Posts

Showing posts with the label मन्त्रीकै अगाडी उपमहानगरका प्रमुख कुटिए

मन्त्रीकै अगाडी उपमहानगरका प्रमुख कुटिए

जनकपुरधाम :  शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहसंगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत स्थानीयद्वारा कुटिएका छन्। जनकपुर नगरक्षेत्रमा एडिबीको ऋण सहयोगमा संचालित एकिकृत विकास आयोजनाको स्थलगत अनुगमनको लागि मंगलबार विहानै विभिन्न सम्बन्धित कार्यालयका प्रमुखहरुसहित मन्त्री साह स्थानीय विद्यापति चोक पुगेका थिए। आयोजनाको काममा भईरहेको ढिलासुस्ती र ठेकेदारको लापरवाहीका विषयमा मन्त्री साहलाई नगरवासीले गुनासो गरेपछि अनुगमन गर्ने निधो गरिएको थियो। विद्यापति चोकमा निर्माण व्यवसायीले सडक निर्माणको क्रममा ठूलो खाल्डो खनेर जथाभावि छाडेको अवस्थामा देखेपछि मन्त्री साहले आक्रोशित हुदैं त्यहाँ उपस्थित ठेकेदार बलराम महतोलाई हप्काए। मन्त्री साहले ठेकेदारलाई झपार्दै भने, ‘के हो यसरी सडकमा खाल्डो खनेर मान्छे मार्ने ?' मन्त्रीले स्थलगत अनुगमन गरेको देखेर सडकको कारण सास्ती भोग्न बाध्य स्थानीयहरु पनि आफ्नो गुनासो राख्न थाले। यसै क्रममा मन्त्री साहले सडक आयोजनाको काममा भएका ढिलासुस्ती हटाउन विभिन्न सम्बन्धित कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिईरहेक...