Posts

Showing posts with the label हेलो सरकार

‘हेलो सरकार’मा गुनासो घट्यो

काठमाडौँ, २ चैत – प्रत्यक्ष रूपमा आम नागरिकका गुनासा सुन्ने तथा यथासक्य छिटो हल गर्ने उद्देश्यसहित सात वर्षअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रम प्राथमिकतामा पर्न छाडेको छ । ‘हेलो सरकार’ कार्यक्रममा आमनागरिकले गर्ने गुनासा मात्र होइन, यस्ता गुनासामा सम्बन्धित निकायको सम्बोधनमा पनि कमी आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको प्रत्यक्ष मातहतमा सञ्चालित यो कार्यक्रम करिब दुई वर्षदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शासकीय सुधार महाशाखाअन्तर्गत उपसचिव मातहत रहेको छ । २०६८ कात्तिक १७ बाट ‘हेलो सरकार’ कार्यक्रम सञ्चालनमा ल्याइएको हो । ‘हेलो सरकार’ कार्यक्रमका प्रमुख उपसचिव प्रद्युम्न उपाध्यायले पहिलेको तुलनामा अहिले ‘हेलो सरकार’मा आम नागरिकको गुनासा तथा उजुरीको सङ्ख्यामा उल्लेखनीय रूपमा कमी आएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिले यो कार्यक्रम दिनको तीन चरणमा गरी चौबीसै घण्टा सञ्चालनमा रहेको थियो भने अहिले दिनको दुई चरण गरी दिनको दस घण्टामात्र सञ्चालनमा रहेको छ । २०७२ सालमा आएको भूकम्पपछि तीन चरणबाट घट...