Posts

Showing posts with the label चिनियाँ कम्युनिस्ट पार्टी

चिनियाँ उपप्रधानमन्त्री पाकिस्तानबाट आज काठमाडौ आउँदै

Image
को को छन् चिनियाँ प्रतिनिधिमण्डलमा काठमाडौं : चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली सोमबार साँझ पाकिस्तानबाट बिशेष बिमानमा नेपाल भ्रमणमा काठमाडौं आउँदै छ । नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीका तहमा उच्चस्तरीय भ्रमण चीनतर्फ भइरहे पनि चीनबाट भने करिब ६ वर्षपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो । साँझ ६ः१५ बजे चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं उत्रनेछ । टोलीमा दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना रहनेछन् । चिनियाँ उपप्रधानमन्त्रीलाई होटल सोल्टीमा बस्ने प्रबन्ध मिलाइएको छ । ६२ बर्से उपप्रधानमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुन् । चिनियाँ स्टेट काउन्सिलका प्रमुख नेतामध्ये वाङ पनि एक हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको ग्वाङडोङ प्रान्तीय कमिटीका सचिवका रूपमा उनले २००७ देखि २०१२ सम्म काम गरेका थिए । चीनले हालैका वर्षमा नेपालको व्यापार, पर्यटन, कनेक्टिभिटी र उद्योगमा लगानी बढाएको छ । सुरक्षा र राजनीतिक मामिलामा पनि चीनको सहयोग बढ्दै गएको छ । चीन र भारतबीच डोक्लाम क्षेत्रमा उत्पन्न विवाद चर्किरहेका बेला ...