Posts

Showing posts with the label प्रादेशिक अस्थायी सदरमुकाम

मुक्तक - प्रसंग प्रदेश राजधानीको - नरेन्द्र ऊप्रेती

आज अस्थाई लडौ भोलि स्थाई लडौ लड्ने हाम्रो काम नै हो दाजुभाइ लडौ गए अरुको हैन हाम्रै बाउको जाने हो आउनुस घरलाई रणभुमी बनाइ लडौ यो जिन्दगीमा लुटुपुटु गर्ने एउटी रानी चाहियो ओइलाई कहिले नझर्ने उनको जवानी चाहियो यतीले मात्रै मलाई यार कहाँ पुग्छ लोकतन्त्रमा राजधानी चाहियो * प्रसंग प्रदेश राजधानी लेखक - नरेन्द्र ऊप्रेती

अस्थायी मुकाम बनाउनुपर्ने माग राख्दै वीरगन्ज बन्दको आह्वान

बन्दले जनजीवन प्रभावित वीरगन्ज — बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश २ को अस्थायी राजधानी जनकपुर तोकेपछि वीरगन्जमा त्यसको विरोध भएको छ । वीरगन्जवासीले आफ्नो जिल्लालाई अस्थायी राजधानी नबनाएको विरोधमा आज वीरगन्ज बन्दको आह्वान गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। वीरगन्जको मुख्य चोकमा टायर बालेर प्रदर्शनमा उत्रेका प्रदर्शकारीहरुले वीरगन्जलाई अस्थायी मुकाम तोकिनुपर्ने माग राखेका छन्। त्यहाँको घण्टाघर माइस्थान लगायतका चोकमा प्रदर्शन भइरहेकोले कुनै पनि यातायातका साधन चलेका छैनन्। अस्थायी राजधानी माग गर्दै त्यहाँ सुरुभएकाे रिले अनशन पनि जारी नै छ। अनशनको आज १४ औं दिन हो ।वीरगंजलाई प्रदेश राजधानी नबनाएसम्म अनशन नरोकिने संघर्ष समितिले बताएको छ ।

प्रादेशिक अस्थायी सदरमुकाम - दिपायलमा बिहानैबाट प्रदर्शन

डोटी — सरकारले अस्थायी प्रदेशको राजधानी धनगढी तोकेको विरोधमा बिहीबार पनि डोटी तनावग्रस्त छ । बिहानबाटै प्रदर्शनकारीहरु सडकमा उत्रेर नाराबाजी गरिरहेका छन् । प्रहरी र सशस्त्रको गस्ती डोटीमा व्यापक बढाइएको छ । सिलगढी, दिपायल, राजपुरमा प्रदर्शनकारीको उपस्थिति बढ्दै गएको छ । बाटो बाटोमा सिसा ढुंगा राखेर सडक अवरुद्ध पारिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाको चर्को आलोचना गरिरहेका छन् । प्रधानमन्त्री देउवाको शव बनाएर नगरपरिक्रमा गर्दै विरोध जनाइरहेका छन् । कांग्रेसका जिल्ला जिल्ला सचिव सहित क्षेत्रीय सभापति, नगर सभापति लगायत सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रेका छन् । संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले अनिश्चित आम हड्ताल भन्दै आन्दोलनलाई थप चर्काउने चेतनावनी दिएका छन् । यसअघि १३ सम्म लगातार आम हड्तालमा उत्रेका स्थानीयले आन्दोलनको स्वरुप फेर्दै धर्ना र अनसन सुरु गरेका थिए । सरकारले अप्रिय निर्णय गरेको भन्दै बुधबारबाट पुन: जिल्ला ठप्प पारिएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताए । डोटीको दिपायल, पिपल्ला, राजपुर, सिलगढी , गोपघाट लगायतको बजार पूर्णरुपमा ...

प्रादेशिक अस्थायी सदरमुकाम - धनकुटा तनावग्रस्त, निषेधाज्ञा जारी

क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी धनकुटा — धनकुटामा जारी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बिहीबार दिउँसोदेखि लागु हुने गरी प्रशासनद्वारा अनिश्चितकालिन निशेधाज्ञा जारी गरेको छ । प्रशासनले पूर्वमा बिहीबारे हाट, पश्चिममा लोकसेवा, उत्तरमा स्कुलडॉडा र दक्षिणमा जिरो प्वाइन्ट क्षेत्रभित्र निशेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ। निषेधित क्षेत्र घोषणा भएपछि सडकमा समूहमा हिँड्डुल गर्न नपाइने सूचना जारी भएपनि प्रदर्शनकारीले उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन्। सरकारले प्रादेशिक अस्थायी सदरमुकाम अन्यत्र तोकेको विरोधमा आक्रोशित धनकुटावासी बिहानैदेखि आन्दोलनमा उत्रिएका थिए। जिल्लालाई प्रदेश नं.१ को राजधानी घोषणा गर्नुपर्ने माग राख्दै पाँच सातादेखि आन्दोलनमा उत्रिएका स्थानीय विराटनगर अस्थायी मुकाम तोकेपछि अझ आक्रोशित बनेका छन्। निशानामा सरकारी कार्यालय यसैबिच सयौंको संख्यामा रहेका प्रदर्शनकारीले सरकारी कार्यालयलाई निशाना बनाउन थालेपछि स्थिति हिंसात्मक बनेको थियो। पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरिएको छ। उपप्रशासक सेवन्तराज दाहाल कार्यालयको माथिल्लो तलामा रहेको निवासमा रहेका बखत आगज...