Posts

Showing posts with the label सांसदहरुको तलब

मुख्यमन्त्रीको तलब ६३ हजार, अन्य मन्त्रिहरु तथा सांसदहरुको तलब सहित

प्रदेश ७ का मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलव सुविधा तोकिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पारिश्रमिक लगायत सेवा सुविधासम्बन्धी निर्णय गरेको हो । अब मुख्यमन्त्रीले पारिश्रमिकसहित मासिक ६२ हजार ९ सय ७० रुपैयाँ पाउने छन् । प्रदेश मन्त्रीहरुले पारिश्रमिक सहित मासिक ५४ हजार बुझ्नेछन् । सभामुखले ५६ हजार ५ सय पाउनेछन् । मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुले सरकारी आवास सुविधा पनि पाउने छन् । ‘सरकारबाट तोकिए बमोजिम प्रदेश मन्त्रीपरिषद्का सदस्य र सांसदहरुको सेवा सुविधा निर्धारण गरेका हौं’, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले भने । त्यसैगरी उपसभामुख र विपक्षी दलको नेताले मासिक ५३ हजार २ सय ५० प्राप्त गर्नेछन् । साथै आवास भत्ताका लागि १२ हजार थप बुझ्नेछने । दलका सचेतक र समितिका सभापतिहरुले पनि १२ हजार रुपैयाँ आवास भत्तासहित ६२ हजार ७ सय रुपैयाँ पाउनेछन् । प्रदेश सांसदहरुले आवास भाडासहित एकमुष्ट ५९ हजार मासिक रुपमा प्राप्त गर्नेछन् । बैठक तथा भ्रमण भत्ता र फर्निचर वाफतको रकम मुख्यमन्त्री, मन्त्री, सभामुख लगायत सांसदहरु सबैलाई उपलब्ध हुनेछ । प्रदेशमा मुख्यमन्त्री तथा म...