मुक्तक - प्रसंग प्रदेश राजधानीको - नरेन्द्र ऊप्रेती
आज अस्थाई लडौ भोलि स्थाई लडौ लड्ने हाम्रो काम नै हो दाजुभाइ लडौ गए अरुको हैन हाम्रै बाउको जाने हो आउनुस घरलाई रणभुमी बनाइ लडौ यो जिन्दगीमा लुटुपुटु गर्ने एउटी रानी चाहियो ओइलाई कहिले नझर्ने उनको जवानी चाहियो यतीले मात्रै मलाई यार कहाँ पुग्छ लोकतन्त्रमा राजधानी चाहियो * प्रसंग प्रदेश राजधानी लेखक - नरेन्द्र ऊप्रेती