तीनसयको झोलालाई स्कुलले लियो एक हजार !
काठमाडौंँ, वैशाख ६ गते । नयाँ शैक्षिक सत्र शुरु भएदेखि अभिभावक चर्को शुल्कको तनावमा हुन्छन् । त्यति मात्र होइन विद्यार्थी सङ्गठन, अभिभावक सङ्घ सङ्गठनले पनि चर्को शुल्कको विरोधमा विभिन्न कार्यक्रम पनि शुरु गर्छन् । तर विस्तारै यी मुद्दा त्यसै सेलाउँछन् । राष्ट्रिय जनता पार्टी नेपालका पूर्वसांसद बीपी यादवले आफ्नो छोरालाई विद्यालयले दिएको झोला देखाउँदै भन्नुहुन्छ, ‘ल यो हेर्नुस् बजारमा तीनसय रुपियाँमा पाइने झोला एक हजारमा स्कुलले किन्न बाध्य पारेको छ ।’ निजी विद्यालयले चर्को शुल्क लिन्छन् नै । त्यसबाहेक कपाल काट्नेदेखि लिएर जुत्ता, मोजासम्म । सातदोबाटोस्थित एक इन्टरनेसनल स्कुलमा आफ्ना बच्चालाई कक्षा १ मा भर्ना गराउँद ५० हजार रुपियाँ तिर्नुभएका वीरेन्द्र अधिकारीले भन्नुभयो, एकजना बच्चा पढाउन एकजनाको कमाइले नपुग्ने भयो । बच्चा भर्ना गर्न ऋण गर्नुपर्यो ।’ यस्तो पीडा शहर बजारका अधिकांश अभिभावकको रहेको छ । तर, सरकारी स्तरबाट त्यसको समाधान गर्ने उपायमा निकालेको देखिदैन । कहिले काहीँ अनुगमन गरे पनि औपचारिकता मात्र पूरा गरेको हुन्छ । आइतबार एक कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्या...