Posts

Showing posts with the label सानुकुमार श्रेष्ठ

प्रदेश ३ समितिका सभापतिको शपथ - सभामुख सानुकुमार श्रेष्ठको कार्यकक्षमा पद र गोपिनियताको शपथ ग्रहण

हेटौँडा, चैत १६ गते । प्रदेशसभा नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाअन्तर्गत रहने विभिन्न पाँच समितिमा निर्विरोध निर्वाचित हुनुभएका सभापतिलाई बिहीबार आफ्नो कार्यकक्षमा पद र गोपिनियताको शपथ ग्रहण गराउनुभएको छ । शपथ ग्रहण गर्नुहुने प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेल - ललितपुर, अर्थ तथा विकास समितिको सभापतिमा सरेश नेपाल - सिन्धुपाल्चोक, सार्वजनिक लेखा समितिको सभापतिमा न्हुछेनारायण श्रेष्ठ - काठमाडौँ, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल - चितवन र उद्योग, पर्यटन, वातावरण समितिको सभापतिमा रमा आलेमगर - काठमाडौँ हुनुहुन्छ । त्यस अवसरमा पाँचवटै समितिका सभापतिले प्रदेशसभा सचिवालयमा पदभार ग्रहण गर्नुभयो । विहिबारै प्रदेश सचिवालयमा बसेका विभिन्न समितिका छुट्टाछुट्टै बैठकले ती समितिका सभापतिलाई निर्विरोध निर्वाचित गरिएको घोषणा गरिएको थियो । यही चैत्र १४ गते अपराह्न ३ देखि ५ बजेसम्म समितिका सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएकामा पाँचै समितिमा एक÷एक जनाको मात्र उम्मेदवारी दर्ता भएकाले निर्विरोध निर्वाचन भएको प्रदेशसभाका प्रमुखसचिव भरतकुमार बुढाथ...