Posts

Showing posts with the label सदरमुकाम

गाउँपालिका केन्द्र सार्ने निर्णय बिरुद्ध स्थानीय आन्दोलित

अछामको रामारोशन गाउपालिकाको केन्द्र सार्ने निर्णय बिरुद्ध मुजाबगरका स्थानीय आन्दोलित भएका छन् । हाल अस्थायी रुपमा केन्द्र कायम रहेको रामारोशन गाउँपालिका–३ शान्तडास्थित मुजाबगरबाट सोही वडाको गैरीखेत भन्ने ठाउँमा केन्द्र कायम गर्ने बिषयमा गाउँ सभाले गरेको निर्णयका बिरुद्ध मुजाबगरका स्थानीय आन्दोलित भएका हुन् । आईतबार र सोमबार दुई दिन सम्म चलेको गाउँ सभाले गाउँपालिकाको केन्द्र मुजाबगरबाट करिव डेढ किलोमिटरको दुरीमा रहेको गैरीखेत भन्ने ठाउँमा कायम गर्ने निर्णय गरेको थियो । गाउँ सभाको उक्त निर्णयका बिरुद्ध मुजाबगरका व्यापारीले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन् । तालबन्दीसँगै स्थानीयले आजदेखि बजार यातायात समेत बन्द गराएका छन् । गाउँपालिकाको केन्द्र मुजाबगर राख्ने कि गैरीखेतमा राख्ने भन्ने बिषयमा गाउँसभामा सहमति हुन नसक्दा मतदान प्रक्रियाबाट केन्द्र सार्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो । सबै दलहरुले मतदान प्रक्रियाबाट जुन निर्णय हुन्छ त्यो मान्ने भने पनि मुजाबगरका स्थानीयले आफ्नो पक्षमा परिणाम नआउँदा आन्दोलन गरेको उपाध्यक्ष रावलले बताउनु...

सदरमुकाम सार्ने निर्णयको विरोधमा आन्दोलन

रुकुम (पूर्व) — जिल्ला सदरमुकाम सार्ने निर्णय गरिएपछि रुकुमकोटबासी आन्दोलीत भएका छन् । देशको कान्छो जिल्लाको मान्यता पाएको रुकुम पूर्वको सदरमुकाम अन्यत्रै सार्ने मन्त्रिपरिषद्को निर्णय गलत भएको भन्दै रुकुम पूर्वको सदरमुकाम रुकुमकोट र त्यस आसपासका सर्वसाधारण आन्दोलीत भएका हुन् । बिहीबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा रहेको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, को गोलखाडामा सार्ने निर्णय गरेको छ । उक्त निर्णयको विरोधमा रुकुमकोटबासीले बिहीबार रातिदेखि जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् भने राति मसाल जुलुस पनि निकालेका थिए । रुकुमकोटबाट जिल्ला सदरमुकाम गोलखाडा सार्न नदिन सडक अवरुद्ध गरेको स्थानीय केशवचन्द्र समालले बताए । ‘सबैलाई न्याय हुने गरी भएको सदरमुकाम अन्यत्रै सार्नु भनेको जनतालाई दु:ख दिनु हो,’ उनले भने, ‘यस विरुद्ध हामी जिल्लाबासी आन्दोलीत भएका छौं ।’ राति नै आवश्यक सरसामान सार्नसक्ने भन्दै कतिपय स्थानीय रातिदेखि नै जिल्ला प्रशासन कार्यालयको प्रांगणमा बसेका छन् भने कतिपय सडकमै बसेका छन् । उनीहरुले रुकुमकोट प्रवेश र रुकुमकोटबाट बाहिरीने ...

दुर्घटनालाई न्युनिकरण गर्न डडेल्धुरा ट्राफिक सक्रिय

Image
जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले दुर्घटना न्यूनिकरणका लागि सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ । चाडपर्व नजिकिएसँगै सवारी नियम उल्लंघनका घटनामा बृद्धि हुन थालेपछि सवारी चेकजाँचलाई तीब्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले जनाएको छ । नजिकिँदै गरेको हरितालिका तीज, गौरा पर्व, बडादशैं तथा तिहारको समयमा हुने दुर्घटनाको जोखिमलाई कम गर्न सवारी चेकजाँच कडाइ पारिएको कार्यालयका प्रहरी नायव निरीक्षक कृष्ण पुजाराले जानकारी दिएका छन् । जिल्लाका अन्य ग्रामीण रुटमा समेत सवारीसाधन चेकजाँचमा कडाइ पारिएको उनले बताए । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, बसमा क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, ब्लूबुक बिना सवारी सञ्चालन, बिना हेलमेट मोटरसाइकल सञ्चालन र ओभरटेक लगायतका गलत प्रवृत्तिका कारण सवारी दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले सक्रियता बढाएको हो । चाडपर्वको समयमा नियम विपरित सवारीसाधन सञ्चालन गर्ने गाडी धनी तथा गाडी चालकलाई कानून बमोजिम कारवाही गर्ने समेत प्रहरी नायव निरीक्षक पुजाराले बताएका छन् । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा पछिल्लो समय अनावश्यक रुपमा ...