आर्थिक अभावले कृष्ण माध्यमिक विद्यालय बन्द हुने अवस्थामा
महेन्द्रनगर, । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ मा रहेको एक विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । शुक्लाफाँटा नगरपालिकाका वडा नम्बर ७ कसरौलमा रहेको कृष्ण माध्यमिक विद्यालयसँग शिक्षकलाई तलब दिन आर्थिका स्रोत साधन नभएपछि विद्यालय सञ्चालन गर्न नसकिने अबस्थामा पुगेको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताए । उनका अनुसार विद्यालयले निजि स्रोतका शिक्षकलाई तलब दिन सकेको छैन् । ‘निजि स्रोतका शिक्षकलाई चालु आर्थिक वर्षको सुरुदेखि तलब दिन सकिएको छैन्, शिक्षकहरुले पढाउन छाड्यो भने विद्यालय नै बन्द हुन्छ,’ प्रधानाध्यापक जोशीले भने । विद्यालयमा निजि स्रोतका ६ जना शिक्षक रहेका उनले बताए । उनका अनुसार निजि स्रोतका शिक्षकले निम्न माध्यमिक र माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन् । विद्यालयका ६ जना निजि स्रोतका शिक्षकलाई मासिक ७५ हजार रुपैयाँ दिनुपर्ने प्रधानाध्यपक जोशीले बताए । ‘विद्यालयसँग एक रुपैयाँ छैन्, १/२ महिना तँ विद्यार्थीले भर्ना शुल्क बाफत दिएको रकमबाट निजि स्रोतका शिक्षकहरुलाई तलब दियौ,’ प्रधानाध्यापक जोशीले भने । सरकारले निशुल्क शिक्षा प्रदान गर्ने भनेपनि वि...