Posts

Showing posts with the label बलात्कार

धनुषामा एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत

धनुषा, चैत १५ गते। धनुषामा गएराति एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन् । यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाका अनुसार बुधबार राति घरमा कोही नभएको मौका छोपी सहिदनगर नगरपालिका– ८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दीपेश बिराजीले बालिका बलात्कार गरेका हुन् । आरोपीद्वयले बालिकाका आमाबुबा बाहिर गएको मोका छोपी बालिकालाई हात मुख बाँधेर अपहरण शैलीमा घर भन्दा एक किलोमिटर पर खेतमा लगेर पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । बलात्कार पछि सो घटनाको भिडियो समेत खिचेर कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको उनको गुनासो थियो । पीडित बालिकालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि इलाका प्रहरी कार्यालयले जनकपुर अञ्चल अस्पताल पठाएको छ भने घटनामा संलग्न फरार दुबै अभियुक्तको खोजतलास भइरहेको प्रहरी निरीक्षक पवन झाले बताउनुभयो । (रासस)

चीतवनमा १० बर्षकी बालिका बलात्कृत

चितवन, १५ चैत्र – एउटै कक्षामा पढ्ने साथीबाट पूर्वी चितवन खैरहनीकी १० वर्षीया बालिका बलात्कृत भएकी छिन्। चैत ११ गते दिउँसो घरमा एक्लै सुतेको समयमा दुई साथी आएर एकले घाँटी समाएको र अर्काले जबर्जस्ती गरेको बालिकाले अभिभावकलाई बताएकी छन् । छोरीलाई घरमा सुताएर अभिभावक नजिकैको खोलामा नुहाउन गएका बेला घटना भएको हो। अभिभावक नुहाएर फर्किदाँ सुतिरहेकी बालिकामा उठबस गर्न नसक्ने, ज्वरो आउने, उल्टी गर्ने, पखाला लाग्ने समस्या देखिएको थियो। घटनाको भोलिपल्टउनी सिकिस्त भएकी थिइन्। सुताउन लाग्दा बालिकाको योनी असामान्य देखेपछि अभिभावकले उपचारका लागि अस्पताल ल्याएका छन्। बलात्कृत भएको चार दिनमा पनि बालिका राम्ररी होसमा आउन नसकेको अभिभावकले बताए। अभिभावकले चैत १४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन्। खैरहनीको घटना भएकाले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी पठाइएको चितवन प्रहरीका प्रवक्ता शिव शर्मा आचार्यले जानकारी दिए। घटनामा संलग्न भएको भनिएका बालकहरू ९ वर्ष पाँच महिना र नौ वर्ष ७ महिनाका रहेको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज कैलाश विष्टले बताए। बालिकाको स्वास्थ्य...

Two women gang-raped in 24 hours

Mar 13, 2018, Rajbiraj- Two gang rape incidents have occurred within the span of 24 hours in Saptari district. Police on Monday said two women, ages 18 and 31, were raped at Shambhunath Municipality and Bishnupur Rural Municipality in the district on Sunday and Saturday respectively. A group of five men raped the 18-year-old in a wheat field at Shanbhunath-3 on Sunday night. The victim was waylaid by two men while returning home after buying medicines from a pharmacy at around 8pm, taken to a wheat field and raped, police said. According to the woman, the two men later called three of their friends to the scene who also took turns raping her. She was rescued by her mother who also reported the incident to the police. Superintendent of Police (SP) Mukesh Kumar Singh said two of the suspects were arrested the same night while three others are at large. The victim, who was taken to the Sagarmatha Zonal Hospital for treatment, was discharged on Monday. On Saturday night, the 31-year-old Da...

मुगुमा माइतीघर आएको बेला युवती बलात्कृत: तीन लाखमा मिलापत्र

मुगु । सोरु गाउँपालिकाकी २० वर्षीया एक युृवती बलात्कृत भएको मुद्दालाई अभियुक्तले प्रहरीमा उजुरी दिनबाट रोकेर मिलापत्र गरेको पीडित परिवारले जानकारी दिएको छ । गत माघ १५ गते राति आठ बजे भएको घटना पीडित युवतीले अभियुक्त हिक्मत शाहीसहित ६ जनाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि मात्र सार्वजनिक भएको हो । उनले जाहेरीमा माइतीघर आएको बेला शाहीले सुत्ने कोठामा पसेर बलात्कार गरेको उल्लेख गरेकी छिन् । घटनाको दोस्रो दिन नै सोरुकोट प्रहरी चौकीमा निवेदन दर्ता गराउन जाँदा अभियुक्तकाम आफन्तले बाटोमै रोकेर तीन लाख रुपैयाँ रकम उपलब्ध गराइदिने भन्दै प्रहरी चौकी जानबाट रोकेको पीडितले बताएकी छिन् । अभियुक्तबाट तीन लाख रुपैयाँ बुझेको पीडितका आफन्तले स्वीकारेका छन् ।

बाजुरामा किशोरी बलात्कृत - घटना सार्वजनिक गरे ज्यानको धम्की

बाजुरा — कञ्चनपुरको मौरीफाटामा स्कुले किशोरी बलात्कृत भएकै दिन बिहीबार बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया किशोरीलाई स्थानीय दुई युवाले बलात्कार गरेका छन् बलात्कारमा संलग्न भएको आरोपमा बूढीगंगा नगरपालिका ७ का ३० वर्षीय चन्द्र विष्ट र २२ वर्षीय सुनील विकविरुद्ध पीडितका अभिभावकले शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित किशोरीका बुवाले युवाहरूको पक्षले घटना मिलाउन दबाब दिइरहेको बताएका छन । ‘घटना नमिलाए मार्दिन्छौं भनेर धम्क्याउँदै छन्,’ उनले भने, ‘गाउँबाट उजुरीका लागि सदरमुकाम मार्तडी जाने बेला युवाहरूका पक्षका गाउँलेहरूले घेराबन्दी गर्न खोजे तर छलेर मार्तडी पुग्यौं ।’ पीडित किशोरी दिउँसोतिर घरबाट नजिकैको बेतालमाण्डौ बजारमा सामान किन्न जाँदै गरेका बेला युवाहरूले मोटरसाइकलमा राखेर बार्जुगाढको जंगलमा पुर्‍याएर बलात्कार गरेको किशोरीका बुवाले बताएका छन् । ‘मेरो दाजुको नाम बताउँदै तिमी उसैको बहिनी होइनौ ? हामी तिमीलाई चिन्छौं । बाइकमा पुर्‍याइदिन्छौं भनेर जिद्दी गरे,’ पीडित किशोरीले भनिन्, ‘छिटो पुगिने आशाले बाइकमा बसें । बेतालमाण्ड...

प्रत्येक महिना ७८ बलात्कार !

काठमाडौं– गत माघ १० गते ८ वर्षीया बालिका बलात्कारको शिकार बनिन। काठमाडौंबाट ८ घण्टाको बाटो तय गर्नुपर्ने पूर्वको खोटाङमा उनलाई आफ्नै काका १६ वर्षीय जिउधन राइले बलात्कार पश्चात हत्या गरे। उनको शव छिमछिमा खोलाको किनारबाट प्रहरीले बरामद गरेको थियो। दुई महिना अगाडि कात्तिक ९ गते ६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय देवी प्रसाद अधिकारी र २२ वर्षीय चिज वहादुर गुरुङ चितवनबाट पक्राउ परे। यी दुई घटना देशमा मौलाउँदै गरेको बलात्कारको उदाहरण मात्रै हुन्। गएको ७ वर्षमा मात्रै ६ हजार ६ सय २७ जना बलात्कारको शिकार भएको नेपाल प्रहरीले बताएको छ। जसमध्ये ४ हजार ५ सय ८९ जनाको बलात्कारपछि उद्धार गरिएको छ भने २ हजार ३८ जनाको बलात्कारपछि हत्या गरिएको रेकर्डमा उल्लेख छ। प्रत्येक वर्ष ९ सय ४६ तथा प्रत्येक महिना ७८ जना बलात्कारको शिकार हुने रिपोर्टमा उल्लेख छ। यो दर सन् २०११ मा १८ रहेकोमा सन् २०१२ मा बढेर १२९ पुगेको सेन्ट्रल रिजनले बताएको छ। तराई तथा विकट ग्रामिण भेगमा बलात्कारको घटना बढ्दै गएपनि यस्ता धेरै घटनाहरु गुपचुप रहने गरेका छन्। बलात्कारको घटनामा पीडित आफैले आत्मग्लानी तथा कतिपय अवस्थामा...

कञ्चनपुरको बेलौरीमा १२ वर्षीया बालिका बलात्कृत, ६ महिनाकी गर्भवती

जेष्ठ ९, २०७४- कञ्चनपुरको बेलौरी नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएको रहस्य झन्डै छ महिनापछि सार्वजनिक भएको छ । उनी गर्भवती रहेको प्रहरीले जनाएको छ । ५ दिनअघि बालिकाले पेट दुख्यो भनेपछि स्थानीय स्वास्थ्य चौकी लगेका आफन्तले बालिका गर्भवती भएको थाहा पाएलगतै प्रहरीलाई खबर गरेका थिए । बलात्कारका आरोपी स्थानीय ४० वर्षीय राधे राना भने फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । राना थारू समुदायकी ती बालिकाका बुबा भारतमा काम गर्छन् । आमाको पनि मानसिक अवस्था ठीक छैन । यही मौका छोपेर राधेले बालिकामाथि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको । तर, स्थानीयले गाउँमै मुद्दा मिलाउने भन्दै सहयोग नगरेका कारण आरोपीलाई समात्न नसकिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । उनले बालिकाकी माइजूलाई बोलाई केही दिनअघि जाहेरी दिन लगाएर अनुसन्धान सुरु गरिएको बताए ।   गाउमा सिविल मा प्रहरी पठाउदा पनि स्थानीय ले सहयोग नगरे पछि अभियुक्त लै हिरासत मा लिन गार्हो भएको छ।  अभियुक्त गाउ मै भएको र   निज को फोन पनि लागि रहेको कुरा पनि प्रहरी ले बताउनु भएको छ । स्...