Posts

Showing posts with the label पेट्रोलीयम पदार्थ मुल्य

पेट्रोलमा प्रति लिटर एक रुपैयाँ घट्यो - आइतबार साझ निर्णय

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रति लिटर एक रुपैयाँ घटाएको छ । निगम संचालक समितिले आइतबार साँझ मुल्य घटाएको हो । नयाँ दर अनुसार अव उपभोक्ताले एक लिटर पेट्रोलका लागि एक सय ३ रुपैयाँ प्रति लिटर तिर्नुपर्नेछ । ‘पेट्रोलमा प्रति लिटर एक रुपैयाँ घटाइएको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने। पेट्रोलमा मुल्य घटेपनि डिजल, खाना पकाउने ग्याँस, हवाइ इन्धन, मट्टितेलमा भने मुल्य समायोजन गरिएको छैन। निगमले मार्च एक तारिखमा भारतीय आयल निगम (आइओसी) बाट प्राप्त मुल्य सूची अनुसार पेट्रोलको मुल्य घटाएको जनाएको छ। नयाँ मुल्य समायोजना पछि १५ दिनको नाफा निगमलाई १५ करोड रुपैयाँ नै हुनेछ। ‘नयाँ मुल्य सूची अनुसार अबको १५ दिनमा निगमको नाफा १५ करोड हुने देखिएको छ,’ गोइतले भने। भारतमा पेट्रोलीयम पदार्थको मुल्य केहि घटेकाले नेपालमा पनि घटाएको उनले बताए। नेपालले आइओसीबाट इन्धन आयात गरि बिक्री वितरण गरिरहेको छ। निगमले आइओसीको मुल्य सूची अनुसार २०७१ असोजदेखि मुल्य समायोजन गर्न थालेको हो। स्वचालित रुपमा मुल्य समायोजन हुने भनिएपनि भारतमा मुल्य घटेर आउँदा धेरै जसो समय निगमले यहाँ घटाउने गरेको छैन। आइओसी...

डिजल, मट्टीतेल, पेट्रोल तथा अन्य पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, १९ माघ – नेपाल आयल निगमले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा रु एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ । नयाँ मूल्य सूचि अनुसार अब पेट्रोल लिटरको १०४ रूपैयाँ पुगेको छ भने डिजेल र मटितेलको समान ८३ रूपैयाँ पर्नेछ । नया मुल्यसुची डिजेल- रु ८३ /- मट्टीतेल- रु ८३ /- पेट्रोल- रु १०४ /-