभी प्रसारण लाइनमा जोडिने छ । २०७३ पुषदेखि निर्माण शुरु गरेको अपर नौगाडले १७ देखि १८ महिनामा विद्युत उत्पादन गर्ने जनाएको छ । हाल नौगाडको निर्माण कार्य झण्डै ८० प्रतिशत सकिएको छ । विद्युतको प्रसारण लाइनको काम सकिएको छ भने विद्युतको इन्टेक निर्माणको कार्य भइरहेको छ । नौगाड गाउँपालिकाको धुलीगडा भएर बग्ने नौगाड खोलामा विद्युत निकाल्ने काम भइरहेको हो । यसअघि सोहि ठाउँको देथलामा ८ दशमल ८ मेगावट विद्युत उत्पादन भइसकेको छ । अपि पावर कम्पनीले नै उक्त ठाउँमा विद्युत न

बैतडीमा हात्तीपाइले विरुद्धको औषधि खुवाईदै

बैतडी,१२ फागुन बैतडीमा यो बर्ष २ लाख ५१ हजार ६३ जनालाई हात्तिपाइले रोग बिरुद्धको आमऔषधीखुवाईदै छ । आजदेखि प्रदेश नम्बर सातका ९ ओटै जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । बैतडीको हकमा अन्तिम पटक हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियान भएको उहाँले जानकारी दिनुभयो । बैतडीमा छैटौं बर्षमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम तय भएको हेल्थ असिष्टेन्ट पाण्डेयले जानकारी दिनुभयो । ५ बर्ष सम्म बैतडीमा औषधि सेवनअभियान सञ्चालन गरेपछि गरिएको सर्वेक्षणमा औषधिअभियान सफलभएको पाइएको जिल्ला स्वास्थ्यकार्यालयले जनाएको छ । पाटन र शिवनाथमा ६ सय जनाको रगत परीक्षण गरेकोमा कसैमापनिहात्तीपाइले कीटाणु नभेटिएकाले आमऔषधि सेवनअभियान सफलभएको जिल्ला स्वास्थ्यकार्यालय बैतडीका प्रमुख डा. गुणराजअवस्थीले जानकारी दिनुभयो । हात्तीपाइले विरुद्धको आमऔषधि सेवनकार्यक्रमकालागि ४६० स्वास्थ्यकर्मी र १ हजार ४५० स्वयंसेवक परिचालन भएका छन् । दुई बर्ष मुनिकाबालबालिका,गर्भवती र सातदिनभित्रका सुत्केरी, ७० बर्ष भन्दामाथिकानागरिक,सिकिस्त ब

प्रदेश १ मा २० वर्ष पुरानो गाडी चढ्दै मुख्यमन्त्री

धरान — सरकारले दुई दशक पुराना सवारी साधन विस्थापित गर्ने नीति बनाएपनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई २० वर्ष पुरानो गाडी चढ्न बाध्य छन् । मर्मत गरेर कामचलाउ बनाएको दुइ दशक पुरानो गाडीमा मुख्यमन्त्रीको झन्डा लगाएको छ । गाडीको इन्जिन पुरानो भए पनि आवरण भने चिटिक्क बनाएको छ । यस अघिनै सरकारले बातावरणमा प्रदूषण लाई ध्यानमा राख्दै २० वर्ष भन्दा पुराना सवारी साधन चलाउन नपाउने नियम बनाएको थियो । फागुन ३ गते मुख्यमन्त्रीको शप लगतै उनले को १ झ २३५ नम्बरको सरकारी सुविधाको गाडी पाएको हो । टोयटा ल्याण्डक्रुजर उक्त गाडी ३ लाख ७५ हजार किलोमिटर गुडिसकेको छ । यसअघि उक्त गाडी प्रधानमन्त्री, राष्ट्रपति, अन्य विशिष्ट ब्यक्ति आउँदा प्रयोग हुँदै आएको थियो । अहिलेसम्म उक्त गाडीमा दर्जन बढी प्रधानमन्त्री र दुवै राष्ट्रपति सवार भैसकेका छन् । ‘पुरानो गाडी प्रयोग गर्नु बाध्यता हो । तत्काल नयाँ किन्न सकिने अवस्था छैन । भएको साधान मर्मत गरेर चढियो, दुई दशक पुरानो भनेर भर्खर थाहा पाएँ’ मुख्यमन्त्री राईले भने । प्रदेश १ मा सरकारी निकायका लागि थप ५० गाडीको आवश्यक हुने सरकारको अनुमान छ । २० वटा गाडी तत्काल उपलव्

हृदयघातबाट सुपरस्टार भारतीय अभिनेत्री श्रीदेवीको दुवईमा निधन

Image
भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् । श्रीदेवीको ५४ बर्षको उमेरमा निधन भएको छ । फ्रेब्ररी २५ शनिवार राति ११:०० देखी ११:३० बीचको समयमा युएईमा हृदयघातबाट उनको निधन भएको जनाइएको छ । श्रीदेवी विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ युएई गएकी थिइन् । श्रीदेवीको निधनको खबरले भारतीय फिल्मका नायक नायिका पनि स्तब्ध भएका छन् । बोनी कपुरकी दोश्री श्रीमती श्रीदेवीका जान्हवी र खुशी दुई छोरी छन् । भारतीय संचारमाध्यमहरका अनुसार उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिइन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् । हिम्मतवालाको ‘नैनो में सपना’, मिस्टर इन्डियाको ‘हावा हवाइं

बैतडी - उपमेयर कपको उपाधी थालिगाडा लाई

बैतडी, १२ फागुन बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न प्रथम उपमेयर कप महिला क्रिकेट प्रतियोगिताको उपाधी थालिगाडाले हात पारेको छ । वडा नम्बर ११ नागार्जुनलाई ४० रनले हराउँदै थालिगाडाले उपाधि चुमेको हो । देहीमाडौं क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको थालिगाडाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । टिमका लागि सुनिता लुहारले अभिजित ७३ रन जोडिन भने दिब्या कार्कीले २७ रनको योगदान दिइन । नागार्जुनकी शान्ति चन्दले १ विकेट लिइन । लक्ष्य पछ्याउने क्रममा नागार्जुन ९ विकेटको क्षतिमा १ सय ४१ रनमै सिमित भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ७३ रन जोडेकी सुनिता लुहार ओम्यानअफ दि मैच बनिन भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै थालिगाडाकी दिब्या काकी म्यानअफ दि सिरिज बनिन । उनले प्रतियोगिताभर १ सय ७ रन र ११ विकेट लिएकी थिइन । ९ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरपालिकाका चार वडाका चार टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी सबै वडालाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जि

प्रदेश सरकारको झण्डा नभएपछि राष्ट्रिय झण्डाको प्रयोग

Image
धनगढी फागुन १० गते । प्रदेश सरकारको झण्डा नभएका कारण प्रदेश नम्वर ७ का मुख्यमन्त्री र मन्त्रीहरु राष्ट्रिय झण्डाको प्रयोग गरिरहेका छन । प्रदेश सरकारको आफ्नै झण्डा हुनुपर्नेमा त्यो नभएका कारण प्रदेशका मुख्यमन्त्री र मन्त्रीले राष्ट्रिय झण्डालाई आफ्ना सवारी साधनमा प्रयोग गरिरहेका हुन । प्रदेश सरकारको मन्त्री परिषद्को वैठकवाट प्रदेश सरकारको झण्डा पास भएपछि प्रयोगमा ल्याउनुपर्ने भएपनि ऐन नियम र कानुनको अभावमा राष्ट्रिय झण्डाको प्रयोग भईरहेको छ । राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग सम्वन्धी नियमावली २०६९ मा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई आफ्ना सवारी साधनमा प्रयोग गर्ने भण्डाका बारेमा केहि उल्लेख गरेको छैन । विश्वव्यापी मान्यता अनुसार प्रदेश सरकारको आफ्नै झण्डा हुने र राष्ट्रिय झण्डा सानो आकारमा सवारी साधनमा राखिने गरिएको पाईए पनि प्रदेश नम्वर ७ मा राष्ट्रिय झण्डाको प्रयोग गरिएको हो । अझै धेरै ऐन नियम कानुनको अभाव भएकोले सवारी साधनमा प्रयोग हुने झण्डाको कुराहरुलाई त्यसले टुंगाउने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीले बताउनुभयो । सवारी साधनमा राष्ट्रिय झण्डाको

मोहनापुल अत्तरिया सडकको चौडाई घटाउन परेको रिट निवेदन सर्वोच्चद्धारा खारेज

फागुन ०८ मोहनापुल–अत्तरिया सडकको चौडाई घटाउन परेको रिट निवेदन सर्वोच्च अदालतले आज खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधिसद्धय ओमप्रकाश मिश्र र शारदा प्रसाद घिमिरेको संयुक्त ईजलासले आज सो रिट निवेदन खारेज गरेको हो । यो सँगै योजना कार्यालयलाई सडकको सीमानामा परेका संरचना भत्काएर पनि सडक निर्माण गर्ने बाटो खुलेको छ। गत पुष १९ गते धनगढीका धना जोशी, लोकवहादुर कुँवर, गंगा शाह, यज्ञराज ओझा, मानवहादुर चन्द, ज्ञानवहादुर विष्ट, कुसुमलता गैरे, , महेन्द्रनाथ गैरे, मानवहादुर खड्का, दुर्गा खड्का, सुरज विक्रम श्रेष्ठ र सरफ सिंह वोहोरा गरी १३ जना घरधनीहरुले सर्वोच्चमा रिट हालेका थिए । सुरुमा १३ जना घरधनीले मुद्धा हालेकोमा मिनकाजी श्रेष्ठले भने विचमा मुद्धा फिर्ता लिएका थिए भने लोकवहादुर कुँवरले आफै घर भत्काएका थिए । पटक पटक गरी सारिदै आएको रिट निबेदनको आज बहस भएको हो । रिट निवेदनकर्ताका तर्फबाट बसह सकिएपछि, विपक्षि नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता खेमराज ज्ञवाली, रमादेबी पराजुली र उद्धव प्रसाद पुडासैनीले बहस गर्नुभएको थियो । विकास निर्माणका कामहरुमा सर्वोच्चले बाधक बन्नु हुदैन भनेर आफुहरुले

पोखरामा बम विष्फोट हुँदा प्रहरी र पत्रकार घाइते - बिप्लव माओवादी माथी शंका

काठमाण्डौ ९ माघ पोखरामा वम विस्फोट हुँदा दुईजना सामान्य घाईते भएका छन् । घाईते हुनेमा प्रहरी कुलबहादुर खत्री र पत्रकार घनश्याम पाण्डे रहेका छन् । पत्रकार पाण्डेको टाउको र घाँटीमा चोट लागेको छ । घाईतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहका अनुसार झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिष्पोजल टोलीलार्ई बोलाईएको थियो । पत्रकार पाण्डेले फोटो खिच्नको लागि क्यामेराको फ्लास अन गर्नेबित्तिकै बम पड्किएको थियो । बममा जडान गरिएको टाईम डिभाईस फ्लासका कारण अन भई विस्फोट भएको हुनसक्ने सिंहको भनाई छ । तर, यसबारे पुष्टि भने भईनसकेको उनले जनाए । सेनाले पोखराको नागढुंगा नजिक राखिएको नीलो झोलाको शंकास्पद वस्तु निष्क्रिय पारेको छ । बम कसले राखेको भन्ने विषयमा यकिन नभएतापनि विप्लव माओवादीले बन्द आयोजना गरेको र बम पनि राखेको हुनसक्ने आशंका प्रहरीको छ।

डा. गोविन्द केसी द्वारा सर्वोच्चको तारेख अस्वीकार

काठमाण्डौ ९ माघ डा. गोविन्द केसीले अदालतको अवहेलना मुद्दामा तारेख बोक्न अस्वीकार गरेका छन् । अवहेलना मुद्दाको तारेख मंगलबार तोकिएको थियो । तर, यो मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रत्यक्ष स्वार्थ गाँसिएको र उनको निर्देशनमा १० दिनभित्र सुनुवाई गर्नै पर्ने गरी पेशी तारेख थोपर्न खोजेको डा. केसीले बताए । मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निज प्रधानन्यायाधीश पदमा बहाल रहँदासम्म उक्त मुद्दामा निश्पक्ष न्याय सम्पादन हुन नसक्ने भएको हुँदा निजको निर्देशन बमोजिम थोपर्न खोजिएको पेशी तारेख हामीलाई स्वीकार्य छैन ।’ डा. केसीले आफूविरुद्ध नेशनल मेडिकल कलेजका सञ्चालकले हालेको अदालतको अवहेलना मुद्दामा भने आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । साथै पराजुलीको नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

बाजुरामा शंकास्पद बस्तु फेला

Image
बाजुरा,८ फागुन- बाजुराको बुढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा आज शंकास्पद बस्तु फेला गरेको छ । प्रहरी नायव उपरिक्षक हरी बहादुर वलीका अनुसार साफे मार्तडी सडकखण्ड अन्तर्गत बार्जुगाड पुलमा बोराले बेरिएर राखिएको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको हो । बोरामा बेरिएर राखिएको अवस्थामा छ उहाँले भन्नुभयो“नेपाली सेनाको बम डिस्पोजल टोली जादैछ” उक्त शंकास्पद बस्तु कसले राखेको भन्ने केही पनि खुल्न सकेको छैैन ।

नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रदेश नम्वर ७ मा आसींक प्रभाव

धनगढी, फागुन ०८ गते । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको नेपाल बन्दको प्रदेश नम्वर ७ मा आसींक प्रभाव परेको छ । आफ्ना केन्द्रीय नेताहरु सहित सयौं नेता, कार्यकर्ताहरु गिरफ्तार परेपछि नेपाल कम्युनिष्ट पार्टीले बन्दको घोषणा गरेको हो । बन्दका कारण विद्यालयहरु पुर्ण रुपमा बन्द भएका छन् भने बजार आसींक रुपमा बन्द रहेको छ । धनगढी बजार पनि आसींक रुपमा बन्द रहेको छ । यस्तै लामो दुरीका सवारी सधानहरु फाट्फुट मात्रै सञ्चालनामा रहेका छन्।

बाजुरामा जिप दुर्घटना २ जनाको मृत्यु, ५ घाईते

फागुन ०८ गते । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । जीप दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बूढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्षक तथा नेपाल शिक्षक महासंघका अध्यक्ष जनकबहादुर शाही, गौमुल गाउँपालिका– ६ का गोरखबहादुर रोकाया, हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का खडक रोकाया, स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगरका २५ वर्षीय कर्णबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । घाइते भएकामध्ये स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगर गाउँपालिकाका कर्णबहादुर रोकायाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अछामको बयलपाटा रिफर गरिएको प्रह

आज ६८ औं प्रजातन्त्र दिवस मनाइँदै

धनगढी, फागुन ०७ गते । वि.स. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि.स. १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो । एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । वि.स. २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो

कैलाली कञ्चनपुरमा १ सय ५४ सीमा पिलर गायब

धनगढी फागुन ०७ गते । नेपाल भारत संयुक्त सीमा सर्भेक्षण टोलीले अहिले सम्म सिमांकन गरिएको क्षेत्रमा कुनै विवाद नरहेको जनाएको छ । सर्भेक्षण टोलीलाई भारतसँग जोडिएका प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला जिल्लाको सीमा सर्भेक्षणको जिम्मेवारी दिईएको छ । अध्ययन सम्पन्न गरिएका सीमा स्तम्भहरुमा हाल सम्म कुनै खालको विवाद नदेखिएको नेपाली टोलीको नेतृत्व गरिरहनुभएका नापी विभागका अधिकृत सुर्दशन सिह धामीले जानकारी दिनुभयो । टोलीले मुख्य पिलर र सहायक पिलर गरेर कैलालीका २ सय ८२ र कञ्चनपुरका ३ सय ९० मध्ये १ सय ११ पिलरको पुर्वेक्षण कार्य सम्पन्न भएकोमा कुनै पनि क्षेत्रमा विवाद नदेखिएको जनाएको हो । सीमा क्षेत्रमा विवाद नदेखिए पनि धेरै सीमा पिलर भने हराएको पाइएको धामीले जानकारी दिनुभयो । कैलालीमा मात्र १ सय ५ पिलर हराएको पाइएको उहाँले बताउनुभयो । कञ्चनपुरमा पनि पुर्वेक्षण कार्य सकिएका १ सय ११ पिलर मध्ये ४९ पिलर हराएका पाइएका छन् । धामीले हराएको सीमा स्तम्भहरु निर्माण पनि थालिएको जानकारी दिनुभयो । नेपाली पक्षले बिजोर नम्बर र भारतीय पक्षले जोर पिलरको मर्मत सम्भार, निर्माण तथा पुनः निर्माण गर्ने स

कैलालीमा पर्यावरण जोगाउन साईकल चलाउ अभियान

Image
धनगढी माघ ०६ गते । पर्यावरण जोगाउन धनगढीमा साईकल चलाउ अभियान सुरु भएको छ । सवारी साधनहरुको चाप वढेसँगै मानिसहरुको दैनिकी पनि परिवर्तन भएपछि वातावरण र मानव स्वास्थ्यलाई फाईदा पुग्ने साईकल चलाउ अभियानको थालनी गरिएको हो । लेट्स क्लिन धनगढी नामक संस्थाले प्रदेश नम्वर ७ को राजधानी धनगढी प्रदुशित बन्दै गएकाले पर्यावरण जोगाउन र पर्यटन प्रवद्र्धनका लागि साईकल चलाउ अभियान सुरु गरेको हो । मानिसहरुको जीवन शैली परिवर्तन भएपछि स्वास्थ्यमा आउने विभिन्न समस्याहरु साईकल चलाएर हटाउन सकिने भएपछि प्रत्येक महिनाको ५ र २५ गते साईकल दिवसको रुपमा मनाएर साईकल चलाउ अभियान सञ्चालन गरिएको लेट्स क्लिन धनगढीका अध्यक्ष माधव ओझाले बताउनुभयो । साईकल चलाएर विभिन्न पर्यटीय क्षेत्रहरुमा गएर तिनिहरुको प्रचार प्रसार गर्ने कामको पनि थालनी भएको छ । साईकल चलाएर पर्यटकीय क्षेत्रमा पुराउने अपेक्षा सहित अभियान चालेको अभियानकर्ताहरु दिपेन्द्र पन्तले बताउनुभयो । साईकल चलाएमा अन्य कुनै पनि प्रकारका व्यायामहरु गर्नु पर्दैन । त्यसले वातावरणलाई पनि कुनै असर गदैन । अव यसको फाईदाका वारेमा सवैलाई सचेत पार्न जरुरी रहेको छ । त्यसैले अव सा

प्रदेश ७ मन्त्रीपरिषदको पहिलो बैठक सम्पन्न, के के निर्णय भयो?

धनगढी फागुन ०६ गते । प्रदेश नम्बर ७ को पहिलो मन्त्रीपरिषदको बैठकले प्रदेश ७ को सम्बृद्धीसंग जोडीएका ३ ओटा सामरीक महत्वका राजमार्गहरुको निमार्णको काम समयमै सम्पन्न गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । आईतवार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय धनगढीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । पहिलो बैठकले राष्ट्रिय गौरबका आयोजनाका रुपमा रहेका महाकाली लोकमार्ग, सेती लोकमार्ग र खुटिया दिपायल फाष्ट ट्रयाकको कामलाई गुणस्तरीय तवरले, समयमै सम्पन्न गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र त्यसको प्रदेश स्तरमामा अनुगमन सम्यन्त्र निमार्ण गर्ने निर्णय गरिएको प्रदेश ७ सरकारका प्रवक्ता तथा आन्तरीक मामीला तथा कानुन मन्त्री प्रकास शाहले जानकारी दिए। ३ ओटै राजमार्गको काम अहिले कछुवा गतिमा भईरहेको छ । यस्तै मन्त्री परिषदको पहिलो बैठकले प्रदेश ७ मा कृषिको उत्पादकत्व बढाउन माटो परिक्षणको कार्यलाई संस्थागत गर्नका लागि नेपाल सरकार र स्थानिय तहसंग पनि समन्वय गरेर कार्य अगाडी बढाउने, प्रदेश ७ का पर्यटनका सम्भाव्यताको पहिचान गर्ने र त्यसको संरक्षण र प्रबद्र्धनमा जोड दिने निर्णय पनि गरेको मन्त्रीपरिष

बाजुरामा किशोरी बलात्कृत - घटना सार्वजनिक गरे ज्यानको धम्की

बाजुरा — कञ्चनपुरको मौरीफाटामा स्कुले किशोरी बलात्कृत भएकै दिन बिहीबार बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया किशोरीलाई स्थानीय दुई युवाले बलात्कार गरेका छन् बलात्कारमा संलग्न भएको आरोपमा बूढीगंगा नगरपालिका ७ का ३० वर्षीय चन्द्र विष्ट र २२ वर्षीय सुनील विकविरुद्ध पीडितका अभिभावकले शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित किशोरीका बुवाले युवाहरूको पक्षले घटना मिलाउन दबाब दिइरहेको बताएका छन । ‘घटना नमिलाए मार्दिन्छौं भनेर धम्क्याउँदै छन्,’ उनले भने, ‘गाउँबाट उजुरीका लागि सदरमुकाम मार्तडी जाने बेला युवाहरूका पक्षका गाउँलेहरूले घेराबन्दी गर्न खोजे तर छलेर मार्तडी पुग्यौं ।’ पीडित किशोरी दिउँसोतिर घरबाट नजिकैको बेतालमाण्डौ बजारमा सामान किन्न जाँदै गरेका बेला युवाहरूले मोटरसाइकलमा राखेर बार्जुगाढको जंगलमा पुर्‍याएर बलात्कार गरेको किशोरीका बुवाले बताएका छन् । ‘मेरो दाजुको नाम बताउँदै तिमी उसैको बहिनी होइनौ ? हामी तिमीलाई चिन्छौं । बाइकमा पुर्‍याइदिन्छौं भनेर जिद्दी गरे,’ पीडित किशोरीले भनिन्, ‘छिटो पुगिने आशाले बाइकमा बसें । बेतालमाण्ड

कञ्चनपुरमा ८० जनामा हात्तीपाइले

कञ्चनपुर — कञ्चनपुरमा ८० जनाभन्दा बढी हात्तीपाइलेका बिरामी देखिएका छन् जिल्लामा हात्तीपाइले रोग निवारण अभियान सुरु भएपछि बिरामीको संख्या घट्दै गए पनि अझै ठूलो संख्यामा बिरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । ‘निको हुन बाँकी रहेका बिरामीलाई रोग लागेको लामो समय भइसकेकाले अब निको हुने सम्भावना छैन,’ जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले भने, ‘अधिकांशका खुट्टा सुन्निएका छन्, यस्तो अवस्थामा पुगेपछि निको हुने सम्भावना हुँदैन ।’ जनस्वास्थ्य कार्यालयले २०६९ देखि नियमित रूपमा हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउँदै आएको छ । हरेक वर्ष अभियानकै रूपमा गाउँगाउँमा पुगेर स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूले हात्तीपाइलेविरुद्धको औषधि वितरण गर्दै आएका छन् । अधिकृत जोशीका अनुसार अभियान सुरु भएको पहिलो वर्ष ४ सय १० बिरामी भेटिएका थिए । अहिले उक्त संख्या घटेर ८० को हाराहारीमा पुगेको छ । यस वर्ष पनि फागुन १२ देखि १४ सम्म अभियान सुरु गरिने जनस्वास्थ्यले जनाएको छ । ‘यस वर्ष ४ लाख ३५ हजारलाई औषधि खुवाउने लक्ष्य राखिएको छ,’ अधिकृत जोशीले सोमबार सञ्चारकर्मीसँगको अन्तरक

एमाले प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाह निर्विरोध

धनगढी फागुन ०५ गते । नेकपा एमालेको प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाह चयन हुनुभएको छ । शनिवार सम्पन्न एमाले संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेतामा निर्विरोध चयन गरेको एमाले कैलालीका सचिव रण बहादुर चन्दले जानकारी दिनुभयो । एमालेका वैकल्पिक सदस्य समेत रहनुभएका शाह बाजुरा ख बाट प्रदेशसभा सदस्यमा निर्वाचीत हुनुभएको थियो । एमालेले ७ नम्बर प्रदेशमा मन्त्रीको टुङ्गो लगाउन पार्टी उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावललाई दिएको थियो ।

कैलालीको गोदावरीमा बस दुर्घटना, २४ घाइते, तीन जनाको अवस्था गम्भीर

धनगढी फागुन ०५ गते कैलालीको गोदावरी नगरपालिका १ मा शनिवार भएको बस दुर्घटनामा परी २४ जना घाइते भएका छन् । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार टिकापुरबाट धनगढी आइरहेको कर्णाली रिभर यातायातको ना ४ ख ८६३६ बस पाठक पेट्रोल पप्प नजिक दिउसो पौने २ बजे दुर्घटना भएको थियो । दुर्घटना परी घाइते भएका ४ जनालाई समान्य उपचार पछि घर फर्काइएको र बाजुराको बुढिनन्दा २ का ५९ वर्षिय विष्णु जोशीको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जोशीको बाँया खुट्टामा समान्य चोट रहेको छ । तिव्र गतिमा रहेको बस एक्कासी ब्रेक लगाउदा दुर्घटनामा परेको हुनसक्ने ईलाका प्रहरी कार्यालय अत्तरीयाका प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनुभयो ।

मुख्यमन्त्री सहित अन्य ६ जना मन्त्रीद्वारा सपथ ग्रहण

धनगढी फागुन ०५ प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट सहित प्रदेश मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । प्रदेश नम्वर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री सहित अन्य ६ जना मन्त्रीहरुलाई आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्रीको नियुक्ती विहीवार नै भईसकेकोमा मन्त्रीहरुको भने आज मात्रै टुङगो लगाईएको हो । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी जिल्ला प्रदेश क्षेत्र २ बाट नेकपा माओवादीको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचीत हुनुभएको हो । यस्तै नेकपा एमालेबाट ४ जना र माओवादी केन्द्रबाट २ जनाले प्रदेश मन्त्रीको सपथ लिनुभएको छ । एमालेको तर्फबाट सामाजिक विकास मन्त्रीमा एमाले कैलालीका अध्यक्ष समेत रहनुभएका दिर्घ सोडारी, आन्तरीक मामीला र कानुन मन्त्रीमा संसदीय दलका नेता प्रकाश वहादुर शाह, भौतीक पुर्वाधार मन्त्रीमा डडेल्धुराबाट विजयी पठानसिह बोहरा र उद्योग पर्यटन बन तथा बातावरण मन्त्रीमा माया भट्टले सपथ ग्रहण गर्नुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री भट्ट सहित आर्थीक तथा योजना मन्त्रीमा अछामबाट प्रदेश सदस

‘राजधानी प्रदेशसभाले निर्क्योल गर्नेछ’ - मुख्यमन्त्री भट्ट

काठमाडौँ — आज पहिलो मुख्यमन्त्रीका रूपमा शपथ लिने ४९ वर्षीय त्रिलोचन भट्ट केन्द्रीकृत राज्य व्यस्थाबाट सदैव उपेक्षामा पारिएको प्रदेशलाई छोटो अवधिमा विकसित र समृद्ध प्रदेश बनाउने तयारीमा छन् डोटीमा रहेको पुख्र्यौली जीर्ण घर नै उनको सम्पत्ति हो । परिवारको लालनपालनका लागि १३ वर्षको उमेरमा भारत पुगेका भट्टको राजनीतिक चेतना पनि भारतमै विकास भयो । प्राथमिक तहको औपचारिक शिक्षा लिएका उनले भारतमा मजदुरी गर्दागर्दै स्वाध्ययन गरे । उनीसँग समृद्ध प्रदेश बनाउने थुप्रै योजना छन् । आफू यो उचाइमा पुगुँला भन्ने कल्पना नगरेका मुख्यमन्त्री भट्ट इमानदार भुइँमान्छेका रूपमा चिनिन्छन् । यस दैनिकको प्रदेश संस्करणका लागि अन्तरवार्ता लिनुपर्ने तय भएको थियो । उनी भेटिए धनगढी बसपार्कको साधारण होटलमा । सरकार गठनको संघारमा रहेका मुख्यमन्त्री भट्टसँग धनगढी संवाददाता डीआर पन्त र अर्जुन शाहले गरेको कुराकानी : प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमाशनिबार सफथ लिँदै हुनुहुन्छ , कस्तो अनुभूति भइरहेको छ ? जनताका प्रतिनिधिबाट बनेको संविधानले दिएको संघीय व्यवस्थाअनुरूप सिंहदरबारमा रहेको अधिकार गाउँगाउँसम्म पुगेको छ । एकात्मक रा

कृष्णपुरमा घरभित्रै महिलाको हत्या

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुरस्थित किचाइमा बुधबार राति एक महिलाको हत्या भएको छ जिल्ला प्रहरी कार्यालयले लाहुकै श्रीमान् बिरु डगौंरालाई हत्या आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरीका प्रहरी निरीक्षक धर्मराज जोशीले बिरुलाई घटनास्थलाटै पक्राउ गरिएको बताए । पारिवारिक विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय लाहु डगौंराको घरभित्रै हत्या भएको हो जिल्ला प्रहरी कार्यालयले लाहुकै श्रीमान् बिरु डगौंरालाई हत्या आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले लाहुकै श्रीमान् बिरु डगौंरालाई हत्या आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरीका प्रहरी निरीक्षक धर्मराज जोशीले बिरुलाई घटनास्थलाटै पक्राउ गरिएको बताए । पारिवारिक विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

दार्चुलाको महाकाली नदीमा लगाइएका तुइन अझै विस्थापित भएनन्

दार्चुला फागुन ०५ गते । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि दार्चुलाका बासिन्दाले तुईन विस्थापित हुने आशा गरेका छन । यसअघि प्रधानमन्त्री भएका बेला पहिलो बैठकमै ओलीले देशभरका तुईन हटाउने घोषणा गरेपनि दार्चुलाको महाकाली नदी माथिका तुईन अझै हटेका छैनन । दार्चुला सदरमुकाम खलंगादेखि माथि महाकाली नदीमा आधा दर्जन बढी तुइन अहिले पनि चालु रहेका छन । ब्यास गाउँपालिकाका, कालागाड, स्याकु, नाजी, डोकट, बर्तीघाट र माल लगायतका ठाउँहरूमा तुइन लगाएर जोखिम मोलेर अहिले पनि महाकाली तनुपर्ने बाध्यता रहेको छ । ब्यास गाउँपालिका २ राप्लाका कमान बुढाथोकीले केपी ओलीको सरकार बनेपछि तुईन विस्थापित हुने आशा पलाएको बताउनुभयो । तुइन विस्थापन कार्यक्रम अन्तर्गत महाकाली नदीमा कालागाड, बडुगाउँ र बसेडी, तिगरम, नाजी, मलघट्या, बर्तीघाट, मालघाट, बाकु र लालीमा पूल निर्माण गरिने उल्लेख थियो तर अहिले सम्म पनि भारतले ती क्षेत्रमा पुल निर्माणमा सहमति जनाएको छैन ।

प्रजातन्त्र दिवश को उपलक्ष्यमा नेपाल तरुण दल र नेवि संघ भारत द्वारा निशुल्क स्वास्थ जाच शिविर

Image
नागेन्द्र जोशी, नयाँ दिल्ली, ४ फाल्गुण नेपाली कांग्रेसको विदेश स्थित भातृ संगठन नेपाल तरुण दल भारत र सि ए ने वि संघ भारत को संयुक्त आयोजना मा ६७ औं प्रजातन्त्र दिवसको अवसर पारेर निशुल्क स्वास्थ जाच शिविर आयोजना गर्दैछ । आगामी १८ फरवरी, आईतवारका दिन दिल्ली को लक्ष्मिनगर मा बिहान १० बजे देखी दिउसो २ बजे सम्म निशुल्क स्वास्थ्य शिविरको आयोजन गर्ने बताएका छ्न । शिविर मा हृदय रोग बिशेषज्ञ, फिजिसियन संग परामर्श, आँखा जाच, सन्तुलित भोजन परामर्श, रक्तचाप, मधुमेहको परिक्षण, ईसिजी लगायतको सेवा लिन सक्ने कार्यक्रम संयोजक नेपाल तरुण दल उत्तर भारत क्षेत्रका अध्यक्ष एल पि पाण्डे ले बताए । राजधानी दिल्ली को लक्ष्मिनगर मा बिद्यार्थी हरुलाई सजिलो र निशुल्क रुपमा स्वास्थ परिक्षण को उदेश्यका लागि यस शिविर को आयोजन गरिएको हो ।

चट्याङ लागेर २२ जना सैनिक घाइते

बैतडी, ४ फागुन – चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको सेनानी बानियाँले जानकारी दिनुभयो । बानियाँका अनुसार तालीममा रहेका सेनाका जवान एक्कासी चट्याङ लागेर घाइते भएका छन् । सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । गम्भीर घाइते पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ ।

शुक्लाफाँटाको घाँसे मैदानमा वैज्ञानिक अनुसन्धान सुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा वैज्ञानिक अनुसन्धानको कार्य सुरु गरिएको छ । निकुञ्जमा डार्बिन परियोजना सुरु भएपछि वैज्ञानिक अनुसन्धानको कार्यलाई अगाडि बढाइएको छ । सिंहपुरफाँटाको २० हेक्टर घाँसे मैदानलाई पाँचवटा ब्लकमा विभाजन गरी हरेक ब्लकलाई फरकफरक क्रियाकलाप गरी वैज्ञानिक परीक्षणको कार्य भइरहेको जुलोजिकल सोसाइटी अफ लण्डन, नेपाल अफिसका निरीक्षण एवं सर्भेक्षण अधिकृत प्रदीपराज जोशीले बताउनुभयो । ‘तीन वर्षदेखि घाँसे मैदानमा रहेका ढड्डी, खरलगायतका वनस्पति काटेर आगो लगाउने, त्यसै छाड्ने, वनस्पति नकाटी आगो लगाउने र काटेर त्यसै छाडिदिने, बन्यजन्तुको उपस्थितिको अभिलेख राख्ने र घाँसको अवस्थालाई हेर्नेलगायतका क्रियाकलाप अगाडि बढाउँदै आएका छौँ’, उहाँले भन्नुभयो, ‘यस्तै विधिका आधारमा वन्यजन्तुको उपस्थिति, व्यवहार अवलोकन गर्ने, वनस्पतिको अवस्थालाई परीक्षण गर्ने र वन्यजन्तुको अनुकूलनका साथै ब्लकको नतिजाअनुसार घाँसे मैदान प्रयोगमा ल्याइने छ ।’ वैज्ञानिक अनुसन्धानको कुन विधि सफल हुन्छ त्यसै आधारमा घाँसे मैदान प्रयोगमा ल्याइने बताउँदै घाँसे मैदानमा यस्तो अनुसन्धानको कार्य नौलो हो । निकुञ्

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका भट्ट नियुक्त

Image
कैलाली, फागुन ३ । प्रदेश ७ को मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको शपथ ग्रहण भने फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए। ४८ वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्। प्रदेश ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन्।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, ४ बजे सपथ

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७३ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी छिन् । निर्वाचन आयोगले बुधबार साँझ राष्ट्रपति समक्ष निर्वाचनको परिणाम बुझाए पछि आज एमाले र माओवादी केन्द्रका शीर्ष नेताका साथ राष्ट्रपति कार्यालय पुगेका ओलीले भावी प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ ग्रहण बिहीबार दिउँसो ४ बजे हुने भएको छ। उनले ४१‌औं प्रधानमन्त्रीका रुपमा सपथ लिने छन् । यसअघि उनले ३८‍औं प्रधानमन्त्रीका रुपमा ९ महिना काम गरेका थिए ।

प्रधानमन्त्री देउवाद्वारा राजीनामा - के पी ओली प्रधानमन्त्री बन्ने निश्चीत

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । उनले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद दिएका छन् । करिव १५ मिनेट लामो सम्बोधनको क्रममा उनले आफ्नो सरकारले गरेका कामहरुबारे जानकारी गराएका थिए। उनले तीन तहको निर्वाचन गराउनु नै आफ्नो सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पुरा गर्न दिएको जिम्मेवारी आफूले सफलतापूर्वक पुरा गरेको बताए। उनले सरकारमा रहँदा विकासमा काम धिमे गतिमा भएको स्विकारेका छन्। उनले आफू प्रधानमन्त्री हुँदा निर्वाचन आचार संहिता लागू भएकोले द्रुत गतिमा विकास गर्न नसकेको बताए। उनले आफ्नो कार्याकलमा बुढी गण्डकी, माथिल्लो तामाकोशी, पोखरा विमानस्थल लगाएका राष्टंरिय गौरवका आयोजनाका काम अघि बढेको दाबी गरे। यसैगरी प्रधानमन्त्री देउवाले तीन तहको निर्वाचन सम्पन्न गराएर संघीय लोकतन्त्रलाई अझै मजबुत बनाएको ब

ओलीद्वारा प्रधानमन्त्रीको लागि दाबी पेस

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्रका शीर्ष नेतासमेतलाई लिएर राष्ट्रपति कार्यालय पुगेका ओलीले भावी प्रधानमन्त्रीमा दाबी पेस गरेका राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । संविधानको धारा ७६ बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सम्भवत: राष्ट्रपतिले बिहीबार नै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ। दुई बाम गठबन्धन मिलेर चुनावमा गएका एमाले र माओवादी केन्द्रको प्रतिनिधिसभामा स्पष्ट बहुमत छ। एमाले र माओवादी केन्द्रले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने पत्र बुझाएपछि ओली दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्रीमा दाबी पेस गर्न एमाले अध्यक्ष ओलीसहित वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, अग्नि खरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक

नेपालले क्रिकेट विश्वकप छनोट खेल्न पाउने

काठमाडौँ, ३ फागुन – आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडामाथि एक विकेटको सनसनी जित निकाल्दै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट खेल्न पाउने भएको छ । नामिबियास्थित वान्डरर्स स्टेडियममा भर्खरै सम्पन्न खेलमा खराब सुरुवात गरे पनि आठौँ नम्बरमा क्रिजमा आएका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तिम बलमा जित निकाल्न सफल बन्यो । करणले ४ छक्का र चार चौकाको मद्दतले अविजित ४२ रन जोडेपछि नेपालले अन्तिम बलमा लक्ष्य भेट्टाएको हो । त्यस्तै ज्ञानेन्द्र मल्लले नौ, दिलिप नाथले ४१, दिपेन्द्र ऐरले १८, सरिफ शेषले २६, रोहितकुमार पौडेलले २७ र सन्दिप लामिछानेले पाँच रन बनाएका थिए । जितसँगै समूह विजेता बन्दै नेपाल विश्वकप छनोट खेल्न पुग्यो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको थियो । ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो । क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । यसअघि नामिब

त्रिलोचन भट्ट बिहिवार मुख्यमन्त्रीमा नियुक्त हुदै

धनगढी फागुन ०३ गते । माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। माओवादी सहित एमाले पार्टीका गरी ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेपछि उनको मुख्यमन्त्रीको बाटो खुलेको हो। बुधवार एमाले र माओवादी केन्द्रका ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेका छन्। ५३ जना सदस्य मध्ये भट्टलाई ३७ जनाले मुख्यमन्त्रीमा समर्थन गरेका हुन्। बुधवार बिहान प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्रीमा नियुक्त हुन स्पष्ट बहुमत पेश गर्न आब्हान गरेका थिए। त्यस लगत्तै माओवादी केद्रका नेता त्रिलोचन भट्टले दुबै पार्टीका प्रदेश सभा सदस्यहरुको आफुलाई समथर्न रहेको भन्दै हस्ताक्षर पत्र प्रदेश प्रमुख मोहनराज मल्ललाई बुझाएका छन्। यो संगै बिहिवार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र फागुन ५ गते सपथ ग्रहण गराउने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। ‘माओवादी केन्द्रका प्रदेश सभा सदस्य त्रिलोचन भट्टले बहुमत प्राप्त गरेको हस्ताक्षर सहितको पत्र प्राप्त भईसकेकोले अब बिहिवार मुख्यमन

त्रिलोचन भट्ट बिहिवार मुख्यमन्त्रीमा नियुक्त हुदै

धनगढी फागुन ०३ गते । माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। माओवादी सहित एमाले पार्टीका गरी ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेपछि उनको मुख्यमन्त्रीको बाटो खुलेको हो। बुधवार एमाले र माओवादी केन्द्रका ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेका छन्। ५३ जना सदस्य मध्ये भट्टलाई ३७ जनाले मुख्यमन्त्रीमा समर्थन गरेका हुन्। बुधवार बिहान प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्रीमा नियुक्त हुन स्पष्ट बहुमत पेश गर्न आब्हान गरेका थिए। त्यस लगत्तै माओवादी केद्रका नेता त्रिलोचन भट्टले दुबै पार्टीका प्रदेश सभा सदस्यहरुको आफुलाई समथर्न रहेको भन्दै हस्ताक्षर पत्र प्रदेश प्रमुख मोहनराज मल्ललाई बुझाएका छन्। यो संगै बिहिवार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र फागुन ५ गते सपथ ग्रहण गराउने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। ‘माओवादी केन्द्रका प्रदेश सभा सदस्य त्रिलोचन भट्टले बहुमत प्राप्त गरेको हस्ताक्षर सहितको पत्र प्राप्त भईसकेकोले अब बिहिवार मुख्यमन

त्रिलोचन भट्ट बिहिवार मुख्यमन्त्रीमा नियुक्त हुदै

धनगढी फागुन ०३ गते । माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। माओवादी सहित एमाले पार्टीका गरी ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेपछि उनको मुख्यमन्त्रीको बाटो खुलेको हो। बुधवार एमाले र माओवादी केन्द्रका ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेका छन्। ५३ जना सदस्य मध्ये भट्टलाई ३७ जनाले मुख्यमन्त्रीमा समर्थन गरेका हुन्। बुधवार बिहान प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्रीमा नियुक्त हुन स्पष्ट बहुमत पेश गर्न आब्हान गरेका थिए। त्यस लगत्तै माओवादी केद्रका नेता त्रिलोचन भट्टले दुबै पार्टीका प्रदेश सभा सदस्यहरुको आफुलाई समथर्न रहेको भन्दै हस्ताक्षर पत्र प्रदेश प्रमुख मोहनराज मल्ललाई बुझाएका छन्। यो संगै बिहिवार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र फागुन ५ गते सपथ ग्रहण गराउने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। ‘माओवादी केन्द्रका प्रदेश सभा सदस्य त्रिलोचन भट्टले बहुमत प्राप्त गरेको हस्ताक्षर सहितको पत्र प्राप्त भईसकेकोले अब बिहिवार मुख्यमन

अज्ञात समुहद्धारा बझाङमा रहेको एनसिएलको टावरमा सकेट बम विष्फोट

फागुन २ गते । देशैभरी विप्लव माओवादीले एनसेलका टावरहरुमा विष्फोट गराईरहेका बेला बझाङको जयपृथ्वी नगरपालीका वडा नम्बर ८ ग्वानीमा रेहेको एनसेलको टावरमा पनि सकेट बम विष्फोट गराएको छ । मंगलबार अज्ञात समुहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बम विष्फोटबाट टावरमा राखिएका चार थान सोलारका पाता र ३ वटा ब्याट्रीमा क्षती पुगेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव निरिक्षक राम सिहँ बोहराले जानकारी दिनुभयो । घटना स्थल तर्फ विमानस्थल सुरक्षा गार्डबाट प्रहरी नायव निरीक्षक रुप सिहँ थापाको नेतृत्वमा प्रहरीको टोली खटाईएको उहाँले जानकारी दिनुभयो । घटनास्थलमा हेर्दा सकेट बम विष्फोटन गराएको जस्तो बुझीनमा आएको बोहराले बताउनुभयो । घटना बारे थप अनुसन्धान भईरहेको र विष्फोटको जिम्मेवारी कसैले नलिएको प्रहरीले जनाएको छ । टावरमा क्षति पुगेपछि त्यस आसपासको एनसेल मोबाईल फोनले काम गर्न छोडेको छ ।

धनगढीमा हुने महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको तयारी तिव्र

धनगढी फागुन ०२ फागुन ९ गतेदेखि धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगिताको तयारी तिव्र पारीएको छ । पहिलो पटक धनगढीमा आयोजना हुन लागेको महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको लाग तयारी तिव्र पारीएको आज धनगढीमा आयोजीत पत्रकर सम्मेलनमा जानकारी दिईएको छ । फागुन ९ देखि १४ गतेसम्म धनगढी स्थीत फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगीताका लागी मुल समिती गठन गरेर तयारी भईरहेको हो । प्रतियोगितामा साविकका ५ विकाश क्षेत्र र विभागिय टोली एपीएफ गरि ६ टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकाश समितिका उपाध्यक्ष समेत रहनुभएका प्रतियोगिताका सयोजक बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । वुमेन अफ द सिरीजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले पुरुष्कार वितरण गरीने छ । प्रतियोगीता आयोजनाका लागी ३८ लाख ६३ हजार खर्च लाग्ने अनुमान गरीएको छ । अहिले मैदान निर्माण र पिच निर्माणको काम भईरहेको र सबै ट वटा टिमको सहभागीता बारे टुङगो लागीसकेको आयोजक कैलाली जिल्ला खेलकुद विकास

महिला घर भित्रै मृत भेटिइन, हत्याको आशंकामा श्रीमान प्रहरी नियन्त्रणमा

अछाम माघ २९ गते । अछामको कमलबजार नगरपालिका वडा नम्बर २ मा एक महिला आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । प्रहरीले दिएको जानकारी अनुसार ३३ बर्षीया पवित्रा खडका आईतवार राती आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । मृतक पवित्राको टाउको लगायत शरिरका बिभिन्न भागमा गहिरो चोट देखिएकोले उनको मृत्यु नभई हत्या हुन सक्ने आशंका प्रहरीले गरेको छ । स्थानीयले खबर गरेपछि सोमवार विहान घट्नास्थल पुगेको प्रहरीले हत्याको आशंकामा मृतकका श्रीमान ३५ बर्षीय केशव खड्कालाई नियन्त्रणमा लिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिनुभयो । शव नजिकै चिर्पट पनि भेटिएकाले चिर्पट प्रहार गरेर उनको हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको न्यौपानेले बताउनुभयो । मृतकका दुई छोरा र दुई छोरी रहेको बुझिएको छ ।

सभामुख थापाले लिए पद तथा गोपनीयताको सपथ, फागुन ६ गते उपसभामुखको निर्वाचन

धनगढी । प्रदेश नम्बर ७ मा निर्विरोध हुनु भएका सभामुख अर्जुनबहादुर थापाले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले सभामुख थापालाई सोमवार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ दिनुभयो । यसअघि सोमवार बसेको प्रदेश संसदको बैठकमा थापा निर्विरोध सभामुख चयन हुनु भएको थियो । प्रदेश सभा सदस्य दीर्घ सोडारीको समर्थन र माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले प्रस्ताव गरेपछि जेष्ठ प्रदेश सभा सदस्य दिब्यश्वरी शाहले थापालाई सभामुख चयन भएको घोषणा गर्नुभएको थियो । सभामुखमा चयन हुन भएका थापा बझाङ ‘ख’ निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन भएको हो । लामो समय शिक्षण पेशा, त्यसपछि विभिन्न संघसंगठनको नेतृत्व गरिसक्नु भएका थापाले अब भने संविधानले दिएको अधिकार अनुसार प्रदेश नम्बर ७ को समृद्धीका लागि खटिने बताउनुभयो । प्रदेश संसदको बैठक फागुन ६ गते उपसभामुखको निर्वाचनको मिति तोक्दै स्थगित भएको छ ।

ओली र प्रचण्ड दुवै अध्यक्ष वा सहअध्यक्ष हुने : आलोपालो प्रधानमन्त्री चलाउने सहमतिनजिक

एमाले र माओवादी एकीकरणनजिक पुगेका छन् दुवै पार्टीका नेताहरूले छलफल सकारात्मक निष्कर्षमा पुगेको जानकारी दिँदै दुई दिनभित्रै एकता संयोजन समितिको बैठकमा छलफल भएपछि एकताको मोडालिटी सार्वजनिक हुने बताएका छन् सरकार गठनअघि नै पार्टी एकता भएमा ओली गठबन्धन होइन, बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री हुनेछन् । एकीकृत पार्टीका रूपमा उनीसँग १७४ सांसदको समर्थन हुनेछ । बहुमतका लागि जम्मा १३८ सांसद आवश्यक हुन्छ । त्यसैले, एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेर निर्वाचन आयोग जाने र सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी गर्ने तयारी छ । ‘एकीकृत पार्टीबाटै सरकार गठन गर्ने गरी मंगलबार अन्तिम छलफल हुँदै छ, अन्तिम टुंगो एकता संयोजन समितिबाट लागेपछि ओली संविधानको धारा ७६ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा प्रधानमन्त्रीमा सर्वसम्मत चयन हुने सम्भावना बढ्दै गएको छ,’ उच्च स्रोतले भन्यो । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार बिहान पुनः एक चरण छलफल हुने भएको छ । त्यसलगत्तै एमाले स्थायी समिति र माओवादी केन्द्रले सचिवालय बैठकबाट दुई नेताको पछिल्लो