Posts

Showing posts with the label धुर्मुस सुन्तली फाउन्डेशन

धुर्मुस सुन्तली फाउन्डेशनले १५० बालबालिका लाई विद्यालय भर्ना

Image
बैसाख १३, धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन्। फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै सो बस्तीका विपन्नका बालबालिकालाई बस्तीकै छेउमा रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना गराउनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य भरतप्रसाद साहले विद्यालयलाई शैक्षिक गुणस्तर सुधार्न रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभयो । गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले शिक्षामा देखिएको बेथितिलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो ।