Posts

Showing posts with the label दिपेन्द्र सिंह ऐरी

दिपेन्द्र सिंह ऐरी पिपुल्स च्वाईस अवार्डमा मनोनित

राष्ट्रिय क्रिकेट टोलीका सदस्य दिपेन्द्र सिंह ऐरी एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डमा मनोनित भएका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार जारी गरेको वर्ष चर्चित खेलाडी बन्दै पिपुल्स च्वाइस अवार्डमा मनोनित भएका हुन् । दिपेन्द्रसंगै पौडीकी गौरिका सिंह, एथ्लेटिक्सकी कान्छीमाया कोजु, जुडोकी फुपु ल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठ पनि मनोनित भएका छन् । मनोनितमा परेकाहरु मध्ये एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता घोषणा गरिने छ । भदौं २५ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा विजेता घोषणा गरिनेछ । दिपेन्द्रलाई भोट गर्न Pulsar DA  लेखेर ३३१३१ मा पठाउन सकिनेछ । त्यस्तै, गौरिकालाई भोट गर्नका लागि Pulsar GS  लेखेर ३३१३१ मा पठाउन सकिनेछ । त्यसैगरी कान्छीमायालाई भोट गर्नका लागि  Pulsar KK टाइप गरी ३३१३१ मा पठाउन सकिनेछ । फुपल्हामुका लागि Pulsar PK टाइप गरी ३३१३१ मा पठाउन सकिन्छ । त्यस्तै, सुजलको लागि पनि Pulsar SS टाइप गरी ३३१३१ मा पठाउन सकिनेछ । दिपेन्द्रले २०७३ सालमा नेपाली टिमबाट सर्बाधिक ३५७ रन बनाएका थिए । त्यस्तै, ४ अर्धशतक बनाउनका साथै ४ विकेट प...