Posts

Showing posts with the label प्रदुषण

महाकालीमा ३ सय ५० सवारीसाधन प्रतिबन्धित

महेन्द्रनगर, १४ चैत्र । सरकारले चैत १ गतेदेखि देशभर २० वर्ष नाघेकासवारी साधन गुड्न नपाउने नियम लागू गरेसँगै महाकाली अञ्चलमा ३ सय २५ सवारी साधन प्रतिबन्धित भएका छन् । महाकाली यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले २० वर्ष नाघेका सवारी चलाउन रोक लगाएसँगै कार्यालयमा दर्ता भएका सो संख्याका सवारी गुडाउन बन्देज लगाईएको बताए । उनले गत फागुन मसान्तसम्ममा २० वर्ष पुराना सार्वजनिक सवारी साधनको इन्जिन नम्बर कार्यालयमा बुझाउन सवारी साधन धनीलाई निर्देशन दिईएको बताए । उनका अनुसार पुराना सवारी साधनले वायु प्रदुषण र सवारी दुर्घटना सममेत बढ्न थालेपछि यातायात व्यवस्था विभागले चैतको पहिलो दिनबाट हटाउने निर्णय गरेको हो । विभागले सवारी तथा यातायात व्यवस्था निमावली २०५४ संशोधन गरी देशभरबाट २० वर्ष सावरी साधन पुराना सवारी साधन हटाउन लागेको हो । महाकाली यातायात व्यवस्था कार्यालयको तथ्याङ्क अनुसार बन्देज लगाईएका सवारी साधनमध्ये भाडाका साधन सबैभन्दा बढि छन् । प्रतिबन्धमा परेका भाडाका सवारी साधनमध्ये बस १ सय २४, ट्रक १ सय ६, मिनि बस ३, टिप्पर १० र १/१ कन्टेनर तथा मिनि ट्रक रहेका छन् ...

भोलीदखि २० वर्ष पुराना गाडी हटाइने

काठमाडौं, ३० फागुन – सरकारले भोली चैत १ देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको हो । यस अघि नै सरकारले १ चैत्र बाट २० बर्ष भन्दा पुराना सवारीसाधन चलाउन नमिल्ने निर्णय गरि सकेको छ। गत वर्ष फागुनमै यस्ता गाडी हटाउने निर्णय भए पनि पूरै कार्यान्वयनमा आउन सकेको थिएन । काठमाडौंबाट विस्थापित गाडी उपत्यकाबाहिर सञ्चालनमा छन् । यातायात व्यवस्था विभागले अब मुलुकभरिबाटै २० वर्ष पुराना गाडी हटाइने जनाएको छ । पहिलो चरणमा गाडी धनीलाई चेसिज, इन्जिन बुझाएर पुराना गाडी ‘पत्रु’ गर्न अनुरोध गरिसकिएको विभागका निर्देशक तुलसीराम पौडेलले बताए । ‘तर, अहिलेसम्म कसैले बुझाएका छैनन्,’ उनले भने, ‘चैत १ देखि ट्राफिक प्रहरीसँग समन्वय गरेर पुराना गाडी नियन्त्रणमा लिन्छौं ।’

बीस वर्ष पुराना सवारीसाधन जफत गरिने

काठमाडौँं,२३ फागुन - आगामी चैत १ गतेदेखि कुनै पनि स्थानको सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाएमा जफत गरिने भएको छ । सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई बन्द गर्ने निर्णयअनुसार सो अभियान सञ्चालन गर्न लागेको हो । त्यसका लागि यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी कार्यालय र देशभरका यातायात कार्यालयलाई अनुगमनका लागि पत्राचार गरिसकेको छ । विभागका महानिर्देशक रुपनारायण भट्टराईले भन्नुभयो, चैत १ गतेदेखि सार्वजनिक सडकमा २० वर्ष पुराना सवारी चलाएमा हामी ठाउँको ठाउँ सवारी जफत गर्छौं, १ गतेदेखि अनुगमन सुरु हुन्छ, हामीले सूचना सार्वजनिक गरिसकेका पनि छौँ । विभागले सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि २० वर्ष पुराना सवारीसाधन सञ्चालन निषेध गर्ने तयारी गरेको हो तर यातायात व्यवसायीले भने सवारीको आयु २० वर्ष तोकिनु वैज्ञानिक नभएको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले विकल्पबिना र छलफल, तयारी नगरी पुराना गाडी हटाउने निर्णय व्यावहारिक नभएको बताउनुभयो । २०७३ फागुनदेखि काठमाडौँबाट हटाइएका २० वर्ष पुराना सवारीसाधन उपत्यका बाहिरका रुटमा सञ्चा...

प्रदुषणलाई मध्यनजर गर्दै २० वर्ष पुराना सवारी साधन चलाउन नपाइने - आउदो चैत देखी ५५०० सवारी साधन वन्द हुने

काठमाडौँ, २० माघ - आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । विभागले उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिका विरुद्धमा अभियान सञ्चालन गरिरहनुभएका भक्तपुरका रामबहादुर थापाले जानकारी दिनुभयो । विभागका महानिर्देशक रुपनारायण भट्टराई विसं २०७३ फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुहुन्छ । “नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ साल फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय भए...