Posts

Showing posts from March, 2018

कैदीबन्दीले ढाका टोपी बुनेर दैनिक हजार कमाइ गर्दै

गाईघाट, उदयपुर, चैत १७ गते । जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन् । केही वर्षदेखियता आएर बाँसको मानिस बस्ने मुढा बनेर कमाइ गर्न थालेका जिल्ला कारागार शाखाका कैदीबन्दीमध्ये १४ जना कैदीले अहिले ढाका टोपी बुन्ने सीप सिकेर अहिले दैनिक रु एक हजार कमाइ गर्न थालेको कारागार शाखा उदयपुरले जनाएको छ । जिल्ला कारागारमा ढाकाको टोपी बन्नका लागि प्रशिक्षकका रुपमा मोरङ कारागारबाट दुई जना कैदी मुस्ताङ राई र कुवेर तिम्सिनालाई सरुवा गरेर ल्याएपछि कारागारको १४ जना कैदीले अहिले ढाकाटोपी बुन्ने सीप सिकेर टोपी बुन्ने र बिक्री कार्य शुरु गरेको कारागार शाखा उदयपुरका प्रमुख मुकुन्द ढकाल बताउनुभयो । जानेर वा नजानेर गरेका गल्तीको प्रायश्चित गर्न र कानूनले तोकेबमोजिम सुधार हुन र गर्नका लागि कारागारमा केही कैदीबन्दीले बन्दी जीवन बिताउँदै आएको कारागार प्रमुख ढकाल बताउनुहुन्छ । भोलि जेलबाट मुक्त भएपछि पनि कारागारमा सिकेको सीप सिकेर शान्तिपूर्ण जीवनयापन गर्न सकुन् भनेर यो टोपी बुन्ने प्रशिक्षक ल्याएर व्यापक टो

पार्टी एकीकरणको लागि आन्तरिम विधान तयार हुदैछः एमाले उपाध्यक्ष रावल

धनगढी। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता छिट्टै हुने बताएका छन्। पार्टी एकीकरणको लागि आन्तरिम विधान तयार भएको बताउँदै उनले छिट्टै एकीकरणको प्रक्रिया टुंगिने बताए। शनिबार गेटा विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी एकतामा कुनै अवरोध नभएको बताए। संविधानमा देखिएको मत भेद अन्त्यको लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग सरकारले सहकार्य गर्न खोजेको पनि उनले स्पष्ट पारे। अझैपनि संविधानमा देखिएको केहि मतभेद अन्त्यको लागि सहकार्य गर्न खोजेको तर त्यसको अर्थ सरकारमा बहुमत र्पुयाउन लाई नभएको बताए।

अस्पतालमै छैन सिटामोल: अस्पतालबाट अरू के आस गर्ने?

जाजरकोट, १७ चैत्र - सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन्। जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव भएको छ। यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको सेवाग्राहीको गुनासो छ। बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो।अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन चक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिसिलीन, बुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिको अभाव छ। मौसम परवर्तनसँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ। तर, निःशुल्क पाइने औषधिसमेत नपाइँदा सेवाग्राही मर्कामा छन्। भेरी नगरपालिका–२ की विमला थापा टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएपछि जिल्ला अस्पताल आइन्। चेकजाँचपछि उनलाई डाक्टरले औषधि लेखिदिए। तर, अस्पतालमा औषधि पाइनन्। सिटामोलसमेत अस्पतालमा नभएपछि मेडिकलमा किन्नुपरेको उनले गुनासो गरिन्। भन्छिन्, ‘केही समयअघि कुनै पनि

पोल सार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, ५ जना घाईते

बागलुङ, १७ चैत्र, जिल्लाको दक्षिण भेगमा अवस्थित जैमिनी नगरपालिका ४ सर्कुवामा बिजुलीको पोल सार्ने क्रममा शुक्रबार करेन्ट लागेर जैमनी ५ बिनामारेका २४ बर्षिय चन्द्र बहादुर थापा क्षत्रीको मृत्यु भएको छ । अन्य ५ जना घाईते भएका छन । करेन्ट लागेर घाइते हुनेमा जैमिनी नगरपालीका ५ का ३४ बर्षका होमनाथ शर्मा, सोही वडाका ६८ बर्षका धन बहादुर नेपाली, दुर्गा बहादुर परियार, ३४ बर्षका चित्रनाथ उपाध्यय र सोही वडाकै रमेश प्रसाद आचार्य छन् । काठको कच्ची पोल रहेको ठाउँमा फलामको पक्की पोल राख्दा पोलले तारमा छोएर करेन्ट लागेको कुस्मीसेरा प्रहरी चौकीका इन्चार्ज देवराज बानियाँले जानकारी दिए । लाईन नकाटी काम गरेको र काम गर्ने क्रममा नेपाल बिद्युत प्राधिकरण वलेवा शाखाका नारायण भनिने प्राविधिक घटनास्थलबाट केही पर भएका बेला घटना भएको हो । घाइतेहरुको बिनामारे स्वास्थ्य चौकीमा उपचार नभएपछी धौलागिरी अन्चल अस्पताल पठाईएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था हातखुट्टा नचल्ने तर बोल्न सक्ने रहेको अस्पतालले जनाएको छ । प्राधिकरणको कर्मचारीलाइ सहयोग गर्नका लागी छिमेकी वडाबाट सो मानिसहरु पोल फेर्नका लागी गएका थिए ।

नेपालले भारतलाई दियो महाकालीमा पुल बनाउने अनुमति

दार्चुला, १६ चैत्र। नेपाल सरकारले अन्तर्रा्ष्ट्रिय सीमा नदीका रुपमा रहेको महाकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिनापछि अनुमति दिएको छ । भारतीय पक्षले माग गरेको ठाउँमा तीन वटा पुल लगाउन शुक्रबार नेपाल सरकार गृह मन्त्रालयबाट अनुमति प्राप्त भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्रमा पर्ने ब्यास गाउँपालिका–२ को नजांग, लखनपुर र छाङकङरे खोलामा अस्थायी काठेपुल लगाउन नेपाल सरकारसँग अनुमति माग गरेको थियो। कैलाश मानसरोवर जाने तीर्थयात्री तथा सौका समुदायको हुने बसाइँसराइलाई मध्यनजर गर्दै केही समयका लागि मात्रै अनुमति दिएको प्रजिअ गौतमले जानकारी दिए। यसअघि भारतीय पक्षले नेपालको सहमति बिना नै ब्यास गाउँपालिका–२ को ताम्पाक, नजांग, घाटीबोगड, मल्लो घाटीबोगड र वडा नं १ को छाङकाङरे र बुदी खेलामा अस्थायी काठेपुल लगाएर भारतपट्टि निर्माण भइरहेको सडकमा काम गर्ने मजदुरलाई आवतजावत गराइरहेको थियो भने नेपाली भूमिमा डेढ किमी कच्ची सडक र झण्डै दुई किमी बाटोसमेत निर्माण गरेको थियो। रासस

धनगढी प्रिमियर लिगको पुर्वसन्ध्याः ६ वटै टिमका कप्तान द्वारा ट्रोफी सार्बजनिक

धनगढी, १६ चैत्र, भोलीदेखि धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक गरिएको छ । डिपिएलको दोस्रो संस्करणको पुर्वसन्ध्यामा ट्रफी सार्वजनिक गरिएको हो । खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा आज एक कार्यक्रम गर्दै आयोजकले ट्रफी सार्वजनिक गरेको हो । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र सहभागी ६ वटै टीमका कप्तानहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । प्रतियोगितामा सहभागी साविक विजेता टीम धनगढीका कप्तान सोमपाल कामी, कञ्चनपुर युनाईटेडका कप्तान विनोद भण्डारी, रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ती गौचन सिवाईसी अत्तरीयाका कप्तान सुवाश खकुरेल, काठमाण्डौ गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ल र विराटनगर किंग्सका कप्तान पारस खड्का सहित धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले खेल मैदान ट्रफी सार्वजनिक गरेका हुन । ट्रफी सार्वजनिक कार्यक्रममा वोल्दै ६ वटै टीमका कप्तानहरुले धनगढी प्रिमियर लिगले नेपाली क्रिकेटको विकासमा योगदान गर्ने वताएका छन । उनीहरुले नेपालले एकदिवसीय मान्यता पाएपछि पहिलो पटक हुन लागेको सर्वाधिक पुरस्कर राशीको क्रिकेट प्रतियोगिताले नेपाली राष्ट्रिय क्रिके

प्रदेश ३ समितिका सभापतिको शपथ - सभामुख सानुकुमार श्रेष्ठको कार्यकक्षमा पद र गोपिनियताको शपथ ग्रहण

हेटौँडा, चैत १६ गते । प्रदेशसभा नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाअन्तर्गत रहने विभिन्न पाँच समितिमा निर्विरोध निर्वाचित हुनुभएका सभापतिलाई बिहीबार आफ्नो कार्यकक्षमा पद र गोपिनियताको शपथ ग्रहण गराउनुभएको छ । शपथ ग्रहण गर्नुहुने प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेल - ललितपुर, अर्थ तथा विकास समितिको सभापतिमा सरेश नेपाल - सिन्धुपाल्चोक, सार्वजनिक लेखा समितिको सभापतिमा न्हुछेनारायण श्रेष्ठ - काठमाडौँ, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल - चितवन र उद्योग, पर्यटन, वातावरण समितिको सभापतिमा रमा आलेमगर - काठमाडौँ हुनुहुन्छ । त्यस अवसरमा पाँचवटै समितिका सभापतिले प्रदेशसभा सचिवालयमा पदभार ग्रहण गर्नुभयो । विहिबारै प्रदेश सचिवालयमा बसेका विभिन्न समितिका छुट्टाछुट्टै बैठकले ती समितिका सभापतिलाई निर्विरोध निर्वाचित गरिएको घोषणा गरिएको थियो । यही चैत्र १४ गते अपराह्न ३ देखि ५ बजेसम्म समितिका सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएकामा पाँचै समितिमा एक÷एक जनाको मात्र उम्मेदवारी दर्ता भएकाले निर्विरोध निर्वाचन भएको प्रदेशसभाका प्रमुखसचिव भरतकुमार बुढाथ

धरहरा निर्माणको माग गर्दै प्रमलाई ज्ञापन

काठमाडौँ, चैत १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूकम्पपछि भत्किएको धरहरा निर्माण गर्न माग गर्दै बिहीबार ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाउँ, धरहरा बनाउँ’ स्थानीय संघर्ष समतिले हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ‘मेरो धरहरा मै बनाउँछु’ अभियानलाई सफल पार्दै धरहराको निर्माणका लागि ज्ञापनपत्र बुझाइएको संयोजक वेदप्रकाश गौतमले जानकारी दिनुभयो । उनीहरुले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका निजी स्वकीय सचिव उपसचिव युवराज दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा राष्ट्रिय सम्पदा धरहरा वरिपरि अन्य कुनै व्यापारिक भवन निर्माण गर्न नहुने र उक्त स्थललाई पर्यटकीयस्थल बनाइनुपर्ने माग पनि उल्लेख गरिएको छ । ज्ञापन बुझ्दै प्रधानमन्त्रीका निजी सचिव उपसचिव दाहालले ऐतिहासिक धरोहर धरहरा बनाउने स्थानीयको सकारात्मक कार्यलाई आफूले ज्ञापनपत्रमा उल्लेख गरिएका कुरालाई प्रधानमन्त्रीलाई जानकारी गराउने बताउनुभयो । धरहरा तत्काल बन्नुपर्ने माग गर्दै समितिले यही चैत ३ देखि ९ गतेसम्म हस्ताक्षर संकलन गरेको थियो ।

महाभियोगको कार्यविधि टुङ्गो लाग्यो - प्रतिनिधिसभाले र सङ्घीय संसद्का दुवै सदनबाट छिनोफानो हुने

काठमाडौँ, चैत १६ गते । राष्ट्रपति र उपराष्ट्रपति तथा संवैधानिक निकायका पदाधिकारीमाथि लगाउने महाभियोगको कार्यविधि फरकफरक हुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति माथिको महाभियोग सङ्घीय संसद्का दुवै सदनबाट छिनोफानो हुनेछ भने संवैधानिक निकायका पदाधिकारीमाथि लगाइएको महाभियोगको छिनोफानो प्रतिनिधिसभाले मात्र गर्नेछ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संवैधानिक निकायका पदाधिकारी र विशिष्ट व्यक्तिको महाभियोगको कार्यविधि टुङ्गो लगाएको हो । शुक्रबारदेखि समितिमा संसदीय समितिको आकार र क्षेत्राधिकारबारे छलफल सुरु हुनेछ। नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले मस्यौदाको आधाभन्दा बढी भागमा छलफल सकिएको बताउनुभयो । पोखरेलले भन्नुभयो, “महाभियोगको कार्यविधि कस्तो हुने भन्नेमा सहमति भइसकेको छ । भोलिबाट संसदीय समितिको परिच्छेदमा छलफल हुन्छ।” यस्तै समितिले प्रधानमन्त्रीले कस्तो अवस्थामा विश्वासको मत लिने भन्ने कार्यविधि पनि टुङ्ग्याएको छ । समितिले दुई अवस्थामा अनिवार्य र एक अवस्थामा ऐच्छिक रूपमा विश्वासको मत लिनसक्ने व्यवस्थामा सहमति गरेको छ । सहमतिअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा गठित

गौरीफन्टा नाकाको आस नगर्नुहोस - भारतीय राजदुत पुरी

धनगढी, १५ चैत्र, प्रदेश, प्रतिनिधि सभा र स्थानीय तहको निर्वाचनमा हरेक पार्टी र ती पार्टीका उम्मेदवारहरुले प्रदेश नम्बर सातको विकासका लागि भारतसंग जोडिएको गौरीफन्टा नाकालाई मुख्य नाका र गौरीफन्टा जोड्ने दुधुवा नेशनल पार्क भित्रको सडकलाई स्तरोन्नतीका लागि भारत सरकारसंग पहल गर्ने प्रतिबद्धता आफ्ना घोषणा पत्रमै समेटेर मत मागेपनि त्यो पुरा नहुने देखिएको छ । प्रदेश नम्बर सातको दुई दिने भ्रमणका क्रममा धनगढी आएका नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले नेपाल भारत मैत्री संघद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्पष्ट शब्दमा भने, गौरीफन्टा नाका र दुधुवा नेशनल पार्कभित्रको सडक स्तरोन्नती गर्न सकिदैन । व्यवसायीहरुसंगको छलफलमा राजदुत पुरीले गौरीफन्टा नाकालाई स्तरोन्नती गर्न नसकिने स्पष्ट पारे । तपाईको सुबिधाका लागि गौरीफन्टा नाकालाई स्तरोन्नती गर्न संभव छैन, राजदुत पुरीले भने, दुधवा नेशनल पार्क बन्यजन्तु र वातावरणीय दृष्टिकोणबाट अत्यन्त संबेदनशील भएकोले त्यसलाई प्रभावित हुने गरी दुधुवा नेशनल पार्कभित्र नाका र सडक स्तरोन्नती कार्य हुन नसक्ने स्पष्ट पारे । म तपाईहरु

​मौसमविद् भन्छन् : चट्याङ पर्दैछ ख्याल गर्नुस्

काठमाडौं, चैत १६ – पश्चिमी वायु सक्रिय भएकाले शुक्रबार पनि केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । राति काठमाण्डौंसहित धेरै ठाउँमा पानी पारेको पश्चिमी वायु पूर्वतिर सरिरहेकाले अहिले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । अरु ठाउँको मौसम सामान्यतया बदली भएको छ । उहाँका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र भारतको बिहारमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले शुक्रबार केही ठाउँमा पानी पर्नेछ । विशेषगरी पहाडी भूभागमा पानी पर्ने उहाँको अनुमान छ । यस्तै स्थानीय वायुको प्रभावले दिउँसोपछि चट्याङ र हावाहुरी पनि आउने संभावना रहेकाले सावधानी अपनाउन मौसमविद् प्रधानाङ्गले आग्रह गर्नुभयो । काठमाण्डूमा राति १ दशमलव ४ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश ७ लाई समृद्ध बनाउन बजेट केन्द्रित हुने : अर्थमन्त्री बोहरा

अछाम। प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश नं ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने बताउनुभएको छ । यस क्षेत्रको गरिबी, पछौटेपन, अन्त्य गर्न अबको आवश्यकता नै आर्थिक क्रान्ति भएको बताउनुभयो । सदरमुकाम मंगलसेनमा प्रेस सेन्टर, अछामले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बोहराले प्रदेश सरकारले चैत मसान्तभित्रै यस क्षेत्रको विकासका लागि विशेष बजेटस्वरुप रु एक खर्ब दुई करोड पाँच लाखको बजेट ल्याउने बताउनुभयो । “जनतालाई मेरो सरकार हो भन्ने अनुभूति दिलाउनका लागि प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाएको छ, उहाँले भन्नुभयो, समावेशी र आर्थिक समानतासहितको बजेट भूगोल, जनसंख्याको आधारमा विनियोजित गर्ने भन्दै कृषकलाई आत्मनिर्भर बनाउन विशेष योजना ल्याउने तयारी छ ।” अहिले तत्काल आउने बजेटले सबै क्षेत्रलाई समेट्न नसके पनि शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ तथा खाद्यान्न संकट हटाउने गरी बजेट तर्जुमा भइरहेको जानकारी गराउनुभयो । बोहराले नेपालमा करमा एकद्वार प्रणाली लागू गर्ने भन्दै संघीयता कार्यान्वयन भएको नचाहनेहरुले प्रणालीका बारेमा विभिन्न नकारात्मक भ्रम फैलाइरह

धनुषामा एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत

धनुषा, चैत १५ गते। धनुषामा गएराति एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन् । यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाका अनुसार बुधबार राति घरमा कोही नभएको मौका छोपी सहिदनगर नगरपालिका– ८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दीपेश बिराजीले बालिका बलात्कार गरेका हुन् । आरोपीद्वयले बालिकाका आमाबुबा बाहिर गएको मोका छोपी बालिकालाई हात मुख बाँधेर अपहरण शैलीमा घर भन्दा एक किलोमिटर पर खेतमा लगेर पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । बलात्कार पछि सो घटनाको भिडियो समेत खिचेर कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको उनको गुनासो थियो । पीडित बालिकालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि इलाका प्रहरी कार्यालयले जनकपुर अञ्चल अस्पताल पठाएको छ भने घटनामा संलग्न फरार दुबै अभियुक्तको खोजतलास भइरहेको प्रहरी निरीक्षक पवन झाले बताउनुभयो । (रासस)

दक्षिणकाली बस दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते

काठमाडौँ, चैत १५ गते। दक्षिणकाली नगरपालिकामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज विहान फर्पिङबाट–काठमाडौँ रत्नापार्क आउँदै गरेको बा २ ख ९९९९ नम्बरको यात्रुबाहक बस भन्ज्याङ भन्ने ठाउँमा दुर्घटना हुँदा दक्षिणकाली नगरपालिका–५ का ४२ वर्षीया मन्जु बस्नेत र सोही ठाउँका २५ वर्षीय सुनिल श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनाबाट घाइते भएका उनीहरुलाई उपचारका लागि बयोधा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बसको अगाडिको चक्का फुत्केर भएको दुर्घटनामा ३१ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस दुर्घटनापछि अहिले सोही रुट भएर चल्ने सवारी साधन रोकिएका छन् । (रासस)

धनगढी प्रिमियर लिगको तयारी पुरा

धनगढी, चैत्र १५। पर्सिदेखि सुरु हुने धनगढी प्रिमियर लिग डिपिएलको तयारी पुरा भएको छ । मैदानमा पिच निर्माण, अस्थायी प्याराफीट निर्माण लगायतको तयारी पुरा भएको आज धनगढीमा आयोजीतपत्रकार सम्मेलननमाजानकारी दिईइएको छ । केहि फिनिसिङको काम मात्रै बाँकी रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगितामा सहभागीता जनाउने खेलाडी र अफिसियलका लागी होटेल लगायतको व्यवस्थापन कार्य पनि पुरा भएको छ । यस्तै प्रतियोगीता सुरु हुन २ दिनमात्रै बाँकी रहेका बेला सहभागिता जनाउने टिमहरु पनि धनगढी आउने क्रम सुरु भएको छ । नेपालले एकदिवसीयमान्यता पाएपछि पहिलो पटक हुन लागेको सर्वाधिक पुरस्कर राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगले राष्ट्रिय टोलीबलियो बनाउन सहयोग गर्ने अपेक्षा गरीएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का पनि एकदिवसीय मान्यता पाएपछि पहिलो पटक धनगढी पुग्दा निकै दंग थिए । अन्तराष्ट्रिय क्रिकेटमा देशको प्रदर्शन कस्तो रहने विषय घरेलु क्रिकेटको स्वरुप कस्तो छ भन्ने विषयले नै हेक्का राख्ने गरेको छ । घरेलु क्रिकेट प्रतियोगिता नै करौडौ लगानीमा अयोजना हुन थालेपछि राष्ट्रिय टोली प

प्रदेश नम्वर ७ का मुख्यमन्त्री र भारतिय राजदुतबिच भेटवार्ता

धनगढी, चैत्र १५। प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि भारतिय राजदुत मन्जिव सिंह पुरी विच आज भेटवार्ता भएको छ। मुख्यमन्त्रीको कार्यकक्षमा दिउँसो करिव आधा घण्टा उनिहरु बिच भेटवार्ता भएको हो। सो क्रममा सममामहिक विषयबस्तु बारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा भारतसँग जोडिएको प्रदेश नम्वर ७ का नाकाहरुलाई थप व्यवस्थित गरी सुचारु गर्ने, द्धन्द्धकालमा बन्द रहेका छोटी भन्सारलाई खुल्ला गर्ने विषयमा पाि छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै भारत सरकारको सहयोगमा प्रदेश नम्वर ७ मा सुचारु विकास परियोजनालाई दु्रतगतिमा अगाडी बढाउने सन्दर्भमा पनि छलफल भएको छ। प्रदेश नम्वर ७ को समग्र विकासकालागि भारत सरकार तत्पर रहेको भारतिय राजदुत पुरीले मुख्यमन्त्री भट्टलाई बताएका थिए। राजदुत पुरी आजै कञ्चनपुर गएका छन्।

प्रदेश ७ को मन्त्री परिषदको बैठक, निम्न चारवटा निर्णय स्वीकृत

धनगढी, चैत्र १५। सातनम्बर प्रदेशको आज बसेको मन्त्री परिषदको बैठकले आर्थिक कार्यबिधि विधयेक लगायतका चार वटा बिषय बस्तुमा स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले आर्थिक मामिलातथा योजनामन्त्रालयले पेस गरेका प्रदेश आर्थिक कार्यबिधि बिधयक २०७४, नयाँ बिनियोजन बिधेयक तर्जुमा गर्नका लागि तयार पारिएको अवधारणा पत्र र सार्वजनिक खरिद बिधेयक तर्जुमा गर्नका लागि पनि सैद्धान्तिक स्वीकृति दिएको मन्त्री परिषद्का प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए। आन्तरिक ममिला तथा कानुन मन्त्रालयले पेस गरेको मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार सम्बन्धि बिधेयकलाई स्वीकृत प्रदान गरेको गरेको हो। प्रदेश ७ मा आगामि चैत्र १७ गते प्रदेश सभाको बैठक बस्ने र आज मन्त्रि परिषद्ले स्वीकृति दिएका बिषयहरुलाई प्रदेश सभा बैठकमा लैजाने समेत मन्त्रीशाहले जानकारी दिए। १७ गतेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यबिधि विधयेक र आन्तरीक मामिला तथा कानुन मन्त्रालयले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार सम्बन्धि बिधेकल पेस गर्ने मन्त्रीशाहले बताए। आर्थिक क

चीतवनमा १० बर्षकी बालिका बलात्कृत

चितवन, १५ चैत्र – एउटै कक्षामा पढ्ने साथीबाट पूर्वी चितवन खैरहनीकी १० वर्षीया बालिका बलात्कृत भएकी छिन्। चैत ११ गते दिउँसो घरमा एक्लै सुतेको समयमा दुई साथी आएर एकले घाँटी समाएको र अर्काले जबर्जस्ती गरेको बालिकाले अभिभावकलाई बताएकी छन् । छोरीलाई घरमा सुताएर अभिभावक नजिकैको खोलामा नुहाउन गएका बेला घटना भएको हो। अभिभावक नुहाएर फर्किदाँ सुतिरहेकी बालिकामा उठबस गर्न नसक्ने, ज्वरो आउने, उल्टी गर्ने, पखाला लाग्ने समस्या देखिएको थियो। घटनाको भोलिपल्टउनी सिकिस्त भएकी थिइन्। सुताउन लाग्दा बालिकाको योनी असामान्य देखेपछि अभिभावकले उपचारका लागि अस्पताल ल्याएका छन्। बलात्कृत भएको चार दिनमा पनि बालिका राम्ररी होसमा आउन नसकेको अभिभावकले बताए। अभिभावकले चैत १४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन्। खैरहनीको घटना भएकाले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी पठाइएको चितवन प्रहरीका प्रवक्ता शिव शर्मा आचार्यले जानकारी दिए। घटनामा संलग्न भएको भनिएका बालकहरू ९ वर्ष पाँच महिना र नौ वर्ष ७ महिनाका रहेको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज कैलाश विष्टले बताए। बालिकाको स्वास्थ्य

चितुवाको छालासहित एक पक्राउ

दाङ, १५ चैत्र – दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ। अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका—१७ चौघेरामा डेरा गरी बस्ने २० वर्षीय सुनिल सुनारलाई एकथान चितुवाको छाला र आठवटा दाँतसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयले बुधवार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्युठान स्वर्गद्वारी नगरपालिका–५ घरभई हाल चौघेरामा डेरा गरी बस्ने परियारलाई चितुवाको छाला, आठ थान दाँतसहित मंगलबार साँझ पक्राउ गरी सार्वजनिक गरेको हो। कब्जा गरेको छाला, दाँत र व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयलाई बुझाउन लागिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले बताए। कब्जा गरिएको चितुवाको छाला ५ फिट ११ इन्च लम्बाइ र ४ फिट ३ इन्च लम्बाइको रहेको छ। रासस

केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

सुर्खेत, १५ चैत्र– कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरू हैरान भएका छन्। केन्द्रले पठाएका गाडीहरू मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरू हैरान भएका हुन्। प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ। उपलव्ध गराएको गाडीको अवस्था हेर्दा मर्मत नगरी चढ्न नै समस्या छ। ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा समस्या भएको, एसी नभएको, अगाडिको सीसा फुटेको, ब्याक लाइट नभएका गाडीहरु केन्द्र सरकारले कर्णाली प्रदेशलाई पठाउँदा समस्या मात्र भएको हो। केन्द्र सरकारले कर्णाली प्रदेशका लागि ११ वटा गाडी उपलव्ध गराएको छ। केन्द्रबाट आएका अधिकांश गाडीको अवस्था हेर्दा समस्यै समस्याले गाँजिएको मात्र छ। दुईवटा गाडी पनि चल्ने अवस्थामा नरहेको बताइन्छ। केन्द्रबाट आएको बा १ झ ९१८८ नम्वरको स्कार्पियो र बा १ झ ३८६९ नम्वरको ल्याण्डक्रुजर प्रयोग नै गर्न नमिल्ने अवस्थामा रहेको छ। स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर गाडी शिक्षा बिभागबाट पठाएको बा १ झ ३८६९ नम्बरको अर्को गाडी चलाउने अवस्थामा नरहेको पाईएको छ। गाडीको किसिम शीर

लागु औषध सहित २ जना लाई पक्राउ

टीकापुर, १४ चैत्र। प्रहरीले लागु औषध सहित २ जना लाई पक्राउ गरेको छ। टिकापुर नगरपालीका ३ स्थित शंकरपुर सडक खण्डमा चेकजाच गर्ने क्रममा टिकापुर नगरपालीक ६ का २२ वर्षिय अर्जुन महर र वडा नं १ ब्लक न. ७ का २० वर्षका महेश परियारलाई ४५ टयाब्लेट नाईट्राभेट सहित प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालई कैलाली जिल्ला अदालतबाट १० दिनको म्यादथप गरी थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक विर बहादुर बुढामगरले बताए।

नवजात शिशुको शव भेटियो

बाजुरा, १४ चैत्र। बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा मंगलबार बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा वेवारिसे अवस्थामा उक्त शिशुको शव देखेको खबरपछि शिशु फाल्ने महिलाको खोजी गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। उनका अनुसार शव परीक्षण गरी दाहसंस्कार गरिएको छ । नवजात शिशु बेवारिसे अवस्थामा किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीले बताए। रासस

बसको ठक्करबाट एक जनाको मृत्यु

महेन्द्रनगर। महेन्द्रनगरमा बसको ठक्करबाट एक जनको मृत्यु भएको छ । भारतको दिल्लीदेखी काठमाण्डौ गईरहेको मञ्जुश्री यातायातको बा ४ ख २३८९ नं बसको ठक्करबाट दार्चुला महाकाली नगपालिका वडा–३ घर भई हाल भिमदत्त नगरपालिका–५ बनखेत बस्ने बिरसिंह महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेटीले बताए । उनका अनुसार मृतकको शब महाकाली अञ्चल अस्पतालमा राखिएको छ। बस र बस चालक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेका छन् ।

महाकालीमा ३ सय ५० सवारीसाधन प्रतिबन्धित

महेन्द्रनगर, १४ चैत्र । सरकारले चैत १ गतेदेखि देशभर २० वर्ष नाघेकासवारी साधन गुड्न नपाउने नियम लागू गरेसँगै महाकाली अञ्चलमा ३ सय २५ सवारी साधन प्रतिबन्धित भएका छन् । महाकाली यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले २० वर्ष नाघेका सवारी चलाउन रोक लगाएसँगै कार्यालयमा दर्ता भएका सो संख्याका सवारी गुडाउन बन्देज लगाईएको बताए । उनले गत फागुन मसान्तसम्ममा २० वर्ष पुराना सार्वजनिक सवारी साधनको इन्जिन नम्बर कार्यालयमा बुझाउन सवारी साधन धनीलाई निर्देशन दिईएको बताए । उनका अनुसार पुराना सवारी साधनले वायु प्रदुषण र सवारी दुर्घटना सममेत बढ्न थालेपछि यातायात व्यवस्था विभागले चैतको पहिलो दिनबाट हटाउने निर्णय गरेको हो । विभागले सवारी तथा यातायात व्यवस्था निमावली २०५४ संशोधन गरी देशभरबाट २० वर्ष सावरी साधन पुराना सवारी साधन हटाउन लागेको हो । महाकाली यातायात व्यवस्था कार्यालयको तथ्याङ्क अनुसार बन्देज लगाईएका सवारी साधनमध्ये भाडाका साधन सबैभन्दा बढि छन् । प्रतिबन्धमा परेका भाडाका सवारी साधनमध्ये बस १ सय २४, ट्रक १ सय ६, मिनि बस ३, टिप्पर १० र १/१ कन्टेनर तथा मिनि ट्रक रहेका छन्

वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा

अछाम, १४ चैत्र। नेपालका चार धाममध्येको एक अछामको वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा परेको छ । धार्मिक तथा ऐतिहासिक वैद्यनाथ मन्दिर नजिकै भएर बग्ने बूढीगंगा नदीले वर्षेनी कटान गर्दै गएको छ। कटान रोक्नका लागि धेरै पहल भए पनि प्रभावकारी हुनसकेको छैन्। विसं १९८६ मा छिपेखोला आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो। मन्दिर क्षेत्रका सबै संरचना बगाए पनि त्यहाँ रहेको शिवलिङ्ग भने यथास्थानमै फेला परेको बताइन्छ। शिवलिङ्ग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा गर्ने कार्य शुरु गरिएको थियो। नदीले वर्षेनी मन्दिर क्षेत्रको जमीन कटान गर्न थालेपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। विगतमा जलउत्पन्न प्रकोप कार्यालय र तत्कालीन जिल्ला विकास समितिका पहलबाट कटान रोक्न प्रयास गरे पनि प्रभावकारी भएन्। अहिले नयाँ लागत अनुमान गरेर कटान रोक्नका लागि पहल भइरहेको वैद्यनाथ लक्ष्य हवनात्मक अर्धकुम्भ महोत्सवका उपाध्यक्ष डण्डिराज जोशीले बताए। साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले वैद्यनाथ क्षेत्रको कटान रोक्न पहल गरिने बताए। रासस

धनगढी प्रिमियर लिगको टिकट इ-सेवाबाट

धनगढी, १४ चैत्र। देशकै सर्वाधिक धनराशी पुरस्कारको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) खेलका टिकट इसेवा बाट काट्न सकिने भएको छ । धनगढीमा चैत १७ देखि शुरु हुन लागेको (डीपीएल) को सम्पूर्ण खेलका टिकट इसेवाबाट काट्न सकिने भएको हो । इसेवाबाट टिकट काट्दा ५ प्रतिशत छुटको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ । धनगढी प्रिमियर लिगका खेल हेर्न दर्शकका लागि लिग चरणमा ५०, प्लेअपमा ७० र फाइनलमा १०० रूपैयाँ टिकट दर तोकिएको छ । dpl.esewa.com.np मा लग अन गरि टिकट खरिद गर्न सकिनेछ । मैदानमा प्रवेशका लागि टिकटमा लेखिएको नाम प्रमाणित गर्ने परिचयपत्र अनिवार्य लिएर आउनुपर्नेछ । दर्शकले अनलाइनमार्फत स्वयं आफै वा आपूmलाई पायक पर्ने नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन इसेवा जोन, इसेवा पोइन्ट मा गई अनलाइन टिकट खरिद गर्न सकिने इसेवाका म्यानेजर दिव्येस झा ले बताए।

ताप्लेजुङमा 'बम निस्क्रिय'

ताप्लेजुङ, चैत १३ गते । जिल्ला अदालत ताप्लेजुङ परिसरमा आज दिउँसो प्रेसरकुकर बम फेला परेको छ । अदालत भवनको पछाडिको भागमा रहेको सलबहादुर गुरुङको बारीमा बम भेटिएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । संकटकालका बेला सो क्षेत्रमा सुरक्षाकर्मीको बसेकाले त्यही समयमा बम राखिएको हुन सक्ने अनुमान गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । यसैबीच उक्त बमलाई आजै अपराह्न नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । (रासस)

बाँसको भाटाले हानेर श्रीमतीको हत्या

खोटाङ, चैत १३ गते । बाँसको भाटाले हानेर खोटाङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन् । घरायसी विवादमा सोमबार साँझ श्रीमान् / श्रीमतीबीच झगडा हुँदा श्रीमान्ले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । “श्रीमतीले मादकपदार्थ सेवन गरेकी रहेछन् ।” उहाँले भन्नुभयो, “मातेको झोँकमा श्रीमानमाथि जाइलाग्दा श्रीमानले बाँसको भाटाले हान्दा उनको मृत्यु भएको खुल्न आएको छ।” घटनालगत्तै श्रीमान् मकरध्वजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृत आइसरीको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल दिक्तेल पुरयाइएको आफन्तले जनाएका छन् । (रासस)

चितवन राष्ट्रिय निकुञ्जमा मान्छे खाने बाघ नियन्त्रणका लागि टोली

रत्ननगर, चितवन, चैत १३ गते । मान्छे खाने बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहित पशु चिकित्सक र वन प्राविधिज्ञको टोली परिचालन गरेको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ रमौली प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा सोमबार बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । शव उठाउने क्रममा पुनः बाघले आक्रमण गर्दा अन्य दुईजना घाइते भएका थिए । बाघले यसरी मान्छेलाई आक्रमण गरेपछि अन्य मानवीय क्षति हुन नदिन नियन्त्रणका लागि हात्तीसहित टोली खटाइएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । डाटगनसहित टोली परिचालन भएको चितवन निकुञ्जले जनाएको छ । सम्भव भए डार्टगनमार्फत नियन्त्रणमा लिइनेछ । बाघ नियन्त्रणमा पर्सा र चितवन निकुञ्जको संयुक्त टोली परिचालन भएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जका दुईवटा हात्ती र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको दुईवटा गरी चार हात्तीसहित पशु चिकित्सक, वन प्राविधिज्ञसहितको टोली बाघ नियन्त्रणका लागि प्रतापपुर पुगेको निकुञ्जका वरिष्

नलगाड नदीको लाप्कोबाट खसेर मृत्यु

जाजरकोट, चैत १३ गते । नलगाड पहुँच मार्ग निर्माण भइरहेको सडकको बीचमा रहेको नलगाड नदीमा हालिएको लाप्को ( काठको फड्के) बाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको बारेकोट गाउँपालिका–७ का ४० वर्षीय कालीबहादुर नेपालीको आज बिहान मृत्यु भएको बारेकोट गाउँपालिका पशुपक्षी शाखाका प्रमुख गोविन्द सिंहले जानकारी दिनुभयो । नलगाड नगरपालिका–५ खाराको बीचमा रहेको नलगाड नदीमा काठको लाप्कोबाट नदी पार गर्दैगर्दा चिप्लिएर नेपालीको मृत्यु भएको सिंहको भनाइ छ । काठमाडौँबाट कमाइ गरी घर खर्च लिएर आएका नेपालीको मृत्यु भएको सिंहले बताउनुभयो । निर्माण व्यवसायीको लापर्बाहीले समयमा पहुँचमार्ग निर्माण नहुँदा यहाँका हजारौँ स्थानीयवासीले समस्या भोग्दै आएका छन् । करिब तीन किलोमिटर सडक नलगाड नदीको बीचबीचमा रहेको लाप्कोको भरमा वारपार गर्नुपर्ने हुन्छ । यो भन्दा अगाडि दुई महिनाको बीचमा लडेरै तीनजनाको मृत्यु भइसकेको छ । (रासस)

डिपिएल क्रिकेट- महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो

काठमाडौँ, चैत १३ गते । धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि महेन्द्रनगरले दिल्लीका पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो । विष्टले दिल्ली डेयरडेभिल्सको टोलीबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन् । उनी दायाँ हाते ब्याट्सम्यान विकेटकिपर हुन् । उनले भारतमा दिल्लीबाट रणजी ट्रफीसमेत खेलिसकेका छन् । मेहरा अलराउण्डर हुन् । उनी बायाँ हाते स्पिन बलर र बायाँ हाते ब्याट्सम्यान हुन् । उनले पनि भारतको दिल्लीबाट रणजी ट्रफी खेलिसकेका छन् । महेन्द्रनगर युनाइटेडको कप्तानमा विनोद भण्डारी छन् भने प्रशिक्षकमा विनोद दास छन् । टोलीका अन्य खेलाडीमा करण केसी, अविनाश कर्ण, भुवन कार्की, रोहितकुमार पौडेल, आरिफ शेख, आशिफ शेख, नारायण जोशी, अरुण ऐरी, दीपेन्द्र चन्द, प्रणित थापामगर, हरिशंकर साह र रवीन क्षेत्री रहेका टिम व्यवस्थापक नीरज चन्दले जानकारी दिनुभयो । टोलीले आइतबारदेखि नै अभ्यास थालिसकेको छ । (रासस)

उत्खनन् बन्द गर्न प्रजिअलाई मन्त्री जमरकट्टेलको निर्देशन

चरिकोट, चैत १३ गते । दोलखामा अवैध रुपमा भइरहेको बालुवा, गिटी, रोडाढुंगालगायत प्राकृतिक स्रोत साधनको उत्खनन् तथा मापदण्ड विपरितका क्रसर उद्योग तत्काल बन्द गर्न प्रदेश सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । प्रदेश नं ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई टेलिफोन गरेर प्राकृतिक स्रोत साधनको अवैध रुपमा भइरहेको दोहनको तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको हो । जिल्लामा बालुवा, गिटी, रोडाढुंगा र अन्य प्राकृतिक सम्पदाको मनोमानी ढंगले उत्खनन् भइरहेको विषयलाई लिएर प्रदेशको गृह मन्त्रालय समेतको जिम्मेवारीमा रहेका आन्तरिक मामिला मन्त्री जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी थापालाई आइतबार टेलिफोन गरेर निर्देशन दिनुभएको हो । उहाँले नियम विपरित सञ्चालित क्रसर उद्योग तथा बालुवा उत्खनन् बन्द गर्न निर्देशन दिनुभएको छ । जिल्लामा केही व्यापारी, राजनीतिक दलका नेता, जनप्रतिनिधि र प्रहरी प्रशासन समेतको मिलेमतोमा अवैध क्रसर सञ्चालन तथा बालुवा, गिटी र रोडाढंगाको मनपरी उत्खनन् तथा मनोमानी मूल्यमा बिक्री भइरहेको गुनासो आएको भन्दै मन्त्री जमरकट्टेलले यस्त

इयू प्रतिवेदनबारे संसदमा दुईथरी मत

काठमाडौं, १३ चैत्र – युरोपेली युनियनअन्तर्गतको निर्वाचन पर्यवेक्षण मिसनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे दिएको धारणालाई लिएर संसद्मा विभाजन देखिएको छ। वाम गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिवेदनप्रति विरोध जनाएका छन् भने तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले समर्थन जनाएका छन्। संसद् बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने मौन देखिएको छ। सोमबार संसद् बैठकको विशेष समयमा एमाले उपाध्यक्ष भीम रावलले निर्वाचन पर्यवेक्षण गर्ने संस्थाले संविधानबारे बोलेको भन्दै आपत्ति जनाए। ‘निर्वाचनको पर्यवेक्षण मिसनले नेपालको संविधानबारे जुन टिप्पणी गरेको छ, त्यसले सार्वभौम राष्ट्रमाथि प्रहार गरेको छ, यो सह्य छैन,’ रावलले बैठकमा भने, ‘इयूको टिप्पणी नेपाल सरकारसँग गरेको सम्झौतामात्रै होइन, अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र अभिसन्धिविरुद्ध पनि हुन गएको छ।’ सोबारे सरकारले अविलम्ब सदनलाई जानकारी गराउन रावलले माग गरे। वाम विरोधमा, मधेसी दल समर्थनमा विधानले खस आर्य समुदायलाई आरक्षण दिएकोमा इयूको पर्यवेक्षण मिसनले अनावश्यक रहेको भन्दै सच्याउनु

जलेश्वर कारागारमा पचासी बर्षीय कैदीको मृत्यु

गौशाला, चैत १३ गते । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहेका ८५ वर्षीय एक कैदीको सोमबार उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको साविक फुल्काहा गाविस–४ हाल गौशाला नगरपालिका बस्ने ८५ वर्षीय सोनफी दास मुसहर रहेको जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । नकबजनी चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशानुसार २०७४ जेठ ९ गतेदेखि १ वर्ष १५ दिनको कैद काट्दै आएका कैदी मुसहर चैत ६ गते पखाला लागेर बिरामी भएकामा सोही दिन बिहानदेखि जिल्ला अस्पताल जलेश्वरमा उनको उपचार भइरहेको थियो भने सोमबार उपचारकै क्रममा मृत्यु भएको जेलर ठाकुरले बताउनुभयो । कैदी मुसहरलाई अत्यधिक पखाला लागेको, जीउ सुन्निएको र क्षयरोगको समेत संकेत देखा परेको बताउनु हुँदै जेलर ठाकुरले उनको उपचारकै क्रममा सोमबार दिउँसो मृत्यु भएको बताउनुभयो । मृतक कैदी मुसहरको शव परिवारजनले बुझेर अन्तिम संस्कारका लागि घर लैजाने तयारी भइरहेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।

खैनी–चुरोट बोकेर मन्त्रालय प्रवेश निषेध

काठमाडौं, १३ चैत्र – निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन्। खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई मन्त्रालय प्रवेशको अनुमति दिनेछन् । मन्त्रालय परिसरमा सुर्तीचुरोट खाएको पाइएमा त जरिबाना तिर्नुपर्ने हुन्छ। सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नहुने कानुनी व्यवस्था छ । तर स्वास्थ्य मन्त्रालयको गेटमै सुर्तीजन्य पदार्थ किनबेच हुन्छ भने क्यान्टिनमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राहीले धूमपान गरिरहेको देखिन्छ। स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले कानुन बने पनि व्यवहारमा खुलेआम यस्ता पदार्थको प्रयोग नघटेपछि मन्त्रालयबाटै कानुन कार्यान्वयन गर्न लागेको बताइन्। ‘कानुनले मात्रै भएन, व्यवहारमा पनि सुर्तीजन्य पदार्थले हानि गर्छ भन्ने आत्मबोध हुनुप-यो,’ अर्यालले भनिन्। अर्यालले मन्त्रालय प्रवेश गर्नेलाई गेटमा जाँच गरेर सुर्तीजन्य पदार्थ बोकेको भए डस्टबिनमा फाल्न लगाएर प्रवेश गर्न दिने बताइन्। उनले सोमबार मन्त्रालयको उच्च अधिकारी उपस्थित बैठ

आइपिएल खेल्न जानुअघि सन्दिपले भने– त्यहाँ सिकेका कुरा नेपाली क्रिकेटमा लागु गर्नेछु

काठमाडौं – युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफूले राम्रो गर्न सके नेपालका अन्य खेलाडीलाई पनि अवसर मिल्न सक्ने बताएका छन्। चैत २४ गतेबाट हुने आइपिएल खेल्न भारत जानुअघि सोमबार सन्दीप लामिछानेले आइपिएलका लागि क्षमता भएका अन्य खेलाडी पनि भएको भन्दै आफूले राम्रो गर्न सके उनीहरुका लागि पनि ढोका खुल्ने बताए। ‘यो सुन्दर अवसर हो। आइपिएलमा धेरै कुरा सिक्न सकिन्छ र त्यहाँ सिकेका कुरालाई म नेपाली क्रिकेटमा लागु गर्नेछु,’ आइपिएलको क्लब दिल्ली डियरडेभिल्ससँग अनुबन्धन भएका सन्दीपले भने, ‘मैले त्यहा राम्रो गर्न सके भने नेपालका अन्य खेलाडीका लागि पनि अवसरको ढोका खुल्न सक्छ। मभन्दा सिनियर दाईहरु योग्य हुनुहुन्छ।’ सन्दीप नेपालबाट इन्डियन प्रिमियर लिगमा अनुबन्धन हुने पहिलो नेपाली खेलाडी हुन्। तथापी यसअघि शक्ति गौचनले राजस्थान रोयल्समा अभ्यास गर्ने मौका पाएका थिए। सन्दीपले नयाँ यात्रा भएकाले यो प्रतियोगितामा आफुलाई सबै कुरा नौलो हुने बताए। यद्यपी उनले राष्ट्रिय टोलीबाट खेल्न पाउनु नै सबैभन्दा खुशीको क्षण भएको बताए। ‘नेपालको राष्ट्रिय टोलीमा नभएको भए आज म यहाँसम्म नहुन पनि

खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त

खोटाङ, चैत १२ गते । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग खानीडाँडा–रेग्मीटार सडक निर्माणको काम सुस्त गतिमा छ । करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिएको उक्त सडकको रेग्मीटार र खानीडाँडाबाट एकैसाथ काम थालिए पनि अहिले दुवै क्षेत्रमा काम हुन सकेको छैन । साढे २२ किलोमिटर लामो उक्त सडकको रेग्मीटारबाट करिब एक हजार १०० मिटर र खानीडाँडाबाट साढे १२ किलोमिटर मात्र मार्ग खोलिएको छ । रेग्मीटारबाट करिब साढे दुई किलोमिटर मार्ग खोल्ने जिम्मा रोका निर्माण सेवाले लिएको हो । यसवर्ष उक्त निर्माण सेवाले रु एक करोड १० लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि अहिलेसम्म कुनै काम भएको छैन । क्रमागत योजनाअन्तर्गत गतवर्ष उक्त कम्पनीले रु ७५ लाखको काम गरेको जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख दीपेन्द्र यादवले बताउनुभयो । खोटाङको दिक्तेलबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने खानीडाँडा–रेग्मीटार सडक निर्मार्णमा भइरहेको ढिलाइ तथा समस्याका बारेमा जिल्ला समन्वय समितिका पदाधिकारी र प्राविधिक टोलीले शुक्रबार स्थालगत अध्ययन गरेको थियो । समन्वय समितिका सदस्य एवं भौतिक योजना तथा पूर्वा

सुदुर पश्चिमेलि नेपाली समाज भारतद्वारा दिल्ली मा बन्धक बनाइएकी महिला को उद्दार

नागेन्द्र प्रशाद जोशी, नयाँ दिल्ली, १२ चैत्र उदयपुर जिल्ला तराघडी कटारी घर भएकी बर्ष २८ की सपना अधिकारी (परिबर्तन नाम)को अाज उद्धार गरिएको हो। आज भन्दा ८ बर्ष पहिला राजु नामको मानिसले नोकरी लगाइदिन्छु भनेर उनलाई दिल्ली लिएर आएको र त्यहाँ एक घरमा २५००० भारती रुपैयाँमा बेचेको खुल्न अाएको हो । त्यसको केही समयपछि पनि त्यो घरदेखि उनलाई ३०००० भारतीय रुपैयाँ लिएर गएको र त्यसपछि घर मालिकले न पैसा दिएको र न घरसम्म पुर्याउने कोसिस भएको र पछि बारबार उनले मलाई घरसम्म पुर्याउनु भन्दा पनि न पैसा दिने न घर जान दिने, न घरमा कोही सम्पर्क दिने भएपछि सब्जी लिन जाँदा नेपालीलाई भेटेर मलाई घर सम्म पुर्याइदिनुपर्यो भनी अनुनय विनय गरेपछि बिगत एक बर्ष देखि कृयाशिल गैरराजनीतिक गैरनाफामुलक सामाजिक सस्था सुदुर पश्चिमेलि सामाज भारत का साथीहरू सम्म कुरा पुगे पछि सुदुर पश्चिम नेपाली समाज ले बिगत एकदशक देखि मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियानमा विगत एक दशकदेखि क्रियाशील सामाजिक संस्था के. अाई. नेपाल को सहयोग मा के. आई. नेपालका दिल्ली प्रतिनिधि नवीन जोशी, सुदुर पश्चिमेलि नेपाली समाज भारत दिल्ली राज्य समिती का

देशभर लोडसेडिङ छैनः विद्युत प्राधिकरण

काठमाडौ ,१२ चैत- नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्यका लगायत मुलुकभर घोषित र अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नु पर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ । औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरूपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर विद्युत जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ र्गयो भनी नबुझ्न आग्रह गर्नु भएको छ । सुख्खायामसँगै सुरू भएको हावाहुरीले विद्युत प्रसारण तथा वितरण प्रणाली टिपिङ हुँदा विद्युत आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४ सै घण्टा तयारी अवस्थामा राखेको छ ।

राजधानीमा अवैध क्यासिनोको धन्दा फष्टायो

काठमाडौंँ, चैत १२ गते । पाँच तारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध भएपछि काठमाडौं भित्र मिनिक्यासिनोका अवैध धन्दा फष्टाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख समेत रहनुभएका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले विशेष गरी तस्करी (अबैध) क्रियाकलापमा संलग्न ब्यक्तिहरु जुवा खेल्न सक्रिय रहेको बताउनुभयो । उहाँले पछिल्लो एक महिनामा राजधानीका ३० वटा अवैध जुवाघरबाट दुई सय जना जुवाडे पक्राउ परेको जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीले करीव २५ लाख रुपियाँ नगद बरामद गरेको छ । घर तथा कोठा भाडामा लिएर, होटल, रेष्टुराँ र रिसोर्ट बुकिङ गरी पेशेवररुपमा जुवा खेल्नेको सङ्ख्या बढेको छ, परिसर प्रमुख पोखरेलले भन्नुभयो, ‘पक्राउ परेकामध्ये कुनै ब्यक्तिले मनोरञ्जनका लागि जुवा खेलेको दावी गरेका छैन्न ।’ प्रहरीले छापा मारेका अधिकांश जुवाखालबाट प्रहरीले लाख रुपियाँभन्दा बढी नगद बरामद गरेको छ । काठमाडौंका कतिपय टोल, गल्ली, होटल, रेष्टुराँ र रिसोर्टमा जुवा खेलाउने गरेको सूचना आइरहेका छन्, उहाँले भन्नुभयो । प्रहरीले सबै अबैध जुवा अखडामा छापा मारेर कानुनको दायरामा ल्याउने चेता

चीनमा अध्ययन गर्न चिनियाँ भाषा परीक्षा उत्तीर्ण हुनुपर्ने

काठमाडौँ, चैत १२ गते । चीनमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले अब चिनियाँ भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । अमेरिका, बेलायत, अष्ट्रेलियालगायत मुलुकमा आईएलटीएस, टोफल लगायतका भाषा परीक्षा उत्तीर्ण गरेपछि मात्र उच्च शिक्षा अध्ययन गर्न पाइने जस्तै व्यवस्था चीनमा पनि गरिएको छ । नेपालमा यस्तो परीक्षा दिन पाउने सुविधाको थालनी गरिएको छ । कन्फ्युसियस इन्स्टिच्यूट बेइजिङ्ले सञ्चालन गर्ने यस्तो परीक्षा कलङ्कीस्थित एलआरआई कन्फ्युसियस क्लासरुमले थालनी गरेको हो । चिकित्साशिक्षा, इन्जिनियरिङ लगायत उच्च शिक्षा अध्ययन गर्न जानेहरुले चिनियाँ भाषा नजान्दा समस्या हुने गरेको र उनीहरूले चीनमा गएर सिक्नुपर्ने अवस्था थियो । अब चिनियाँ भाषाको परीक्षा (एचएसके) उत्तीर्ण गर्नुपर्ने वाध्यात्मक व्यवस्था भएको छ । नेपालको एचएसके टेस्टका व्यवस्थापक प्रवीण मर्हजनले परीक्षा दिएको १५ दिनमा परीक्षाफल सार्वजनिक हुने बताउँदै अनलाइनबाट परीक्षा दिने व्यवस्थाले सहज हुने बताउनुभयो । नेपाली विद्यार्थीका लागि ६५० देखि ९०० रुपियाँ शुल्क कायम गरिएको छ।

शहरी स्वास्थ्य केन्द्रलाई एक करोडको जग्गादान

तुलसीपुर, दाङ, चैत ११ गते । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निवासी अभिषेक शाहले आफ्ना बुबा भीमसेन शाहको सम्झनामा यहाँ शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि रु एक करोड पाँच लाख मूल्य बराबरको सात कट्ठा जग्गादान गर्नुभएको छ। शाहले तुलसीपुर उपमहानगरपालिका–१ ‘ख’ कित्ता नं १६३ बाट सात कट्ठा जग्गा शनिबार स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दिनुभएको हो । सो वडाका वडाध्यक्ष बेदु केसीको उपस्थितिमा उहाँले जग्गा प्रदान गर्नुभएको हो । “बुबा हामीमाझ रहँदासम्म सामाजिक काम र समाजमा महत्वपूर्ण योगदान गर्दैआउनुभएको थियो त्यसैको निरन्तरताका लागि मलाई पनि केही काम गर्ने मन लागेको होे”, अभिषेकले भन्नुभयो । भीमसेन शाहलाई सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादीले अपहरण गरी बेपत्ता बनाएको थियो । उहाँको अवस्था अझैसम्म अज्ञात रहेको छ ।

इयुले प्रतिवेदन सच्याउनुपर्छ - प्रम ओली

काठमाडौँ, चैत ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सङ्घ(इयु)को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन आग्रह गर्नुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आज आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले निर्वाचन पर्यवेक्षणका नाममा इयुले नेपालको संविधानका भावनामा आँच पुर्‍याउने गरी प्रतिवेदन ल्याएको जनाउँदै भन्नुभयो, “नेपाललाई होच्याएको हो ? हेपेको हो ? मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौँ, इयुलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुस् ।” पर्यवेक्षणका नाममा आई धर्म प्रचार गर्ने र त्यसको प्रतिशोध प्रतिवेदनमा लिन नहुने बताउँदै उहाँले नेपाल सामाजिक न्याय र समानताका लागि काम गर्ने सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको हुँदा कुनै भ्रम नपाल्न उहाँले आग्रह गर्नुभयो । तत्कालीन सरकार निर्वाचन गराउन तत्पर नभएका अवस्थामा निर्वाचन आयोगको भूमिका प्रशंसनीय छ भन्दै उहाँले नेपाली जनताले सचेततापूर्ण र बलिदानीपूर्ण योगदानका कारण मुलुकमा अहिलेको अवस्था आउन सफल

बैतडीमा पाँच सय बढी रांगाबोकाको बलि दिईयो

बैतडी,११ चैत- बैतडीको विभिन्न शक्तिपिठहरुमा आज चैत्राष्टमीका दिन लाग्ने जात्रा सम्पन्न भएको छ । ती शक्तिपिठहरुमा बलिसहित पुजाआजा गरी जात्रा सम्पन्न भएको हो । देहीमाण्डौंमा रहेको प्रसिद्ध निंगलासैनी भगवती मन्दिर,दशरथचन्द नगरपालिकामा अवस्थित त्रिपुरा सुन्दरी मन्दिर , मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा बलिसहित जात्रा सम्पनन भएको हो । चैत्राष्टमी दिन लाग्ने मेलामा प्रदेश सातका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय दर्शनार्थीहरु आउने गर्दछन् । प्रसिद्ध निंगलासैनी भगवती मन्दिरमा २२५ रांगा र १०५ बोकाको बलि दिईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै मेलौली भगवती मन्दिरमा ८० बोका र १०० रांगा ,त्रिपुरा सुन्दरी मन्दिरमा १० रांगा र २५ बोकाको बली दिईएको प्रहरीले जनाएको छ । यि मन्दिरहरुमा लाग्ने मेलामा असोज र चैतको महिनामा बली दिने चलन रही आएको छ । मन्दिरमा चैत्राष्टमीका अवसरमा लागेको मेला शान्तपूर्ण रुपमा सम्पन्न भएको मेला व्यवस्थापन समितिले जनाएको छ । यस्तै रामनवमीको अवसरमा जिल्लाका विभिन्न स्थानमा रहेका राममन्दिरहरुमा पूजाआजा गरि रामनवमी पर्व मनाइएको छ । प्रत्येक बर्षको चैतमा हुने

कानूनभन्दा माथि हुने छुट कसैलाई छैन: मन्त्री तामाङ

चैत ११, नेपालगन्ज, कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले कानूनको सर्वाेच्चता स्थापित गर्न वर्तमान सरकार दृढ संकल्पित रहेको बताउनु भएको छ । प्रेस चौतारी, बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कानूनभन्दा माथि हुने छुट लोकतन्त्रमा कसैलाई पनि हुँदैन भन्नुभयो । उहाँले कानून र विधिको शासन जो सुकैले उल्लंघन गरे पनि कानूनी दायरामा आउनै पर्छ भन्दै वर्तमान सरकार कानूनी राज्यको अवधारणाबाट एक इन्च पछि नहटने बताउनुभयो । रासस

साइकलमै अमेरिका

दमक – झापा कन्काइ नगरपालिकाका युवराजविक्रम मैनाली र पर्वतका भेषबहादुर कँडेल ४२ मुलुक साइकलको पाइडल घुमाएर अमेरिका पुगेका छन्। साढे २ वर्षको हिउँद बर्खा छिचोलेर उनीहरू अहिले अमेरिकामा छन्। भुकम्प पछि खस्किएको पर्यटन क्षेत्रलाई उकास्न र रक्तदान गर्न पे्ररित गर्ने उद्देश्य सहित उनीहरू यात्रामा लागेका हुन्। विश्वका सबै नभएपनि १ सय ५० मुलुक छिचोल्ने लक्ष्य सहित अब उनीहरू क्यानडा नभए मेक्सिको तर्फ लाग्ने सोचमा छन्। हिउँ नपरेको भए यतिबेला उनीहरू ती गन्तब्यमा पुगेका हुन्थे। काकडभिट्टा नाकाबाट भारत हुँदै उनीहरूको घुमन्ते काम शुरु भएको हो। अमेरिकामा मौसमले साथ नदिएपछी उनीहरू कहिले मेरिल्यान्ड त कहिले डीसीमा बस्दै आएका छन्। अमेरिकामा अहिले हिउँ परेपछि अन्य गन्तव्य जान सकिएको छैन, युवराजले भने, मौसममा सुधार हुनासाथ हामी अर्को गन्तव्यमा पुग्छौ। एसिया र युरोपका धेरै देश साइकलमै नाघेका उनीहरूले डेढ वर्ष अघिदेखि फिरन्ते जिन्दगी शुरु गरेका हुन्। गत वर्षको १४ जुनमा उनीहरू काठमाडौंबाट बिदा भएर झापा हुँदै भारत लागेका थिए। सरकारी राहदानी, परराष्ट्र मन्त्रालयको चिठी, रेडक्रसको सिफारिस सहित घुम्न थाले। ठाउँ

डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो

काठमाडाै, ८ चैत – रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर ३० असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंकको नाममा एकीकृत कारोबार सुरु भएको हो । मर्जरअघि नै रोयल मर्चेन्टको कर्जा बक्यौता एक अर्ब १५ करोड पुगिसकेको थियो । तर, राराका तत्कालीन अध्यक्ष विष्णु धितालले व्यक्तिगत लाभका आधारमा ८० प्रतिशत खराब कर्जा बोकेको रोयल मर्चेन्टसँग मर्जर गराएका थिए । टेम्पो व्यवसायबाट उन्नति गरेका धिताल कांग्रेस लमजुङका क्षेत्रीय सभापति तथा महासमिति सदस्य पनि थिए । यो राजनीतिक प्रभाव उनले उन्नतिमा होइन, आफ्नै बैंकको दुर्गतिमा प्रयोग गरे । एपेक्स डेभलपमेन्ट बैंकको दरबारमार्ग, लोकन्थली र इटहरी शाखाबाट नक्कली ऋणी खडा गरेर, कमसल धितो राखेर, सम्पत्तिको नक्कली कागज बनाएर तथा मूल्यांकनसमेत नगरी कर्जा प्रवाह थालियो । एपेक्सका दरबारमार्ग र लोकन्थली शाखाले प्रवाह गरेको ऋणमध्ये ८०% र इटहरी शाखाको ७०% ऋण खराब कर्जा भएको राष्ट्र बैंकको प्रतिवेदनले नै देखाउँछ । यसरी एपेक्सको प्रणालीबाट अस्वाभाविक रूपमा दुई अर्ब ऋण प्रवाह भएको थियो ।

गाई काटेको आरोपमा चार जना पक्राउ

जितपुर, कपिलवस्तु, चैत ११ गते । यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरैे मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो तथ्य बाहिर आएको हो । राना पक्राउ परेको एक दिनपछि गाई काट्नमा सहयोग गरेको भन्दै सोही गाउँबाट शनिबार अन्य तीन जनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । शनिबार पक्राउ पर्नेमा कुमारी घर्ती, रामकुमारी घर्ती र कुन्ती थापा रहेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिमबहादुर घमले जानकारी दिनुभयो । पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता

काठमाडौँ, चैत ११ गते । नेकपा (माओवादी केन्द्र)ले एमालेसँग जारी पार्टी एकीकरण प्रक्रिया छिट्टै टुङ्गयाउन प्रस्ताव गरेको छ । माओवादीको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै पार्टी एकता टुङ्गयाउन प्रस्ताव गरेको माओवादी नेता विश्वनाथ साहले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले चैत २३ देखि भारत भ्रमण गर्ने तयारी गर्नुभएकाले त्यसअघि नै पार्टी एकता घोषणा गर्न प्रस्ताव गरेको नेता साहले बताउनुभयो। यस अघि नेकपा (एमाले) र माओवादी केन्द्रबीच वैशाख १० गते पार्टी एकीकरणको घोषणा गर्ने सहमति भएको थियो । यही सहमतिका आधारमा अहिले दुवै पार्टीले एकीकरणका लागि गृहकार्य अन्तिम चरणमा समेत पुऱ्याएका छन् । एकता प्रक्रियालाई अघि बढाउन गठन गरिएका दुई कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार गरिरहेका छन् । दुवै कार्यदलले १० दिनभित्र प्रतिवेदन दिने बताइएको छ । प्रतिवेदन आएपछि त्यसलाई अन्तिम रूप दिएर पार्टी घोषणा हुने साहले बताउनुभयो । जिम्मेवारी हेरफेर माओवादी केन्द्रले पार्टीभित्र जिम्मेवारी पनि हेरफेर पनि गरेको छ । विभिन्न प्रदेशका इन्चार्ज रहनुभएका नेताहरू मन्त्री भएपछि उहाँको ठाउँमा अर्कालाई

चैते दसैँ र रामनवमी आज एकै दिन

काठमाडौँ, चैत ११ गते । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व शनिबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दसैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनुपर्ने शास्त्रीय वचन रहेकाले दुवै पर्व यस वर्ष आइतबार नै परेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमर्ले जानकारी दिनुभयो । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका मा चैत्र शुक्ल नवमीकै दिनश्री रामचन्द्रको जन्म भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभयो । समि

१९ विधेयक अब नयाँ प्रक्रियाबाटै

काठमाडौं, ११ चैत – अघिल्लो संसद्ले टुंग्याउन नसकेका डेढ दर्जन विधेयक फेरि सुरुकै प्रक्रियाबाट अघि बढाउनुपर्ने भएको छ । अन्य कानुनको मस्यौदासमेत नबनेको अवस्थामा निष्क्रिय रहेका विधेयक तत्काल प्रक्रिया अघि बढाएर संसद्लाई ‘बिजनेस’ दिन सकिने संसद् सचिवालयले सरकारलाई सुझाव दिएको छ । अब एक महिनापछि संसद्लाई सरकारले ‘बिजनेस’ दिनुपर्ने हुन्छ । त्यो अवधिसम्म एक महिनाभित्र नियमावली बनिसक्नेछ । त्यस्तै, संसदीय समितिहरू पनि गठन भइसक्नेछन् । यसअघिका सरकारले संसद्मा मस्यौदा दर्ता गरेका १९ विधेयक अन्तिम टुंगो नलागेकाले निष्क्रिय अवस्थामा छन् । ‘अघिल्लो संसद्मा जुन अवस्थामा पुगे पनि अहिले ती विधेयक निष्क्रिय भइसकेका छन्,’ संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, ‘निष्क्रिय विधेयक अब फेरि नयाँ प्रक्रियाबाट अघि बढाउनुपर्ने हुन्छ ।’ १९ मध्ये राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी विधेयक र राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक संसदीय समितिले पारित गर्न ‘फुल हाउस’ मा पेस नै गरिसकेको थियो ।

बैतडीका शक्तिपीठमा भव्य जात्रा

बैतडी,११ चैत- बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा चैतदशैंको अवसरमा जात्रा तथा मेला लागेको छ । प्रत्येक बर्षको चैतमा हुने नवरात्रीमा शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा जारी रहेको स्थानीयहरुले बताएका छन् । बैतडीको देहीमाण्डौंमा रहेको प्रसिद्ध निंगलासैनी भगवती मन्दिर, त्रिपुरा सुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलासैनी भगवती मन्दिरमा पूजाआजा सहित बलि दिने चलन समेत रही आएको छ । चैतको नवरात्रमा चोखोभोको रहेर शक्तिपीठहरुको पूजाआजा गर्ने चलन रही आएको निंगलासैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले जानकारी दिनुभयो । जिल्लाका शक्तिपीठ तथा मन्दिरमा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । निंगलासैनी भगवती मन्दिरमा आज रांगा तथा बोकाको बली दिईने गरिन्छ । यहाँ बैतडी,डडेल्धुरा,दार्चुला र छिमेकी मुलुक भारतवाट समेत दर्शनार्थी आएका छन् । देहीमाण्डौंमा लाग्ने जात्रालाई भव्य रुपमा मनाउनका लागि मेला अवधिभर मदिरा निषेधित क्षेत्र घोषणा गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । जात्रामा कसैले मदिरा सेवन तथा विक्रि वितरण गरेको पाइएमा कानुनी कारवाही गरिने बताइएको छ । यसैबीच पुर्चाैंडी नगरपालिकाको मल्लादेहीमा

बस दुर्घटनामा तीनको मृत्यु, नौ घाइते

मेलम्ची, चैत ९ गते । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । आमाहेल्मो यातायातको बा३ख ४३२५ नंको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ भने दुईजनाको सनाखत हुन बाँकी छ । बसमा सवार ३५ जनामध्ये नौजना घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिनुभयो । (रासस)

नब्बे प्रतिशत क्षयरोगी निको हुन्छन्

चितवन, चैत १० गते । क्षयरोगका कारण मानिसको मृत्यु हुने संख्या घटेर गएको छ । यसका साथै बिरामी पनि घट्दै गएको देखिन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठरोग अधिकृत जयराम दुवाडीका अनुसार गत आर्थिक वर्षमा ९८१ जना क्षयरोगका बिरामी थपिएकामा ३८ जनाको मृत्यु भएको थियो । आव २०७२/७३ मा एक हजार ३४ जनामा क्षयरोग देखिएको र ५१ जनाको मृत्यु भएको दुवाडीले बताउनुभयो । चालु आवको पहिलो चौमासिकमा ३२५ जनामा क्षयरोग देखिएको छ । त्यस चौमासिकमा एक जनाको मात्र मृत्यु भएको उहांँले बताउनुभयो । दोस्रो चौमासिकको समीक्षा भइनसकेकाले तथ्यांक संकलन हुन सकेको छैन । बिरामी निको हुनेदर ९० प्रतिशत पुगेको बताउंँदै उहांँले सचेतना बढेसंँगै बिरामीको संख्यामा कमी आएको र मृत्युदर घटेको बताउनुभयो । कार्यालयले गत आवमा सेवा केन्द्र ५७ ठाउँबाट बढाएर ६० ठाउंँसम्म पुऱ्याएको छ भने १४ वटा प्रयोगशालालाई बढाएर १८ वटा पुर्‍याएको छ । जिल्लामा देखिएका क्षयरोगीमध्ये ७० प्रतिशत फोक्सोका अन्य शरीरका ग्रन्थी, पेट, हड्डी लगायतका रहेको दवाडीले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयले क्षयरोग निवारण संस्था र विराट नेपाल मेडिकल ट्रष्टस

बाजुरा जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदी

बाजुरा, चैत १० गते । बाजुरा जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ । कारागारमा २५ जनाको कैदी क्षमता भएको कारगारमा ३१ जना कैदी राखिएको जिल्ला कारगार बाजुराले जनाएको छ । कैदी राखिएको भवन पनि जीर्ण बन्दै गएकाले मर्मत नहुँदा बास बस्नसमेत अवस्थामा नरहेको कैदीले गुनासो गरेका छन् । २०३९ सालमा स्थापना गरिएको कारागार कार्यालय ३५ वर्ष बितिसक्दा पनि पुनःनिर्माण हुन सकेको छैन् । जम्मा २५ जना कैदी बन्दीका लागि क्षमता भएको बन्दी गृहमा भवन अभावमा ३१ जना कैदी बन्दी जीर्ण भवनमा बस्न बाध्य भएका छन् । २५ जनाको क्षमता रहेको बन्दीगृहमा अहिले फरकफरक अपराधमा संलग्न रहेका कैदी बन्दी बसोबास गर्दै आइरहेको जिल्ला कारागार प्रमुख नन्दसिंह कार्कीले जानकारी दिनुभयो । कारागार प्रमुख कार्कीका अनुसार कर्तव्य ज्यान मुद्दामा १० र चार पुर्पक्ष थुनुवा गरी १४ जना कर्तव्य ज्यान मुद्दाका रहेका छन् । त्यस्तै जबर्जस्ती करणी मुद्दामा आठ कैदी र तीन पुर्पक्ष थुनुवा गरी ११ जना रहेका छन् । त्यसैगरी ज्यान मार्ने उद्योग एक, ओसार पसार मुद्दामा थुनुवा एक, लागुऔषध मुद्दामा थुनुवा दुई र बालविवाह मुद्दामा एक गरी ३१ जना कैदी कारग

रामनवमी महोत्सव र जनकपुरको राममन्दीरको इतिहास

हिन्दु संस्कृतिमा हरेक दिनको आ–आफ्नै महत्व रहे पनि मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्म दिन (शुक्ल नवमी तिथि) हरेक हिन्दुका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ । त्यसैले लाखौँ नरनारी रामनवमीको दिन व्रत बसेर आत्मशुद्धि र मोक्ष प्राप्तिका लागि भगवान् श्रीरामको पूजाअर्चना गर्छन् । सम्पूर्ण आर्यावर्तको राम मन्दिरहरूमा लाखौंको सङ्ख्यामा यात्रीहरूका भीड रहेता पनि प्राचीन मिथिलाको राजधानी जनकपुुरधामको राम मन्दिरको आफ्नो विशिष्ट स्थान रहेकाले रामनवमीको अवसरमा स्थानीय रत्नसागर आदि पवित्र सरोवरमा स्नान गरेर राम जानकी मन्दिरमा ठूलो सङ्ख्यामा पुग्ने गरेकोमा हाल यातायातको बढी भएकोले रामनवमीको अवसरमा एक दिन मात्र ठूलो भीड हुन्छ । अद्र्धशताब्दी पूर्वसम्म मार्गशुक्ल पञ्चमीमा विवाह पञ्चमी मेला र चैत्रशुक्ल नवमी रामनवमीको अवसरमा तिरहुतिया गाछीमा ठूलो मेला लाग्थ्यो र लाखौँको भीड हुने गथ्र्यो । अवागमनको असुविधा भए पनि धनुषा, महोत्तरी र सर्लाहीका मात्र होइन सिन्धुली, रामेछाप, उदयपुर र ओखलढुङ्गासम्मका मानिस ठूलो सङ्ख्यामा सहभागी हुने गर्छन् । जनकपुुरधाममा अनेक मठमन्दिर छन् र त्यसमा राम मन्दिर सबैभन्द

दाङका ९० प्रतिशत अण्डा जिल्लाबाहिर

दाङ, चैत १० गते । दाङ अण्डामा आत्मनिर्भर बनेको छ । जिल्ला पशु विकास कार्यालय दाङका अनुसार जिल्लामा उत्पादित ९० प्रतिशत अण्डा निर्यात हुने गरेको छ । जिल्लामा ८४ जना कृषकले सञ्चालन गरेको कुखुरा फर्ममा सात लाखभन्दा बढी लेयर्स कुखुरा रहेको र तीबाट दैनिक साढे दुई लाख अण्डा उत्पादन हुने गरेको जानकारी कार्यालय प्रमुख चन्द्रबहादुर रानाले दिनुभयो । उहाँका अनुसार जिल्लाका घोराही, देउखुरी, तुलसीपुर क्षेत्रबाट सञ्चालनमा आएका फर्मबाट मासिक ७० लाख ३८ हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । जिल्लाको बजारलाई आवश्यक पर्ने भन्दा ९० प्रतिशत बढी अण्डा उत्पादन भइरहेको जानकारी दिँदै कार्यालय प्रमुख रानाले १० प्रतिशत अण्डा जिल्लामा खपत हुने र बाँकी पश्चिम नेपालमा बजारमा निर्यात भइरहेको जानकारी दिनुभयो । दाङ अण्डामा आत्मनिर्भर मात्र भएको छैन । ९० प्रतिशत अण्डा पश्चिम नेपालका बजारमा निर्यात गरिरहेको छ, कार्यालय प्रमुख रानाले भन्नुभयो । लेयर्स कुखुराले लामो समयसम्म अण्डा दिने भएकाले यसतर्फ कृषकहरूको आकर्षण बढ्दै गइरहेको छ । केही वर्षयता दाङमा अण्डा आयात रोकिएको भन्दै रानाले जिल्लाको उत्पादनले पश्चिम नेपालका

सिंहदरबारभित्र चोरी

काठमाडौँ, चैत १० गते । मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारभित्र भएका अधिकांश चोरी घटनामा त्यहीँ कार्यरत केही कर्मचारीको संलग्नता रहेको तथ्य फेला परेको छ । सुरक्षाको दृष्टिले अति संवेदनशील सिंहदरवारभित्रका विभिन्न मन्त्रालयमा चोरी गर्नेहरू चोरीजन्य अपराधमा पेसेवर मन्त्रालयकै कर्मचारी भएको बताइएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयअगाडि पार्किङमा राखेको मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर पुल्चोक बस्ने चितवन रत्ननगर टाँडीका ३२ वर्षीय रमेश सुनार र ३० वर्षीय दिनेश सुनार रहेका छन् । रमेश मन्त्रालयकै कार्यालय सहयोगी हुन् । मन्त्रालयका एकजना अधिकृतले प्रयोग गर्दै आएको बा. १ बा ९९३१ नम्बरको सरकारी मोटरसाइकल चैत १ गते दिउँसो एक्कासि हराएपछि खोजीका लागि प्रहरीलाई उजुरी गरिएको थियो । सिंहदरबार वृत्तबाट खटिएको प्रहरीले मन्त्रालयका सम्पूर्ण कर्मचारीलाई सोधपुछ गरे पनि कसैले कुनै किसिमको जानकारी नभएको प्रतिक्रिया दिएको वृत्तका प्रमुख अपिल बोहराले बताउनुभयो । तर, पार्किङ क्षेत्रमा आवतजावत गरिरहेका रमेशम

फेसबुकमा प्रतिबन्ध

जाजरकोट, चैत १० गते । भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिनुभयो । सोअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।

स्थानीय तहमा चार प्रकारका कर्मचारी

काठमाडौंँ, चैत १० गते । अब स्थानीय तहमा चार प्रकारका कर्मचारीले सेवा प्रवाह गर्ने भएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले नै स्थानीय तहमा चार प्रकारका कर्मचारी रहने परिकल्पना गरेकाले स्थानीय तहमा चार प्रकारका कर्मचारीले सेवा प्रवाह गर्ने भएका हुन् । निजामती सेवामा रहेका पुराना कर्मचारी, साबिक स्थानीय निकायका कर्मचारी, प्रदेश लोकसेवा उत्तीर्ण भई आउने कर्मचारी र करार सेवामा रहेका कर्मचारी गरी चार प्रकारका कर्मचारीले सेवा प्रवाह गर्ने भएका हुन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहमा आवश्यक कर्मचारी प्रदेश लोकसेवाबाट पूर्ति हुने भनी उल्लेख गरेकाले स्थानीय तहमा चार प्रकारका कर्मचारी रहने निश्चितप्रायः भएको हो । स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष हरिकुमार श्रेष्ठ चार प्रकारका कर्मचारी स्थानीय तहमा राखेर स्थानीय तहले सेवा प्रवाह गर्न नसक्ने तर्क गर्नुहुन्छ । अहिले स्थानीय तहमा निजामती कनिष्ठ कर्मचारी पनि वरिष्ठ हुने गरेको र स्थानीय कर्मचारी वरिष्ठ हुँदा पनि कनिष्ठको भएको गुनासो गर्दै उहाँले अब चार प्रकारका कर्मचारी स्थानीय तहमा हुँदा कर्मचारीबीच द्वन्द्व बढ्ने र सेवा प्रवाहमा समस्या आउने

बैतडीमा एसइई : आज १९१ परिक्षार्थी अनुपस्थित, हिजो १९२ परिक्षार्थी अनुपस्थित

बैतडी,९ चैत माध्यमिक शिक्षा परिक्षा(एसइई)को आज दोस्रो दिनको परिक्षा सम्पन्न भएको छ । आज अनिवार्य नेपाली विषयको परिक्षा सम्पन्न भएको हो । बैतडीमा नेपाली विषयको परिक्षामा बैतडीमा १९१ जना परिक्षार्थी अनुपस्थित भएका जिल्ला शिक्षा कार्यालय बैतडीका निमित्त जिल्ला शिक्षा अधिकारी शंकर दत्त भट्टले जानकारी दिनुभयो । बैतडीमा जम्मा ५ हजार ८९४ परीक्षार्थी सहभागी भएका छन् । ती परीक्षार्थीका लागि २५ केन्द्र नियमित र २ केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । एसइई परिक्षाका लागी बैतडीमा २७ केन्द्राध्यक्ष, ३१ सहायक केन्द्राध्यक्ष, २४८ निरीक्षक, ४०५ सुरक्षाकर्मी र १३७ जना सहयोगी गरी ८ सय ४८ जनशक्ति परिचालन भएका छन् । यसअघि हिजो पहिलो दिन अंग्रेजी विषयको परिक्षामा १९२ जना परिक्षार्थी अनुपस्थित रहेका थिए । हालसम्म दुई दिनसम्म सञ्चालन भएको एसइई परिक्षा जिल्लाभरी निष्पक्ष, मर्या्दित र व्यवस्थित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ । अव आउदो आईतवार रामनवमीको बिदा भएकोले सोमवार अनिवार्य गणित विषयको परिक्षा सञ्चालन हुने भएको छ ।