Posts

Showing posts with the label झापा

झापामा नाम-थर मिलेको आधारमा निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा, सांसदद्वारा आपत्ती

काँकडभिट्टा, वैशाख १३ गते । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विवरणअनुसार २०६४ जेठ २२ गते झापा जिल्लाको साविक टाघनडुब्बा वडा नं २ का गुलाम रसुल मियाँ मौलबीको घरबाट ठूलो परिमाणको रक्त चन्दनको काठ प्रहरीले बरामद गरेको थियो । सो काठ लुकाएको अभियोगमा मेचीनगर–१० काँकडभिट्टाका अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई झापा जिल्ला अदालतले रु २६ लाख ९९ हजार २०० जरिवाना र छ महिना कैद सजाय हुने ठहर गरेको थियो । तर फरार अभियुक्तको खोजी गर्ने सिलसिलामा प्रहरीले घटना भएका बेला वैदेशिक रोजगारीमा कतारमा रहेका निर्दोष श्याम थापालाई गत चैत ३० गते पक्राउ गरेर कारागारमा कैद गरेको थियो । निर्दोष श्याम थापाले परराष्ट्र मन्त्रालयबाट आफू घटना भएका बेला कतारमा रहेको प्रमाण निकालेर अदालतमा पेश गरेपछि मात्र उनलाई झापा जिल्ला अदालतले बुधबार निर्दोष सावित गर्दै रिहा गरेको हो । अद...

जेठाजुबाट बुहारीलाई मिर्गौला दान

काँकडभिट्टा, चैत ४ गते । झापाका पत्रकार माया पकुवाललाई मिर्गाैला प्रत्यारोपण गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडांैँस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ । दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल जानुभएको थियो । उपचारका क्रममा चिकित्सकले उहाँका दुवै मिर्गाैला खराब भएको र प्रत्यारोपण गर्न सुझाव दिएपछि श्रेष्ठ परिवार कसले मिर्गाैला दान दिने भन्नेबारेमा छलफलमा जुटेको थियो । सोही अवसरमा सौरभले आफ्नो मिर्गौला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ भने दिन आफू तयार रहेको बताउनुभएको थियो । मिर्गाैलाको सफल प्रत्यारोपण भएको सौरभकी पत्नी करुणाले बताउनुभयो । उहाँका अनुसार हाल दुवैको स्वास्थ्य सामान्य छ । झापामा २०६४ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उहाँकै नाताले बुहारी पर्ने अञ्जान ओलीले मिर्गाैला दान दिनुभएको थियो । (रासस)

झापा - सार्की खोलाको कल्भर्टमा शव फेला

झापा, ४ चैत। झापाको अर्जुनधारा–११ स्थित त्रिवेणी टोल निवासी ३२ वर्षीय ललित चौधरी सार्की खोलाको कल्भर्टमा मृत फेला परेका छन्। उनी गएराति सो कल्भर्टमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । राति ८ बजेतिर स्थानीयले उनलाई डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनको शव कल्भर्टबाट राति नै निकाले र शव परीक्षणका लागि मेची अञ्चल अस्पताल, भद्रपुर पठाएको प्रहरीले जनाएको छ। रासस

दमक महोत्सवमा करिब रु पाँच करोडको कारोबार

दमक, माघ १० गते । तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा पर्यटन महोत्सव औपचारिक रुपमा एक कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रम झापा क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतिनिधिसभा सदस्य निरौलाले महोत्सवले आन्तरिक पयर्टनको विकाससँगै आर्थिक समृद्धितर्फ लानेमा जोड दिनुभयो । उहाँले स्थानीय स्तरमा सञ्चालन हुने यस्ता महोत्सवले आर्थिक फड्को मार्न सघाउ पुर्‍याउने बताउनुभयो । आयोजक संस्था दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले महोत्सव लक्ष्यअनुरुप सफल भएको दाबी गर्नुभयो । महोत्सवमा एक लाख २५ हजार जनाले महोत्सवको अवलोकन गर्नाका साथै करिब रु पाँच करोड बराबरको कारोबार भएको अध्यक्ष ढकालले बताउनुभयो । कृषि उत्पादनमा उत्कृष्ट हुने कृषक, महोत्सवमा सहयोगी दाता, प्रायोजक, सहप्रायोजक लगायतलाई प्रशंसा–पत्र पनि वितरण गरिएको थियो । यस्तै, महोत्सवमा सम्पन्न एकल तथा सामूहिक नृत्य प्रतियोगिताका विजयीहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो । कार्यक्रममा जिल्लाका उच्च अधिकारी, राज...

झापामा ५४२ फिट अग्लो बुद्ध मूर्ति बन्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रमा पर्ने झापाको दमक नगरपालिकामा बन्ने भनिएको ५ सय ४२ फिट अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको दमक नगरपालिका कार्यालयले जनाएको छ । त्यस्तै चिनियाँ सरकारको लगानीमा बन्ने भनिएको औद्योगिक पार्क निर्माण परियोजनाको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गर्ने तयारी भइरहेको कार्यालयका कार्यकारी अधिकृतले बताए। ती परियोजनाहरुका लागि जग्गा अधिग्रहण गर्ने काम पनि नसकिएको हुनाले शंका गर्ने ठाउँ प्रशस्त रहेको विपक्षी दलका नेताहरुले प्रतिक्रिया दिएका छन्। दमक नगरपालिका कार्यालयका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको विगतको सरकारले दमकमा औद्योगिक पार्क र बुद्धको मूर्ति बनाउने निर्णय गरे बमोजिम विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको हो।   नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले भने, 'नेपाल सरकार, पर्यटन बोर्ड र दमक नगरपालिकाको संयुक्त लगानीमा डीपीआरको काम सम्पन्न भइसकेको छ। जग्गा व्यवस्थापन भइसकेपछि दातृ निकायको सहयोगमा उक्त परियोजनाको निर्माण कार्य अगाडि बढाउँछौं।' १५ अर्ब ७५ करोड रुप...

विर्तामोडमा तीन ठाउँमा बम फेला

विर्तामोडमा तीन ठाउँमा बम फेलाविर्ता : झापाको बिर्तामोडका विभिन्न तीन स्थानमा बम फेला परेको छ । बम भएको स्थान सुरक्षाकर्मीले घेरा हाली निश्क्रिय बनाउने प्रयास गरेका छन् ।ईलाका प्रहरी कार्यालय विर्तामोडका डिएसी केशव थेबेले बम निश्क्रिय पार्ने काम भइरहेको जानकारी दिनुभयो । थेबेका अनुसार एउटा बम नेकपा माओवादी केन्द्रकी विर्तामोड नगरपालिकाको   उपमेयर उम्मेद्वार लक्ष्मी न्यौपानेका डेरा छेउमा बम फेला परेको छ । त्यस्तै राजपा झापा इन्चार्ज सूर्यनारायण गणेशको घर छेउमा र देवी उच्च मावि मतदान केन्द्रमा बम भेटिएको थेपेले जानकारी दिनुभयो ।