Posts

Showing posts with the label संस्कृति

घटाल देवताका पुजारी खड्काले छाउगोठ भत्काए, कुप्रथाविरुद्धको अभियानमा साथ

बाजुरा, वैशाख १६ गते । बाजुराको बडिमालिका नगरपालिका–३ पीपल गाउँस्थित दह घटाल देवताका पुजारी रामबहादुर खड्काले छाउगोठ भत्काउनुभएको छ । धार्मिक आस्था र विश्वासलाई बढावा दिने पुजारीले नै छाउगोठ भत्काएका हुन् । छाउगोठ भत्काएपछि खड्काको श्रीमती छोरी र बुहारी छाउ भएका बखत पनि एकै घरमै बस्न थालेका छन् । छाउ कुप्रथाविरुद्धको अभियानमा साथ दिन छाउगोठ भत्काएर घरमै बसाउने गरेको खड्काको भनाइ छ । वडा कार्यालय र संघसंस्थाले दबाब दिएकाले भत्काउन बाध्य भएको खड्काले बताउनुभएको छ । नजिकै देवताको मन्दिर र घरमै पनि देवता राखिएकाले शुरुमा डर लाग्यो तर सबैतिरबाट दबाब आउन थालेपछि एक्लै बाधक भएर बस्नु उचित होइन भनेर आफैँले भत्काएको पुजारी खड्को भनाइ छ । पीपलगाउँमा सात परिवार बस्छन् । गाउँको साझा छाउगोठ भत्काएपछि सबैजना घरमै बस्न थालेका हुन् । खान पकाउन र देवताको नजिक जान भने नदिएको उहाँले बताउनुभएकोे छ । सफा सुग्धर भएमा केही हुँदैन भन्ने थाहा पाएपछि वडा कार्यालय, निगरानी समूह, महिला समूहसहित सबैले गोठ भत्काउन संयुक्त आन्दोलन गर्ने बताएपछि वडाका सबै छाउगोठ भत्काइएको वडा सदस्य विमला खड्काको भनाइ छ । छाउगोठ धामी,...

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन शुरु

रुपन्देही, वैशाख १५। भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गरे। ३८ देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्रा्ष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको छ । गोष्ठीमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंकालगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी भएका छन्। सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वान्हरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् । दुई दिनसम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्रसमेत जारी गर्नेछ। लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन समितिका संयोजक प्रा डा नरेशमान बज्राचार्यले विश्वका पुरातत्वविद् र बौद्ध विद्वान्हरुले लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर प्रचारप्रसार गर्ने बताए। - रासस

आज आमाको मुख हेर्ने दिन

काठमाडौँ, वैशाख ३ गते । जन्म दिने आमाप्रति श्रद्धा प्रकट गर्दै सोमबार आमाको मुख हेर्ने पर्व मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मिष्ठान्न, फलफूल, वस्त्र तथा आभूषण दिएर आमाप्रति आदरभाव गर्ने चलन छ । आमा नहुनेले मातातीर्थ कुण्डमा स्नान गरी दिवङ्गत आमाप्रति श्राद्ध तर्पण दान आदि गरेर आमाप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ । जन्म दिने आमा र जन्म भएको धर्ती स्वर्ग समान हुन् भन्ने पौराणिक मान्यता छ । वंशजअनुसार निःसन्तान भएका तर कानुनअनुसार धर्मपुत्र धर्मपुत्री राखिएका सन्तानले पनि जन्म दिने आमा सरह नै आमाको मुख हेर्ने चलन छ । आमाबाबु बेपत्ता भई अन्यको आश्रयमा रहेकाले पनि आफू पालिएका संस्थामा सुसारेका रूपमा कार्यरतलाई आमा सरह नै मानेर श्रद्धा गर्ने गरिन्छ। वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई वस्त्र तथा भोजन प्रदान गर्ने चलन पनि अचेल चलेको पाइन्छ । गुरु पत्नी, आमाकी दिदी वा बहिनीलाई पनि आमा सरह मानेर सम्मान गर्ने चलन छ । भगवान् श्रीरामले लङ्कामाथि विजय प्राप्त गरेपछि जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी अर्थात् जन्म दिने आमा र जन्म भएको धर्ती स्वर्गभन्दा प्यारो हुन्छ भनेर जितिएको लङ्कालाई परित...

पहाडी जिल्लामा बिसु पर्वको रौनक

Image
धनगढी प्रदेश नम्वर ७ को साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने चलन रहि आएको छ । बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कीएपछि पहाडी जिल्लामा उल्लास छाएको हो । बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहि आएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जन बिश्वास रहेको छ । बैशाख शुरु भएसंगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउने चलन रहेको छ ।

नयाँ वर्ष विसं-२०७५ : शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौँ, वैशाख १ गते । आज विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् । यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् इतिहासकार प्रा डा दीनेशराज पन्त मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विसं चलेको बताउनुहुन्छ । “नेपालमा मात्र मौलिक रुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भए पनि व्यहारमा इस्वी संवत चलेको छ”–उहाँले भन्नुभयो । नेपालमा विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारीसमेत उहाँले दिनुभयो । यी संवतमध्...

बैतडीमा पाँच सय बढी रांगाबोकाको बलि दिईयो

बैतडी,११ चैत- बैतडीको विभिन्न शक्तिपिठहरुमा आज चैत्राष्टमीका दिन लाग्ने जात्रा सम्पन्न भएको छ । ती शक्तिपिठहरुमा बलिसहित पुजाआजा गरी जात्रा सम्पन्न भएको हो । देहीमाण्डौंमा रहेको प्रसिद्ध निंगलासैनी भगवती मन्दिर,दशरथचन्द नगरपालिकामा अवस्थित त्रिपुरा सुन्दरी मन्दिर , मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा बलिसहित जात्रा सम्पनन भएको हो । चैत्राष्टमी दिन लाग्ने मेलामा प्रदेश सातका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय दर्शनार्थीहरु आउने गर्दछन् । प्रसिद्ध निंगलासैनी भगवती मन्दिरमा २२५ रांगा र १०५ बोकाको बलि दिईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै मेलौली भगवती मन्दिरमा ८० बोका र १०० रांगा ,त्रिपुरा सुन्दरी मन्दिरमा १० रांगा र २५ बोकाको बली दिईएको प्रहरीले जनाएको छ । यि मन्दिरहरुमा लाग्ने मेलामा असोज र चैतको महिनामा बली दिने चलन रही आएको छ । मन्दिरमा चैत्राष्टमीका अवसरमा लागेको मेला शान्तपूर्ण रुपमा सम्पन्न भएको मेला व्यवस्थापन समितिले जनाएको छ । यस्तै रामनवमीको अवसरमा जिल्लाका विभिन्न स्थानमा रहेका राममन्दिरहरुमा पूजाआजा गरि रामनवमी पर्व मनाइएको छ । प्रत्येक बर्षको चैतमा हुने ...

चैते दसैँ र रामनवमी आज एकै दिन

काठमाडौँ, चैत ११ गते । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व शनिबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दसैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनुपर्ने शास्त्रीय वचन रहेकाले दुवै पर्व यस वर्ष आइतबार नै परेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमर्ले जानकारी दिनुभयो । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका मा चैत्र शुक्ल नवमीकै दिनश्री रामचन्द्रको जन्म भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभयो । समि...

बैतडीका शक्तिपीठमा भव्य जात्रा

बैतडी,११ चैत- बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा चैतदशैंको अवसरमा जात्रा तथा मेला लागेको छ । प्रत्येक बर्षको चैतमा हुने नवरात्रीमा शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा जारी रहेको स्थानीयहरुले बताएका छन् । बैतडीको देहीमाण्डौंमा रहेको प्रसिद्ध निंगलासैनी भगवती मन्दिर, त्रिपुरा सुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलासैनी भगवती मन्दिरमा पूजाआजा सहित बलि दिने चलन समेत रही आएको छ । चैतको नवरात्रमा चोखोभोको रहेर शक्तिपीठहरुको पूजाआजा गर्ने चलन रही आएको निंगलासैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले जानकारी दिनुभयो । जिल्लाका शक्तिपीठ तथा मन्दिरमा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । निंगलासैनी भगवती मन्दिरमा आज रांगा तथा बोकाको बली दिईने गरिन्छ । यहाँ बैतडी,डडेल्धुरा,दार्चुला र छिमेकी मुलुक भारतवाट समेत दर्शनार्थी आएका छन् । देहीमाण्डौंमा लाग्ने जात्रालाई भव्य रुपमा मनाउनका लागि मेला अवधिभर मदिरा निषेधित क्षेत्र घोषणा गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । जात्रामा कसैले मदिरा सेवन तथा विक्रि वितरण गरेको पाइएमा कानुनी कारवाही गरिने बताइएको छ । यसैबीच पुर्चाैंडी नगरपालिकाको मल्लादेहीमा ...

रामनवमी महोत्सव र जनकपुरको राममन्दीरको इतिहास

हिन्दु संस्कृतिमा हरेक दिनको आ–आफ्नै महत्व रहे पनि मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्म दिन (शुक्ल नवमी तिथि) हरेक हिन्दुका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ । त्यसैले लाखौँ नरनारी रामनवमीको दिन व्रत बसेर आत्मशुद्धि र मोक्ष प्राप्तिका लागि भगवान् श्रीरामको पूजाअर्चना गर्छन् । सम्पूर्ण आर्यावर्तको राम मन्दिरहरूमा लाखौंको सङ्ख्यामा यात्रीहरूका भीड रहेता पनि प्राचीन मिथिलाको राजधानी जनकपुुरधामको राम मन्दिरको आफ्नो विशिष्ट स्थान रहेकाले रामनवमीको अवसरमा स्थानीय रत्नसागर आदि पवित्र सरोवरमा स्नान गरेर राम जानकी मन्दिरमा ठूलो सङ्ख्यामा पुग्ने गरेकोमा हाल यातायातको बढी भएकोले रामनवमीको अवसरमा एक दिन मात्र ठूलो भीड हुन्छ । अद्र्धशताब्दी पूर्वसम्म मार्गशुक्ल पञ्चमीमा विवाह पञ्चमी मेला र चैत्रशुक्ल नवमी रामनवमीको अवसरमा तिरहुतिया गाछीमा ठूलो मेला लाग्थ्यो र लाखौँको भीड हुने गथ्र्यो । अवागमनको असुविधा भए पनि धनुषा, महोत्तरी र सर्लाहीका मात्र होइन सिन्धुली, रामेछाप, उदयपुर र ओखलढुङ्गासम्मका मानिस ठूलो सङ्ख्यामा सहभागी हुने गर्छन् । जनकपुुरधाममा अनेक मठमन्दिर छन् र त्यसमा राम मन्दिर सबैभन्द...

बैशाखमा खप्तड पद यात्रा र काव्य सम्मेलन हुने

धनगढी पर्यटन प्रवद्धन गरी प्रदेश नम्वर ७ लाई आर्थीक समृद्धीको बाटो तर्फ लम्काउन आगमी बैशाखमा खप्तड पद यात्रा र काव्य सम्मेलन गरीने भएको छ । प्रदेश नम्बर ७ को प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा पद यात्रा तथा काव्य सम्मेलनको आयोजना गरीने भएको हो । नेपाली साहित्य तथा सस्कृति प्रतिष्ठान गोदावरीको आयोजनामा बैशाख अन्तिम साता खप्तड पद यात्रा र काब्य सम्मेलन हुने भएको हो । पद यात्रा र काव्य सम्मेलनले प्रदेश नम्बर ७ कोे आर्थिक मेरुदण्डको रुपमा रहेकोे धार्मिक र प्राकृतिक पर्यटनको सम्भावनालाई उजागर गर्ने आशा लिईएको छ । भूस्वर्गका रुपमा चिनिएको खप्तडको पदयात्रा कैलालीको पवित्र धार्मीक स्थल गोदावरीबाट सुरु हुने छ । गोदावरीदेखि गाडिमै सिलगढी सम्म पुगेपनि त्यहाँबाट भने पैदल हिड्दै झण्डै ५० जनाको टोली खप्तड पुगाउने लक्ष्य रहको आयोजक नेपाली साहित्य तथा सस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष पदमराज जोशीले बताए । पदयात्रा र खप्तडमै हुने काब्य सम्मेलनमा नेपाल र भारतका पत्रकार, साहित्यकार र सस्कृतिकर्मीको सहभागिता रहने छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेपाली सेनाका अधिकारीलाई पनि पदयात्राको शुभारम्भका ला...

धनगढीमा बजार ठप्प पारेर होलीसंगै देउडा

फाल्गुन १८ गते । पश्चिम नेपालका जिल्लाहरुमा पनि होली पर्व धुमधामका साथ मनाईदैछ । होली मनाउनका लागि धनगढी, महेन्द्रनगर, टिकापुर, अत्तरिया लगायतका बजारहरु पुर्ण रुपमा बन्द रहेका छन्। धनगढी बजारमा होली मनाउनेहरुको बाक्लो भिड छ। यहाँ युवायुवतीहरु समुह बनाएर होलीमा रमाईरहका छन्। धनगढीको पार्कमोड लगायतका स्थानमा होली बिशेष कार्यक्रम भईरहेको छ। स्थानिय व्यान्डहरुको सांगितिक प्रस्तुतीमा होली खेल्नेहरु रमाईरहेका छन्। यसका साथै होलीसंगै देउडा खेल्नेहरुको जमात पनि ठुलो छ। समुह बनाएर देउडासंगै होली खेल्दै दक्षिणा संकलन गर्ने चलन अनुसार महिला पुरुषहरुको समुह देउडा खेलीरहेको छ। प्रदेश ७ का पहाडी जिल्लाहरुमा हिजो नै होली मनाईएपनि तराईका जिल्लाहरुमा आज धुमधामका साथ होली मनाईदैछ ।

महाशिवरात्रीमा बैतडीको पत्तालभुमेश्वरमा सांस्कृतिक कार्यक्रम

बैतडी,२५ माघ- बैतडीको सुर्नया गाउँपालिका २ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र पत्तालभुमेश्वरमा महाशिवरात्रीको अवसरमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ । “भाषा कला धर्म र संस्कृतिको संरक्षण गरौं, सबै मिलि पत्ताल भुमेश्वर पर्यटकिय क्षेत्रको विकास गरौं” भन्ने मूल नाराका साथ पत्ताल भुमेश्वर युवा जागरण मञ्च (प्रवासी) र पत्ताल भुमेश्वर मेला व्यवस्थापन समितिको आयोजनामा अगामी फागुन १ गते सांस्कृतिक मेलाको आयोजना गरिएको हो । कार्यक्रममा लोक डेउडा गायक भानुभक्त जोशी, माधव विष्ट(कैलाश), महेश विरही,सौगात ओझा लगायतका कलाकारको बेजोड प्रस्तुती रहने भएको छ । धार्मिक तथा पर्यटकिय क्षेत्र पत्तालभुमेश्वरको विकास तथा प्रचारप्रसार गरी यस क्षेत्रलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउनको लागी सांस्कृतिक मेलाको आयोजना गरिएको पत्ताल भुमेश्वर युवा जागरण मञ्च (प्रवासी)का सहकोषाध्यक्ष वीर बहादुर विष्टले जानकारी दिनुभयो । यसका साथै फागुन १ गते महाशिवरात्री अवसरमा प्रवासमा रहेका युवाले आर्थिक संकलन गरी निर्माण गरिएको पत्तालभुमेश्वर मूल प्रवेशद्वार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलामा उप...

ओमविक्रम भन्छन्– सरकारले सहयोग गर्न म राजनेता होइन - मृगौला दाताको पर्खाइमा ‘पप किङ’

न्यूयोर्क — ‘म मौनतामा अल्झिरहेको एउटा जीवन,कहाँ जाने, कसलाई सोध्ने, कसलाई खोज्ने,म आशै आशमा अल्झिरहेको एउटा जीवन’वियोग र आशाले भरिएको यो गीत नेपाली संगीतका पारखीलाई सदैव कर्णप्रिय छ । नेपाली संगीतमा नयाँ आयामको थालनी गरेका ‘पप किङ’ ओमविक्रम विष्टको यो गीत, अहिले स्वयं उनैको जिवनको पर्याय जस्तै बनेको छ । दुवै मृगौलाले काम गर्न छोडेपछि समुद्र पारी ओमविक्रमको ६२ वर्षे जिवनमा मौनता छाएको छ। भोलीको ‘आशै आश’को जिन्दगीमा बाँचिरहेका छन, उनी। ‘प्रभुको ईच्छा भए, फेरि स्टेजमा फर्किनेछु। नत्र, यस्तै त हो जीवनको लिला,’ गलेको आवाजमा उनले भने, ‘सास रहुन्जेलको आश त हो।’ उनीसँग अहिले दुवै मृगौला फेर्नुको विकल्प छैन। मृगौला दानीलाई पर्खनु, उनको नियती हो, अब। एक वर्षभन्दा बढी भयो ओमविक्रम थला परेको। व्यथाले अत्यधिक च्यापेपछि करिब ६ महिनाअघि भेन्टीलेटरमा तीन दिन, तीन रात बस्नुपर्‍यो। ‘यहाँ (अमेरिका) भएर बाँचें,’ मलिन स्वरमा भने। त्यसबेला उनी कनेटीकेटको सेन्टमेरिज हस्पिटलमा सत्र दिन बस्नुपर्‍यो। अहिले पनि हप्तामा तीन दिन, अस्पताल ध्याउनुपर्छ। तीन छोरी र एक छोराका बाबु, ओमविक्रमको हेरचाह अहिले माइली छोरी, ...

थारु समुदायमा माघी पर्वको चहलपहल शुरु

कैलाली, पुस २९ गते । कैलाली, कञ्चनपुरका थारु समुदायको प्रमुख चाडका रुपमा रहेको माघी पर्वको चहलपहल शुरु भएको छ । माघी पर्व नजिकिएसँगै यस क्षेत्रका थारु समुदायमा माघी पर्वको चहलपहल शुरु भएको हो । थारु समुदायमा नर्या वर्षको रुपमा धुमधामसँग मनाउने माघी पर्वमा मिठो मसिनो खाने, नयाँनयाँ लुगा लगाउने, आआफ्नो समूहका दौतरी साथीभाइसँग रमाउनेलगायतका विभिन्न नाचगान गर्ने चलन रहिआएको छ । पर्व मनाउनका लागि दुना, टपरी बनाउने, विभिन्न खाद्यान्न, मासुको जोहो गर्ने तथा अन्य विभिन्न कार्यक्रमको तयारीका लागि थारु समुदायका घरमूली जुटिसकेका छन् । विशेष गरी तीन दिनसम्म मनाइने यो पर्वमा विभिन्न थारु जातिको मौलिक पकवानजस्तै ढिक्री, अण्डिक भात, खुर्मा, घोंघी, गगेंटा, सुटही, मुसाको पकुवा, महुवक दारु, चामलको दारु, निघारलगायत विभिन्न खानाका परिकार खाने र खुवाउने चलन रहिआएको छ । माघी पर्वकै अवसर पारेर थारु समुदायले बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने गर्दछन् भने यसरी बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना पारिवारिक तथा गाउँस्तरमै बनाइने चलन रहेको छ । पर्वकै अवसरमा कैलालीका विभिन्न स्थानमा माघी विशे...

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप

Image
मनकामना, गोरखा, १६ पुस । चार सय वर्ष पुरानो मन्दिरलाई जगैदेखि भत्काएर पुनःनिर्माण भइरहेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप लगाउने काम शुरु भएको छ । मन्दिरको छानामा रहने तामाको पातामा सुनको जलप लगाउने कार्य शुरु गरिएको बताउँदै मनकामना मन्दिर जीर्णोद्धार समितिका सचिव प्रेमकुमार श्रेष्ठले पुरातत्व विभागको मापदण्डअनुसार नै धेरै वर्षसम्म टिक्ने गरी जलप लगाउने कार्य आरम्भ गरिएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “एक तोला सुनले तीन स्वायर तामाको पातामा जलप लगाउनुपर्छ भन्ने पुरातत्व विभागको मापदण्डअनुसार नै जलप लगाएका छौँ ।” पाटनदेखि आएका १२ जना कालीगढ तामाको पातामा सुनको जलप लगाउन व्यस्त छन् । समितिले साढे सात किलोग्राम सुन खरिद गरिसकेको छ । जलप दीर्घकालीन रुपमा टिकाइराख्ने हो भने कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्ने समितिको अनुमान छ । तामाको पातामा लगाएको सुनको जलप कम्तीमा एक सय वर्ष पहेँलो रहन्छ । पानीले नबिगार्ने उक्त जलप परेवाको विष्टीले भने बिगार्ने बताइन्छ । श्रेष्ठले भन्नुभयो, “अहिलेसम्म १३ वटा तामाको पातामा सुनको जलप लगाइसकेका छौँ । सुन तथा ज...

देउडिया एण्ड्रोइड एप - देउडाप्रेमीका लागी खुशीको खबर : पहिलो मोबाइल एप

सुदूर तथा मध्यपश्चिमका देउडा प्रेमीहरुको लागि देउडिया एप गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ । काठमाडौँमा स्थित अनुभबी टेक्नोलोजिज ले सुदूर तथा मध्यपश्चिमकाहरुको लागि देउडा एप गुगल प्ले स्टोर मा सार्वजनिक गरेको छ । सामाजिक संजाल जस्तै सुबिधा रहेको यस देउडिया  एप्लिकेसनमा फेसबुक द्वारा लागिन गर्न मिल्ने र आफुले मन परेको देउडा प्रेसक गर्न मिल्ने व्यवस्था छ। देउडिया एप्लिकेसन डाउनलोड गर्नुहोस देउडा एप मा प्रयोगकर्ता हरु ले देउडा पढ्न सक्नु हुन्छ र आफुलाई मन परेको देउडा लाइक गर्न पनि सक्नु सक्नुहुने अनुभवीका सिइओ भक्तराज भट्टले बताउनु भयो। उक्त देउडा एपमा प्रयोगकर्ता हरुले आफ्नो देउडा पोस्ट पनि गर्न सक्नेछन् र सो सुबिधा को लागि सर्वप्रथम प्रयोगकर्ताले लग इन गर्नु पर्ने हुन्छ । फेसबुकको माध्यम बाट यो एप मा सजिलै लग इन गर्ने सुबिधा रहेको छ । आफुलाई मनपर्ने प्रकारको देउडा गित प्रयोगकर्ताले सजिलै संग पढ्न सक्नु हुनेछ । एप मा ठाडी भाका, रतेरी, हुद्केउलि र धमारी प्रकार समाबेस गरिएका छन् । देउडा गीत नेपालको सुदुरपस्चिमका सम्पूर्ण जिल्ला हरुमा र मध्यपश्चिमका दैलेख, कालिकोट र जुम्ला जिल्लामा एकदम...

अमेरिकाको ह्युस्टनमा पशुपतिनाथ मन्दिर बन्ने

Image
असार २०, २०७४- करिब दुई वर्षको अनवरत प्रयासपछि टेक्सासको ह्युस्टनमा पशुपतिनाथ मन्दिर एवम् सामुदायिक केन्द्र निर्माण हुने भएको छ । अबको दुई महिनाभित्र सो कार्य सम्पन्न हुने आयोजक नेप्लिज् एसोसिएसन अफ ह्युस्टनले जनाएको छ । ह्युस्टनको रिचमण्डस्थित पशुपतिनाथ र राधाकृष्ण मन्दिर निर्माणका लागि करिब ६८ रोपनी जग्गा नेपाली समुदायले आफनो स्वामित्वमा लिनेछ । जग्गा र मन्दिर खरिदसम्बन्धी कार्य आगामी सेप्टेम्बरको अन्तिम सातासम्ममा पूरा हुने भएको हो । हाल सो मन्दिर रहेको ठाउँमा ११ हजार २५० वर्गफिटको पार्किङ, ४ हजार २०० वर्गफिटको भवन छ । जग्गाको लागि ३ लाख ५० हजार डलर मूल्यमा खरिद गरिने र सो स्थानमा पहिलो चरणको कार्य सम्पन्न गर्न ५ लाख अमेरिकी डलर खर्च लाग्ने छ । नेपाली संस्कृति एवम् परम्परा झल्किने मन्दिर र सामुदायिक केन्द्रको स्थापनामा नेपालीहरुको उल्लेखीय सक्रियता रहेको छ । योजनाको दोस्रो चरणमा नेपाली वास्तुकला झल्किने पशुपतिनाथ मन्दिर, सामुदायिक भवन, पाहुना घर, पुस्तकालय, बालबालिकाको लागि खेल मैदानजस्ता आवश्यक कुराहरु निर्माण गरिनेछ । आगामी एक महिनाभित्र आवश्यक पाँच लाख डलर रकम संकलन गरिने आयोजकले...