Posts

Showing posts with the label शेरबहादुर देउवा

प्रधानमन्त्री देउवाद्वारा राजीनामा - के पी ओली प्रधानमन्त्री बन्ने निश्चीत

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । उनले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद दिएका छन् । करिव १५ मिनेट लामो सम्बोधनको क्रममा उनले आफ्नो सरकारले गरेका कामहरुबारे जानकारी गराएका थिए। उनले तीन तहको निर्वाचन गराउनु नै आफ्नो सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पुरा गर्न दिएको जिम्मेवारी आफूले सफलतापूर्वक पुरा गरेको बताए। उनले सरकारमा रहँदा विकासमा काम धिमे गतिमा भएको स्विकारेका छन्। उनले आफू प्रधानमन्त्री हुँदा निर्वाचन आचार संहिता लागू भएकोले द्रुत गतिमा विकास गर्न नसकेको बताए। उनले आफ्नो कार्याकलमा बुढी गण्डकी, माथिल्लो तामाकोशी, पोखरा विमानस्थल लगाएका राष्टंरिय गौरवका आयोजनाका काम अघि बढेको दाबी गरे। यसैगरी प्रधानमन्त्री देउवाले तीन तहको निर्वाचन सम्पन्न गराएर संघीय लोकतन्त्रलाई अझै मजबुत बनाएको ब...

चिसो पीडितलाई सरकारले २ करोडको दाउरा, कम्मल वितरण गर्ने

सरकारले शितलहरको मारमा परेका तराईका २२ जिल्लामा २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले शितलहरको मारमा परेका तराईका २२ जिल्लामा कम्मल, दाउरा लगायतका न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो ।   प्रधानमन्त्रीको निर्देशनमा शितलहरको मारमा परेका तराईका जिल्लाहरुमा राहत वितरणका लागि बजेट निकासा गरिएको गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । चिसो बढदै गएपछि तराईका विभिन्न जिल्लामा चिसोका कारण दर्जन बढिको ज्यान गईसकेको छ । हिमाली जिल्ला मनाङमा चिसो बढदै गएपछि खानेपानीसमेत जमेका छन । हुम्ला र जुम्लामा चिसोका कारण रुघाकोखीको महामारी फैलिएको छ ।

मजदूरको मासिक ज्याला रु १५ हजार तोक्न पहल गरिने - प्रधानमत्री शेरबहादुर देउवा

Image
प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला रु १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज यहाँ ‘चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले सरकारले तोकेको मजदूरको न्यूनतम ज्याला नौ हजार ७०० धेरै कम भएको टिप्पणी गर्दै भन्नुभयो, “मजदूरले पाउने मासिक रकमबाट कम्तीमा पनि उसको सानो परिवार पाल्नसक्ने हुनुपर्छ।” प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा जान चाहनेलाई स्वदेशमै राम्रो ज्याला दिएर काममा लगाउन सक्नुपर्ने पनि बताउनुभयो । उहाँले दलहरुले निर्वाचनअघि मजदूरका सम्बन्धमा घोषणपत्रमा उल्लेख गरेका विषय कार्यान्वयनमा ल्याउने बेला आएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्रीले तीन तहकै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर सरकारले संक्रमणकालको अन्त्य गरेको बताउँदै अब रोजगारीका अवसर सिर्जनालाई प्राथमिकतामा राखिने बताउनुभयो । कार्यक्रममा बिभिन्न मजदूर संगठनका नेताले श्रम आयोगको गठन हुनुपर्ने, न्यूनतम ज्याला बढाइनुपर्ने लगायत माग अझै पूरा नभएकाले दबाबमूलक कार्यक्रम अगाडि बढाइने बताएका थिए...

प्रधानमन्त्री देउवाद्वारा मतदान

Image
असार १४, २०७४- प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले  स्थानीय तह दोस्रो चरणको निर्वाचनमा बिहान करिव साढे ८ बजे  मतदान गरेका छन् । उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को असिग्राम मावि रुवाखोलास्थित मतदान केन्द्रमा मतदान गरेका छन् । उनका साथमा डा आरुजु देउवा राणाले पनि मतदान गरेकी छिन् । प्रधानमन्त्री देउवा र पत्नी डा. आरुजु देउवा राणा चारदिन अघि नै आफ्नो गृह जिल्लामा आइसकेका थिए । देउवा दम्पती डडेल्धुरा सदरमुकामस्थित स्याउवारी भ्यु टावरमा बसेका थिए ।  प्रधानमन्त्री देउवा मतदान गरि धनगढी फर्कने कार्यक्रम छ । मुख्य निर्वाचन अधिकृत देव कुमार गिरीले जिल्लाका ७७ मतदान केन्द्रमा बिहान ७ बजे देखी डडेल्धुरा जिल्लामा शान्तिपुर्ण ढंगबाट मतदान भइरहेको  जनाएका छन् ।  मतदानका लागि मतदाताहरु उत्साही छन् । मतदाताहरु मतदान गर्न मतदानस्थलमा बिहान ६ बजे नै आइपुगेका थिए । टाढाबाट पैदल हिँडेर आउने मतदाताहरु घरबाट ४ बजे नै निस्केको बताउँछन् । डडेल्धुरा जिल्लामा अमरगढी र परशुराम दुई नगरपालिका छन् भने पाँच गाउँपालिकाहरु रहेका छन् ।