Posts

Showing posts with the label महेन्द्रनगर

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले आइतबार केन्द्रीय कार्यालयमा विभिन्न ३ बुदे माग अघि सार्दै केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो । सुदूपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरिएको समायोजन संघर्ष समितिका संयोजक मानबहादुर चन्दले बताए । उनका अनुसार सुप विश्वविद्यालय र क्याम्पसबीच समायोजन सम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा छन्, सोही अवस्थामा समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरे अनुसार गर्नुपर्ने, सेवा सुविधा तथा सर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजित भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने लगायतका माग अघि सारेर तालाबन्दी गरिएको हो । सुदूर पश्चिम विश्वविद्यालयले पुस ३० गते पहिलो दीक्षान्त समारोह मनाएको थियो । दीक्षान्त समारोह मनाएको ९ दिनमै सुप विश्व विद्यालयमा तालाबन्दी गरिएको छ । गत पुस २९ गते महेन्द्रनगरमा बस...

विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीलाई हाने झापड !

महेन्द्रनगर । शैक्षिक शुल्क तथा परीक्षा फारामको विषयमा विवाद हुँदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीले विज्ञान तथा प्रविधि संकाय प्रविधि संकायमा अध्ययनरत विद्यार्थीलाई झापड हानेको आरोप लागेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका सहायक प्रशासक मीनबहादुर ठगुन्नाले विज्ञान तथा प्रविधि संकायकै पाँचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी गंगादत्त भट्टलाई झापड हानेको विद्यार्थीले जनाएका छन् । विद्यार्थी भट्टले विश्वविद्यालयले शैक्षिक शुल्क स्पष्ट नतोकेको र परीक्षा फारामको विषयमा सहायक प्रशासकलाई बुझ्दा प्रशासकले उल्टै आफूमाथि हातपात गरेको आरोप लगाएका छन् । तर, सहायक प्रशासक ठगुन्नाले भने विद्यार्थीले लगाएको आरोप गलत भएको दावी गरेका छन् । ‘कार्यकक्षमा विद्यार्थीको हुल बढी हुँदा विद्यार्थीलाईं बाहिर जान आग्रह गरेको हुँ,’ उनले भने, ‘शैक्षिक शुल्क नतिरेसम्म परीक्षा फाराम नबुझ्ने बताउँदा विद्यार्थीले शुल्क नबुझाइकन फाराम बुझ्न दबाब दिएका थिए ।’ तर, विश्वविद्यालयले शैक्षिक शुल्क स्पष्ट नतोकेकाले सेमेस्टरमा कति शुल्क तिर्ने भन्ने अन्यौल रहेको विद्यार्थीले बताएका छन् । विज्ञान तथा प्रव...

यातायात कार्यालयका निमित्त प्रमुख सहित ७ कर्मचारी निलम्बित

Image
महेन्द्रनगर :  यातायात व्यवस्था विभागले महाकाली अञ्चल यातायात कार्यालय महाकालीका निमित्त कार्यालय प्रमुख सहित ७ जना कर्मचारीहरुलाई निलम्बन गरेको छ । भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिएको भन्दै सरकारले निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंह सहितका ७ जना कर्मचारीहरु निलम्बन गरेको हो । विभागको आन्तरीक अनुसन्धानपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता डा. टोपराज पाण्डेयले निमित्त कार्यालय प्रमुख सहितका ७ जना कर्मचारीहरु निलम्बन गरिएको पुष्टि गर्नुभयो । उहाँले मन्त्रालयले आवश्यक अनुसन्धानपछि उनीहरुलाई निलम्बन गरेको जानकारी दिनुभयो । ‘मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको हो’ प्रवक्ता पाण्डेयले भन्नुभयो, ‘प्रारम्भिक अनुसन्धान संगै थप प्रभावकारी हिसाबले अनुसन्धान गर्नका लागि सहजहोस भनेर निलम्बन गरेर अनुसन्धान थालिएको हो’ । निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंह घरेलु तथा साना उद्योग कार्यालयबाट ५ महिना अघि मात्रै यातायात कार्यालयमा काज सरुवा हुनुभएको थियो । कार्यालय प्रमुख बाश...

राजमार्ग क्षेत्रका मेयर छाडा पशु व्यवस्थापन गर्न एकजुट

महेन्द्रनगर । छाडा पशुचौपाया व्यवस्थापन गर्ने विषय पूर्वपश्चिम राजमार्गसँग जोडिएका कञ्चनपुरका ४ नगरपालिकाको संयुक्त एजेण्डा बनेको छ । छाडा पशुचौपाया व्यवस्थापन भीमदत्त, कृष्णपुर, बेदकोट र शुक्लाफाँटा नगरपालिकाको एजेण्डा बनेको हो । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएसँगै ४ वटै नगरपालिकाले पशुचौपाया व्यवस्थापनका लागि छलफल समेत थालेका छन् । भीमदत्त नगरपालिकाको पहलमा बिहीबार भएको छलफलमा ४ नगरपालिकाका प्रमुखले छाडा पशुचौपाया व्यवस्थापनमा एक भएर अगाडि बढ्ने निर्णय गरेका छन् । छलफलमा सहभागी ४ वटै नगरका मेयरले पशुचौपाया व्यवस्थापनका लागि एक भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जानकारी दिए । ‘छाडा पशुचौपाया व्यवस्थापनका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्ने निर्णय समेत गरिएको छ,’ विष्टले भने । यसैगरी, छाडा पशुचौपायाको व्यवस्थान गर्न ४ नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने सहमति समेत गरेका छन् । यद्यपी, निर्णय गर्नुअघि सरोकारवालासँग छलफल गरी निष्कर्षमा पुगिने उनले बताए । जिल्ला प्रशासन कार्यालयसँग पनि आवश्यक छलफल गर्ने, सबै पक्षबाट सुझाव संकल...